×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

स्थानीय तहको जिम्मामा १२५ वटा कानुन

  •  
  • आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नगेन्द्र सापकोटा

    काठमाडौँ, जेठ ६ गते । कानुन निर्माणको अभावमा स्थानीय तह अलमलमा परिरहेका बेला स्थानीय तहसँग सरोकार राख्ने १२५ वटा कानुन स्थानीय तहले तत्काल निर्माण गर्नुपर्ने भएको छ ।
    निर्माण गर्नुपर्ने कानुनमध्ये कतिपय कानुन सङ्घीय सरकारले निर्माण गर्नुपर्ने, कतिपय प्रदेश सरकार त कतिपय स्वयम् स्थानीय तहले नै निर्माण गर्नुपर्ने छ । स्थानीय तहका लागि आवश्यक कानुन निर्माणकै अभावमा स्थानीय तहलाई दिएका अधिकार प्रयोग गर्न सकिएको छैन ।
    सङ्घीय सरकारले स्थानीय तहलाई आवश्यक पर्ने स्थानीय सरकार सञ्चालन ऐन, प्राकृति स्रोत तथा वित्त आयोग ऐन र स्थानीय तहको खर्च व्यवस्थापनसम्बन्धी ऐन निर्माण गरिदिएको छ ।
    कर्मचारी समायोजन ऐन निर्माण भए पनि कार्यान्वयन भने हुन सकेको छैन । स्थानीय तहले कानुन निर्माण गर्न नसक्दा स्थानीय तहको एक वर्षको कार्यकाल उपलब्धीमूलक बन्न नसकेको सर्वत्र गुनासो छ ।
    वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले स्थानीय तहमा कानुनसँग सम्बन्धित विषय विज्ञको अभावमा स्थानीय तहले आवश्यक कानुन निर्माण गर्न नसकेको बताउनुभयो ।
    संविधानको अनुसूची–८ मा स्थानीय तहका २२ वटा एकल अधिकारका सूची उल्लेख गरिएका छन् भने अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीय तहका १५ वटा साझा अधिकारका सूची उल्लेख गरिएका छन् । उहाँका अनुसार उक्त अधिकारका आधारमा स्थानीय तहले कम्तीमा १५० वटा कानुन निर्माण गर्नुपर्छ । एकल अधिकारका सूचीका बारेमा कानुन निर्माण गर्दा स्थानीय तह आफैले निर्माण गर्न सक्छन् तर साझा अधिकारका सूचीका कानुन निर्माण गर्न स्थानीय तहले सक्दैनन् । उक्त कानुन सङ्घ र प्रदेश सरकारले निर्माण गरिदिनुपर्छ ।
    उहाँले भन्नुभयो, ‘संविधानले स्थानीय तह आफैलाई कानुन बनाउने अधिकार छ । स्थानीय तहले निर्माण गर्ने आवश्यक ऐन, नियम, नियमावली, निर्देशिका र कार्यविधि सबै कानुन हुन । ’ तीन तहका साझा अधिकारका सूचीमा उल्लेखित अधिकारसम्बन्धी कानुन निर्माण गर्दा प्रदेश र सङ्घीय सरकारसँग बाझिन सक्ने भएकाले स्थानीय तह आफैले कानुन निर्माण गर्न सक्दैनन् । संविधानले बाझिएको हदसम्म निर्माण भएका कानुन अमान्य हुने भन्ने उल्लेख गरेको छ ।
    स्थानीय तह एक्लैले निर्माण गर्नसक्ने एकल अधिकार बारेमा भने कानुन बनाउन कुनै अलमल गर्नु नपर्ने तर्क उहाँको छ । अर्का अधिवक्ता रमेश बडालले संविधानको अनुसूची ८ मा उल्लेखित स्थानीय तहका एकल अधिकारका सूचीका बारेमा कानुन बनाउन स्थानीय तहलाई कही बाधा नभएकाले तत्काल आवश्यक कानुन बनाउनुपर्ने बताउनुभयो ।
    नेपाल नगरपालिका सङ्घका उपसंयोजक भीम ढुङ्गानाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई एक वर्षको समयावधि कतिपय कुरा सिक्ने क्रममा बितेकाले आवश्यक कानुन निर्माण गर्न नसकिएको बताउनुभयो । अबको एक वर्ष स्थानीय तहका लागि कानुन निर्माण वर्ष हुने उहाँको भनाइ छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.