×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य ‘चुनौतीपूर्ण’

  •  
  • मङ्गलबार, जेठ ०८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारले नेपालीको औसत प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने लक्ष्य सार्वजनिक गरेको छ।

    राष्ट्रपतिले संसद्‍मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममार्फत उक्त घोषणा गरिएको हो।

    तर अर्थविद्हरूले उक्त लक्ष्य सजिलो नरहेको टिप्पणी गरेका छन्।

    नेपालको आफ्नै लगानीबाट त्यो सम्भव नरहेको उनीहरूको ठम्याइ छ।

    ‘इतिहास रच्ने’

    अर्बौं डलर विदेशी लगानी भित्र्याउन सकेमात्र त्यो सम्भव हुने बताउँदै अर्थ मामिलाका जानकार सुजीव शाक्य भन्छन्, “आय वृद्धि भनेको पनि चक्रवर्ती ब्याज जस्तै हो, त्यसैले पाँच वर्षमा एक रूपैयाँलाई दोब्बर बनाउन आर्थिक वृद्धिदर झण्डै १५ प्रतिशत हुनुपर्छ। त्यसको योजना हुनुपर्छ।”

    आय वृद्धि भनेको पनि चक्रवर्ती ब्याज जस्तै हो, त्यसैले पाँच वर्षमा एक रूपैयाँलाई दोब्बर बनाउन आर्थिक वृद्धिदर झण्डै १५ प्रतिशत हुनुपर्छ। त्यसको योजना हुनुपर्छ

    सुजीव शाक्य, अर्थ मामिलाका जानकार

    सरकारले १० वर्षभित्र नेपाललाई मध्यम स्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।

    एक दशकभित्रै विश्वसामु समृद्धिसहितको नेपालको सम्मानित परिचय स्थापित गर्ने राष्ट्रिय संकल्प गरेको सरकारले आउँदो आर्थिक वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने बताएको छ।

    सरकारको लक्ष्य घोषणा गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिक र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिनेछ। नेपालीको हालको प्रति व्यक्ति आय पाँचवर्षमा दोब्बर बनाइनेछ।”

    कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र शहरी विकासलाई आर्थिक वृद्धिको संवाहकको रुपमा सरकारले ठम्याएको छ।

    लोकप्रियता

    बाबुराम भट्टराई

    तर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, “पाँच वर्षसम्म निरन्तर दोहोरो अंकको वृद्धिदर भए मात्र आय दोब्बर होला। सरकारले लक्ष्य ठिकै तोक्यो तर त्यो हासिल गर्ने नीति आएन।”

    सरकारले अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारी प्रवर्द्धक, आत्मनिर्भर र निर्यातमूलक बनाउन अर्थतन्त्रको संरचनामा परिवर्तन गरिने घोषणा गरेको छ।

    पाँच वर्षसम्म निरन्तर दोहोरो अंकको वृद्धिदर भए मात्र आय दोब्बर होला। सरकारले लक्ष्य ठीकै तोक्यो तर त्यो हासिल गर्ने नीति आएन

    बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

    तर त्यसबारे विस्तृत चर्चा गरिएको छैन।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्राथमिकता ठम्याउन नसकेकाले लक्ष्य असम्भव भएको टिप्पणी गरेको छ।

    कांग्रेस नेता मीनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रम लोकप्रियताको निम्ति परम्परागत ढङ्गले ल्याइएको टिप्पणी गरे।

    तर सरकारले ‘लोकप्रियताको निम्ति नभइ जनताका लागि काम गरेर लोकप्रियता हासिल गर्ने’ बताएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ ०८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.