×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

निजगढमा विमानस्थलको इआईए स्वीकृत

  •  
  • शुक्रबार, जेठ ११, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विश्वास रेग्मी

    काठमाडौँ, जेठ ११ गते । बाराको निजगढमा प्रस्ताव गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाटो खुला भएको छ । विमानस्थल निर्माण हुनुपूर्व आवश्यक वातारणीय प्रभाव मूल्याङ्कन(ईआइए) प्रतिवेदन बुधबार वन तथा वातावरण मन्त्रालयले स्विकृत गरेसँगै रुख कटान र त्यस क्षेत्रमा रहेको बस्ती स्थानान्तरणको काम अगाडि बढाउन बाटो खुलेको हो ।
    नागरिक उड्ययन प्राधिकरणले तयार गरेको ईआए प्रतिवेदन गत चैत १५ गते वन मन्त्रालयमा पेश भएको थियो । विभिन्न १५ शर्तसहित मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेको प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
    ‘शर्तसहित बुधबार ईआइए स्वीकृत भएको छ’ उहाँले भन्नुभयो ‘निजगढ विमानस्थल निर्माणका लागि यो ठूलो ‘डिपार्चर’ हो’ । उहाँका अनुसार यो स्वीकृति पछि करिब २४ लाख रुख कटानको काम अघि बढाइनेछ । त्यस्तै विमानस्थल निर्माण क्षेत्र आसपासमा रहेका करिब एक हजार ४५० घर स्थानान्तरण पनि सुरु हुनेछ ।
    केहि प्रक्रियागत काम पूरा भएपछि नेपाली सेनाले रुख कटान सुरु गर्ने उहाँले जानकारी दिनुभयो । त्यसे क्षेत्रमा १८ लाख कुकाठ र ६ लाख सालको काठ छन् ।
    त्यस्तै बस्ती स्थानान्तरणको क्रममा त्यहाँका बासिन्दालाई नगद भुक्तानी, एकीकृत बस्ती अथवा जग्गा र नगद भुक्तानी गर्ने विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको अधिकारीले बताउनुभयो । यो सबै काम पुरा हुन करिब दुई वर्ष लाग्ने पनि उहाँले जानकारी दिनुभयो ।
    ‘मोडालिटी छिटै टुङ्गोमा’
    विमानस्थलको प्रारम्भिक निर्माणको काम अघि बढ्ने बाटो खुला भएसँगै यसको निर्माण मोडालिटी पनि छिटै टुङ्गो लगाइने भएको छ । यसअघि सरकारले आफै निर्माण गर ेपनि थप अध्ययन गरेर उपयुक्त मोडल टुङ्गो लगाइने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
    विमानस्थल निर्माणका लागि यसअघि कोरियन कम्पनी एलएमडब्लुले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेको थियो । सरकार आफैले निर्माण गर्ने निर्णय गरेपछि उक्त प्रतिवेदनको खर्च र स्वामित्वका विषयमा विवाद सिर्जना भएको थियो ।
    सरकारले उक्त प्रतिवेदन आफैले ग्रहण गर्ने निर्णय गरेपछि प्रक्रियाले गति लिएको हो । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारलाई आवश्यक सुझाव उपलब्ध गराउन परामर्शदाता नियुक्तिको प्रक्रिया सुरु भएको छ । सरकारले आवेदन गरेका २२ मध्ये ६ परामर्शदातालाई सर्टलिस्ट गरेको छ । त्यसमध्ये एउटा परार्शदाता छनोट हुनेछ ।
    सरकार आफैले बनाउने निर्णय गरेको अवस्थामा उक्त परामर्शदाता छनोटको काम अन्त्य हुनेछ । यसबाहेक अन्य मोडालिटी तय भएको अवस्थामा परामर्शदाता छनोट गरेर विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) निर्माणको काम अघि बढ्नेछ । रुख कटानी र स्थानान्तरणको काम पुरा हुँदासम्म डीपीआर तयार गरेर अर्को चरणको कामको आधार तयार गर्ने योजना रहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
    शर्तसहित स्विकृति
    वन तथा वातावरण मन्त्रालयले प्राधिकरणले पेश गरेको ईआइए प्रतिवेदन स्वीकृति गर्दै आयोजना कार्यान्वयनको क्रममा कुनै वातावरणीय प्रभाव पहिचान भए त्यसलाई सम्बोधन गर्नुपर्ने शर्त अघि सारेको छ । त्यस्तै वातावरणीय अवस्था र प्रभावको नियमित अनुगमन गरी त्यसको प्रतिवेदन बनाउनुपर्ने, निर्माण सामग्रीको गुणस्तरियता काम गर्न गुणस्तर परिक्षण प्रयोगशाला सञ्चालन गर्नुपर्ने शर्त राखेको छ ।
    आयोजना क्षेत्र आसपासमा सडक निर्माण गर्दा वातावरणीय प्रभाव निराकरण प्रस्तावकले पेश गर्नु पर्ने शर्त पनि छ । त्यसैगरी निर्माण सामग्री उत्खनन गर्दा उत्खनन योजना, क्रसर प्लाण्ट सरकारको मापदण्ड भित्र रहनुपर्ने, ठोस फोहोरलाइ व्यवस्थापन गर्नुपर्ने लगायतका शर्त पनि वन मन्त्रालयले राखेको छ ।

    gorkhapatrapnline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, जेठ ११, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.