×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

को फेरिन्छ: शाही परिवार कि मेगन ?

  •  
  • शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जोनी डायमण्डशाही संवाददाता, बीबीसी न्यूज

    प्रत्येक शाही विवाह फरक हुन्छ। तर एक किसिमले भन्नुपर्दा प्रत्येक शाही विवाह शाही परिवारलाई नयाँ ढङ्गले अघि बढाउने अवसर हो।

    यस्ता ठूला विवाह विरलै हुने गर्छन् र हिजोआज विश्वभरि त्यसप्रति आकर्षण हुने गर्दछ।

    त्यही भएर यसले ‘आजका दिनमा शाही परिवार उनीहरू हुन’ भनेर देखाउने अवसर दिन्छ।

    तर यो नितान्त फरक खालको शाही विवाह हो।

    परम्परागत

    यो फरक हो किनभने विवाहको दिनको व्यवस्थापनको शैली नै पनि फरक किसिमको छ।

    सानो-सानो कुरा जस्तै परम्परागत रूपमा ठूलो केक यसपटक छैन्।

    ठूलो कुरा भन्नुपर्दा विवाह समारोहमा पवित्र गीत गाउने मण्डली पनि अर्कै किसिमको छ।

    विन्ड्सर क्यासलमा हुने विवाह समारोहमा सार्वजनिक जीवनका १२ सय मानिसहरूलाई निम्तो गरिनु आफैँमा एउटा उल्लेख्य निर्णय हो।

    मार्कल

    सन् १९९७ मा राजकुमार ह्यारीकी आमा, वेल्सकी राजकुमारी डायनाको निधन भएपछि तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई ‘जनताकी राजकुमारी’ का रूपमा चित्रण गरेका थिए।

    यो “जनताको विवाह” नहुनसक्छ। तर यो जनतासँग नजिक पुग्न लागेको शाही विवाह भने हो।

    शुरूदेखि नै राजकुमार ह्यारी र मेगनले उनीहरूले आफ्नो विवाहलाई समावेशी समारोह बनाउन चाहेको बताएका थिए।

    मान्यता

    र, उनीहरूले शाही मान्यताको सीमाभित्र रहेर त्यसलाई पूरा गर्न उपयुक्त प्रयास गरेका छन्।

    उनीहरूको विवाह विगतको शाही विवाहभन्दा फरक देखिन्छ। वास्तवमै दुलहीको एकदमै भिन्न पृष्ठभूमिले गर्दा पनि यस्तो भएको हो।

    उनी सर्वसाधारण होइनन्। कुलीन पृष्ठभूमि नभए पनि केहीले पछिल्ला वर्षहरूमा शाही परिवारमा विवाह गरेका छन्।

    उनले एक पटक सम्बन्ध विच्छेद गरेकी छन्।

    GETTY IMAGES

    ८२ वर्षअघि भविष्यका राजगद्दी उत्तराधिकारीले एकजना सम्बन्ध विच्छेद गरेकी महिलासँग विवाह गर्न गद्दी त्याग्ने निर्णय गरेका थिए।

    दिवंगत राजकुमारी मार्गेटले आफ्ना प्रेमी सम्बन्ध विच्छेद भएका पुरूष भएका कारण उनीसँग सम्बन्ध नजोड्ने निर्णय गरिन्।

    मेगन अमेरिकी हुन् र विदेशी विवाह गर्नु ब्रिटेनको राजपरिवारका लागि बराबरको हैसियत पनि देखिन्न्।

    ‘मिश्रित जात‘

    विवाह समारोहमा मार्कललाई ‘आयल’ अर्थात विवाह समारोहमा कसले डोर्‍याएर ल्याउने भनेर देखिएको अन्योलले पनि त्यो फरक पार्छ।

    उनको परिवारलाई शाही परिवारको सदस्य बन्नेबारेका नियमहरू जानकारी नभएको वा थाहा भएर पनि खासै चासो नभएको जस्तो देखिन्छ।

    उनी आफैँ पनि ‘मिश्रित जात’ हुन्। उनकी आमा अफ्रिकी अमेरिकी हुन् र कतिपयले शाही परिवारका लागि त्यो असाधारण वा अझ ‘क्रान्तिकारी’ सम्म भएको टिप्पणी गरेका छन्।

    मार्कल

    र अरू पनि थप कुरा छ। उनी काम गर्थिन् वा गर्छिन्।

    उनको सार्वजनिक परिचय थियो वा छ। उनी एकदम कुशल वक्ता हुन् र शाही परिवारका जो कोही भन्दा पनि अझ कुशल वक्ता भनेर तर्क समेत गर्न सक्छिन्।

    अझ थप उनी आफैँले स्वीकार गरेकी नारीवादी हुन् र विश्वभर महिलामाथि भइरहेका यौन दुर्व्यवहारविरूद्धको #मी टू अभियान चलाउने पुस्ताको एक नाम चलेकी सदस्य हुन्।

    त्यही भएर परम्परागत र कतिपयका लागि रूढीवादी समेत देखिने संस्थामा मेगन मर्कलको उपस्थिति आफैँमा एउटा ठूलो परिवर्तन हो।

    आधुनिक

    उनले शाही परिवारलाई आधुनिक बनाउने, अझ राजतन्त्रलाई, समेत जोगाउने चर्चा गरिएको छ।

    शाही परिवारले आफूलाई निरन्तर नवीन बनाइ राख्नुपर्छ र उसले त्यसलाई बेलाबेलामा प्रमाणित पनि गरेको छ।

    मार्कलेले उनीहरूलाई इन्स्टाग्रामको युगमा वास्तवमै डोर्‍याइरहेकी छन्। तर उनले कति परिवर्तन गर्छिन् भन्नका लागि हामीले पर्ख र हेर नै गर्नुपर्छ।

    उनले विगतमा भनेकी छन्, “मैले खाएर बस्ने महिला बन्न कहिल्यै चाहिनँ, मलाई सधैँ काम गर्ने महिला बनिरहन मन लाग्यो।”

    शाही भूमिका दिवाभोजमा सरिक हुनु हो। र चियापानमा पनि। अनि अस्पताल उद्घाटन गर्नु वा अरू परोपकारी काममा पनि सहभागी हुनु हो।

    मार्कल

    र, राम्रो देखिनु अनि हो भनिरहनु र मानिसहरूले के गरिरहेका छन् र मौसम कस्तो छ भनेर सोध्नु बाहेक धेरै नबोल्नु पनि हो।

    मलाई गलत नठान्नुहोस्, यो महत्त्वपूर्ण काम हो कतिपय बेला गाह्रो र पट्यारलाग्दो पनि हुन्छ जस्तो म कल्पना गर्छु। तर यस्तो काम मेगनले कहिल्यै गर्दै आएकी छैनन्।

    त्यही भएर हामीले मेगनले शाही परिवारलाई बदल्छिन् वा शाही परिवारले मेगनलाई बदल्छ भनेर जान्न पर्खेर हेर्नैपर्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.