×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सूचना राजमार्गमा जोडियो नेपाल

  •  
  • आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    काठमाडौँ, जेठ ६ गते । दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, बङ्गलादेश र भुटान अब यही आर्थिक वर्षभित्र सूचना राजमार्ग (एकीकृत अप्टिकल फाइबर सञ्जाल) मा जोडिने भएका छन् ।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव युवराज खतिवडाले परियोजनाको सम्पूर्ण काम पूरा भइसकेको जानकारी दिँदै यही आर्थिक वर्षभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । टेलिकमलाई हस्तान्तरण गरेसँगै नेपाल, भारत, बङ्गलादेश र भुटान सूचना राजमार्ग (एकीकृत अप्टिकल फाइबर सञ्जाल) मा जोडिने उहाँले बताउनुभयो ।
    उहाँले भन्नुभयो, “यस परियोजनाको ‘सिभिल वर्क’ तथा ‘टेस्टिङ’को काम पूरा भइसकेको छ, अब नेपाल टेलिकमलाई हस्तान्तरण गर्न आर्थिक र प्राविधिक प्रतिवेदनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । ” यसअघि यी चार मुलुकबीच परियोजनाबारे कार्यगत र अवधारणागत सहमति भइसकेको तथा छिट्टै नै ‘अपरेसनल’ सहमति हुने जानकारी उपसचिव खतिवडाले दिनुभयो । यसअघि नै ती मुलुकहरूले ‘अपरेसनल’ सहमतिका लागि नेपाललाई बोलाए पनि निर्वाचनका कारण नेपाल सहभागी हुन सकेको थिएन ।
    सूचना राजमार्ग सञ्चालनका लागि काभ्रे, सिन्धुली, महोत्तरी, सिरहा, सुनसरी जिल्लाको तीस ठाउँमा सामुदायिक सूचना केन्द्र (सीईसी) स्थापना गरिएको जानकारी उहाँले दिनुभयो । त्यसैगरी, भारत, बङ्गलादेश र भुटानले समेत विभिन्न ठाउँमा सामुदायिक सूचना केन्द्र (सीइसी) स्थापना गरिसकेका छन् । यी सामुदायिक सूचना केन्द्रबीच ‘लिङ्क’ भइसकेपछि यी मुलुकले विज्ञान, प्रविधि लगायत क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरू एक अर्काबीच ‘सेयर’ हुने र लाभान्वित हुने उहाँले बताउनुभयो ।
    नेपाल टेलिकमका प्रवक्ता प्रतिमा वैद्यले हस्तान्तरणपछि यसको सञ्चालन, रेखदेख र मर्मत टेलिकमले गर्ने बताउनुभयो । यो सूचना राजमार्ग सञ्चालनसँगै सूचना प्रविधिको क्षेत्रमा विश्वसँग नेपालको ‘कनेक्टिभिटी’ थप फराकिलो हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
    परियोजना निर्माणका लागि सन् २००७ मा दक्षिण एसियामा अवधारणा आएको थियो भने २००९ मा अवधारणाले कागजी रूप लिएको थियो । परियोजनामा एसियाली विकास बैङ्क (एडीबी) को करिब ८५ करोड ५० लाख रुपियाँ अनुदान तथा नेपाल सरकारको करिब २१ करोड रुपियाँ लगानी भएको उपसचिव खतिवडाले जानकारी दिनुभयो ।
    परियोजनामा परामर्शदाताका लागि टेलिकम्युनिकेसन इन्डिया लिमिटेड
    (आईसीटीसी) र निर्माणका लागि कोरियन कम्पनी आइसक्राप्ट कम्पनी लिमिटेड र नेपाल सरकारबीच सम्झौता भएको थियो । निर्माण कम्पनी र नेपाल सरकारबीच २०६९ माघ १३ गते सम्झौता भएको थियो । काभ्रे, ढल्केबर र विराटनगरमा नेपालको सूचना राजमार्गको केन्द्र (हब) राखिएको बताउँदै खतिवडाले भन्नुभयो, “यस परियोजनाअन्तर्गत धुलिखेलबाट बीपी राजमार्ग हुँदै ढल्केबरसम्म अप्टिकल फाइबर बिछ्याइएको छ । ढल्केबरबाट पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिछ्याइएको अप्टिकल फाइबरसँग जोडिएको छ । ”
    विराटनगरबाट भारतको सञ्चार निगमको अप्टिकल फाइबरमा जोडिएर सिलुगुडी र कलकत्ता हुँदै फाइबर भारतको चेन्नई पुग्नेछ । चेन्नईको केन्द्रबाट जोडिएर फाइबर विश्वको सूचना राजमार्गमा जोडिनेछ । सिलीगुडीका लागि एउटा कनेक्सन वीरगन्ज र एउटा विराटनगरबाट जानेछ ।
    परियोजनाअन्तर्गत नेपालमा धुलिखेल–नेपालथोक ५० किलोमिटर, नेपालथोक–सिन्धुलीमाढी ७० किलोमिटर र सिन्धुलीमाढी–ढल्केबर गरी जम्मा एक सय ७० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । बाँकी पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिछ्याइएको अप्टिकल फाइबर मार्फत नेपाललाई यो सूचना राजमार्गमा जोडिएको छ
    यो सूचना राजमार्ग निर्माणका लागि नेपाल टेलिकम, भारत सञ्चार निगम लिमिटेड, बङ्गलादेश टेलिकम कम्पनी र भुटान टेलिकमबीच सम्झौता भइसकेको छ । फोन, इन्टरनेट सेवालाई अझ सर्वसुलभ, स्तरीय र तीव्र बनाउने उद्देश्यसहित निर्माण गरिएको यो सूचना राजमार्गको निर्माणपछि फोन र इन्टरनेटको शुल्कमा ३० प्रतिशतसम्म कमि आउने बताइएको छ ।
    उपसचिव खतिवडाका अनुसार, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग परियोजना (सासेक) अन्तर्गत यी चार दक्षिण एसियाली मुलुक सो एकीकृत सूचना राजमार्गमा आबद्ध हुन लागेका हुन् । यो परियोजना ‘सासेक’ कै एउटा भागका रूपमा छ । दक्षिण एसियामा सूचना, सञ्चार तथा प्रविधिको विकास गर्नु नै यो परियोजनाको उद्देश्य रहेको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.