×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३१ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सरकारको भर्ना अभियान ‘अप्रभावकारी’

  •  
  • सोमबार, जेठ ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यो वर्ष सरकारले एक महिनाभर गरेको विद्यार्थी भर्ना अभियानमा प्राथमिक तहमा ६० प्रतिशत भन्दा बढी बालबालिकाहरू समेटिन नसकेको शिक्षा विभागको प्रारम्भिक आँकडाले देखाएको छ।

    गत वर्ष प्राथमिक तहमा भर्ना हुनुपर्ने ५ देखि ९ वर्ष उमेरका ८८ हजार भन्दा बढी बालबालिकाहरू विद्यालय बाहिर थिए।

    त्यस्ता विद्यार्थीहरूलाई विद्यालयमा ल्याउन भन्दै सरकारले चलाएको विद्यालय भर्ना अभियान प्रभावकारी हुन नसकेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने तर्क शिक्षासम्बन्धी जानकारहरूको छ।

    गत वर्ष प्राथमिक तहमा विद्यालय बाहिर रहेका बालबालिकामध्ये ३४ हजार ३४४ विद्यार्थीहरू भर्ना भएको भन्ने हाम्रो प्रारम्भिक आँकडाले देखाएको छ

    बैकुण्ठ अर्याल, , प्रवक्ता, शिक्षा मन्त्रालय

    जिम्मेवारी

    सरकारले शिक्षाबाट बञ्चित बालबालिकाको शिक्षामा पहुँच बढाउने भन्दै बैशाख महिनाभर चलाएको विद्यालय भर्ना अभियानमा यो वर्ष छुटेका मध्ये करिब ४० प्रतिशतमात्रै समेटिन सकेको शिक्षा विभागको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।

    आगामी दुई वर्षभित्र विद्यालय जाने उमेरका सबै बालबालिकाको विद्यालयसम्म पहुँच पुर्याउने अभियान स्वरुप यो वर्ष प्रधानमन्त्रीदेखि मन्त्री, कलाकार, सांसदलगायत विभिन्न पेशाका व्यक्तिहरूले समेत विद्यार्थी भर्नाको जिम्मेवारी लिएका थिए।

    त्यसबाहेक घरदैलो कार्यक्रमसहित गरिएको अभियानले कति विद्यार्थी समेट्न सक्यो?

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले भने, “गत वर्ष प्राथमिक तहमा विद्यालय बाहिर रहेका बालबालिकामध्ये ३४ हजार ३४४ विद्यार्थीहरू भर्ना भएको भन्ने हाम्रो प्रारम्भिक आँकडाले देखाएको छ।”

    यो प्रारम्भिक तथ्याङ्कलाई हेर्दा चर्चा गरिए जस्तो भर्ना अभियानले विद्यालयबाहिर रहेका विद्यार्थीको ठूलो हिस्सालाई समेट्न नसकेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।

    समस्या विद्यालय भर्ना अभियानमात्रै नभइ विद्यार्थीलाई विद्यालयमा टिकाउने रहेको शिक्षाविद् मनप्रसाद वाग्ले बताउँछन्।

    विद्यालयमा कसरी विद्यार्थी ल्याउने सम्म भन्ने मात्रैमा सरकारले सरोकार राख्यो तर विद्यालयमा विद्यार्थी टिकाउने र उनीहरूको उपलब्धि स्तर बढाउनेतर्फ चाहिँ अहिलेसम्म ध्यान दिएको पाइँदैन

    मनप्रसाद वाग्ले, शिक्षाविद्

    सुझाव

    उनले भने, “यसको अर्थ के हो भने नेपाल सरकारको भर्ना अभियान जसरी चाहिँ अगाडि बढ्नुपर्थ्यो बढेको छैन। विद्यालयमा कसरी विद्यार्थी ल्याउने सम्म भन्ने मात्रैमा सरकारले सरोकार राख्यो तर विद्यालयमा विद्यार्थी टिकाउने र उनीहरूको उपलब्धि स्तर बढाउनेतर्फ चाहिँ अहिलेसम्म ध्यान दिएको पाइँदैन।”

    त्यसरी टिकाउनका लागि विद्यार्थीलाई भर्ना मात्रै नगराई उनीहरूका बाबुआमालाई पनि छोराछोरी विद्यालय पठाउनुपर्ने रहेछ भनेर विश्वास दिलाउनुपर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायकी सहप्राध्यापक सुसन आचार्यले बताइन्।

    उनले भनिन्, “पहिला विद्यालय सुध्रिनुपर्यो र त्यो समुदाय र आमाबाबुको विश्वास जित्नुपर्यो। त्यसपछि के हुन्छ भने आमाबाबुलाई पनि मेरो छोराछोरीलाई विद्यालय पठायो भने दिनभरि पढ्छ मैले आर्थिक भार उठाउनुपर्दैन भन्ने हुन्छ।”

    सरकारले २०६१ सालदेखि नै सुरु गरेको विद्यालय भर्ना अभियान डेढ दशक पुग्न लाग्दा पनि प्रभावकारी नदेखिएकोले त्यसमा अब कहाँ र कुन क्षेत्रमा कमीकमजोरी छ त्यसलाई केलाएर नयाँ उपायहरू अपनाउन ढिला भइसकेको विज्ञहरूको सुझाव छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, जेठ ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.