×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राजकुमार ह्यारीको नेपाल साइनो

  •  
  • आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संयुक्त अधिराज्यका राजकुमार ह्यारीको विवाहबारे विश्वभरि नै व्यापक चर्चा भयो।

    उनी ब्रिटिश शाही परिवारका यस्ता सदस्य हुन् जसको नेपालसँग गहिरो सम्बन्ध रहेको जानकारहरू बताउँछन्।

    त्यो, नेपाल-ब्रिटेनको दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको बेला भएको उनको नेपाल यात्रामा होस् वा गोर्खा सैनिकप्रति उनले दर्शाएको सद्‌भावमा झल्कने धेरै ठान्छन्।

    लगाव

    महारानी एलिजाबेथपछि ब्रिटिश राजपरिवारका सदस्यहरूले पटकपटक नेपाल भ्रमण गरेका छन्।

    ह्यारी

    ह्यारीकी आमा डायना र पिता चार्ल्स पनि नेपाल आएका थिए।

    तर नेपाल गणतन्त्र भइसकेपछि यहाँ आउने उनी ब्रिटिश शाही परिवारका एक मात्र प्रमुख सदस्य हुन्।

    नेपाल-ब्रिटेन दौत्य सम्बन्धको द्विशतवार्षिकीको मौका पारेर दुई वर्षअघि नेपाल आएका राजकुमार ह्यारीले त्यतिबेला भूकम्पको पीडाबाट विस्तारै तङ्ग्रिँदै गरेको नेपाललाई आफ्नो सद्भाव देखाए।

    उनले भनेका थिए, “जो भूकम्पमा मारिए उनीहरूप्रति म श्रद्धाञ्जली व्यक्त गर्छु। नेपाली जनताको सङ्कल्प र सहनशीलतामा साथ दिन म जे गर्न सक्छु, त्यो गर्नेछु।”

    भूकम्पप्रभावित स्थानहरूको भ्रमण पनि गरेका उनले परोपकारी कामका लागि भन्दै आफ्नो बसाइ लम्ब्याएनन् मात्रै, सानातिनो पुनर्निर्माणमा आफैँ खटिए पनि।

    विशेष गरी गोर्खा सैनिकप्रतिको लगाव उनका टिप्पणीहरूमा झल्किन्छ।

    अफगानिस्तानमा खटिँदा ब्रिटिश गोर्खासँग समय बिताएका ह्यारी उनीहरूको साहसबाट निकै प्रभावित भएको प्रतीत हुन्छ। त्यसैले गर्दा नेपालप्रति उनको लगाव झन् गाढा बनेको भनी अर्थ्याउनेहरू पनि पाइन्छन्।

    ह्यारी

    इतिहास

    इतिहासविद् डक्टर रमेश ढुंगेल त्यो लगावलाई ब्रिटिश शाही परिवार र नेपालको ऐतिहासिक सम्बन्धको कसीमा राखेर हेर्न रुचाउँछन्।

    उनी भन्छन्, “प्रकृतिप्रति उनीहरूको रुचि हो। सबैभन्दा बढी चाहिँ पहिलेदेखिनै ब्रिटिश गोर्खाप्रति उनीहरूको ममता छ। जङ्गबहादुर राणाको पालोदेखि नै नेपाल-ब्रिटेन सम्बन्धले औपचारिकता पाएको हो। त्यतिबेला ब्रिटिशहरूलाई नेपाल चाहिएको थियो र नेपालका शासकहरूलाई उनीहरू। त्यसैले स्वार्थ पनि मिल्न गयो।”

    मूलत: ब्रिटिश राजपरिवार अहिले आलाङ्कारिक भूमिकामा छ र विदेश नीतिमा उसको प्रत्यक्ष प्रभाव नदेखिएला।

    तर अहिले पनि ब्रिटिश राजपरिवारप्रति देशभित्र मात्रै होइन, बाहिर पनि सम्मान पाइन्छ र उक्त परिवारको कुनै न कुनै प्रकारको नेपाल साइनोलाई कम आँक्न नमिल्ने तर्क गर्नेहरू पनि प्रशस्तै छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.