×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आहा ताल ! फेवादेखि फोक्सुण्डोसम्म

  •  
  • शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भरतबन्धु थापा

    विशाल जलासयमा खुला निलो आकासको प्रतिविम्ब कस्तो देखिएला ? वा सूर्यास्तको बेला पोतिने सुन्तले रंगको प्रतिछायाँ कस्तो देखिएला ?

    दृश्यावलोकनको लागि अन्त जानुपर्दैन, आफ्नै मुलुक चहारे पुग्छ । भनिन्छ, पानीको रंग हुँदैन । रुप हुँदैन । तर, ठाउँ–ठाउँमा भेटिने जलाशय हेर्दा भन्न करै लाग्छ, पानीको पनि रंग हुन्छ । पानीको पनि रुप हुन्छ । वास्तवमै रुपवान् !

    नेपालको कुना–कन्दरा फन्को लगाउने हो भने, यस्ता ताल–तलैयासँग साक्षात्कार गर्न पाइन्छ, जसको सौन्दर्यको वखान गरेर साध्य छैन । चाहे रारा पुगौं वा फोक्सुन्डो । फेवाको फन्को लगाउँ वा त तिलिचोको । विश्वकै अग्लाे स्थानमा रहेको ताल यहीँ छ। विश्वको सवैभन्दा ठूलो ताल पनि यहीँ छ ।पहाडी थुम्काहरुसँग लय मिलाइरहेको विशाल जलाशयहरु आफैमा काव्य जस्ता लाग्छन्, जसरी वयान गरे पनि नपुग्ने । यस्तो सौन्दर्य हेरेर न आँखा थाक्छ । न मन अघाउँछ ।

    राष्ट्रिय ताल संरक्षण समितिक कार्यकारी निर्देशक लंक शाही भन्छन्, ‘अनेक बान्कीका ताल–तलैया धीत मरुञ्जेल हेर्न सकिन्छ । हामीकहाँ यस्ता ताल कति छन् कति ।’

    कति छन् ?

    शाहीसँग ओंठमै जवाफ छ, ‘५ हजार ३ सय ५८ वटा तालहरु छन् ।’ त्यसमध्ये २ हजार ७ सय १२ वटा तालहरु ५ सय मिटर उचाइभन्दा तल रहेका छन् भने २ हजार २ सय २७ वटा तालहरु ३ हजार मिटर भन्दा माथि रहेका छन् ।

    तिलिचो ताल

    मनाङ जिल्लामा रहेको तिलिचो ताल विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो । समुन्द्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको यो तालको लम्बाइ ८ किलोमिटर र चौडाइ १.२ किलोमिटर रहेको छ ।

    कसरी पुग्ने ?

    काठमाडौंदेखि मनाङसम्म जिपमा । त्यसपछि यात्रा सुरु भएर दुर्इ दिनमा तिलिचो ताल पुग्न सकिन्छ ।

    रारा

    रारा नेपालको सबैभन्दा ठूलो ताल हो । यहाँ विश्वमै अन्यत्र नपाइने स्नो ट्राउट प्रजातीको माछा पाइन्छ । रारा तालको पूरा आकृती हेर्नका लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो ।

    घामको रंगअनुसार रारा तालको रंग बदलिइरहन्छ । यो तालको लम्बाइ ५ किलोमिटर र चौडाइ २.७ किलोमिटर छ । यो ताललार्इ एक फन्को मार्न ५ घण्टा लाग्छ ।

    कसरी पुग्ने ?

    नेपालगन्जदेखि ५० मिनेटको हवाइ यात्रा पछि पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट ३ घण्टाको पैदल दुरी छिचोलेर रारा ताल पुग्न सकिन्छ । सुर्खेतदेखि दुई दिनको बस यात्रा पश्चात पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ रारा ताल ।

    फोकसुण्डो ताल

    क्षणमा निलो, क्षणमा फिक्का निलो । पानीको रंग परिवर्तन भइरहने ताल हो फोकसुण्डो । यो डोल्पा जिल्लामा पर्दछ । नेपालकै सबैभन्दा गहिरो ताल हो याे।

    यो तालको गहिराइ ६ सय ५० मिटर रहेको छ भने यो तालमा कुनैपनि जलचर छैनन् ।

    फोकसुण्डो तालबाट निस्केकोे झरना नै नेपालको सबै भन्दा ठूलो झरना हाे। समुन्द्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाइमा अवस्थित फोकसुण्डो तालको सुन्दरता जब एरीक भ्यालीले क्याराभान फिल्म बनाए तब विश्वभर परिचित भयो । यही कारणले पनि होला डोल्पामा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च नागरिक रहेका छन् ।

    कसरी पुग्ने ?

    नेपालगन्जदेखि जुफालसम्म हवाइजहाजको यात्रा पश्चात सुरु हुन्छ फोकसुण्डो यात्रा । जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान चार घण्टाको यात्रा तय गर्नु पर्दछ ।

    एयरपोर्टबाट दुनै जाने र फोकसुण्डो जाने बाटो फरक छ । फोकसुण्डो ताल पुग्नका लागि तीन दिनको पैदल यात्रा तय गर्नु पर्दछ ।

    बडीमालिका ताल

    बाजुराको बडीमालिकामा अवस्थित बडिमालिका ताल समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । यो क्षेत्र सौन्दर्यका हिसाबले मात्र नभएर धार्मिक हिसावले पनि निकै महत्वको छ ।

    बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकाक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट देखिने सैपाल हिमालको मनोरम दृश्यले झनै बडीमालिकाको सौन्दर्यलाई तिखारेको छ ।

    बडीमालिका मन्दिर पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकहरुले खानपिन तथा बास बस्नको आफै ब्यवस्थापन गर्नु पर्ने हुन्छ । मन्दिर ब्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एक वटा धर्मशाला बनाइदिएको छ । सोही स्थानमा बास बस्न पाइन्छ ।

    बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाटहरु हुन् । यी फाटहरु बिस्तारै मासिदै गएका छन् । यी फाटहरुमा अनावश्यक चरन तथा जडीबुडी मासेका कारण यस्को सौन्दर्य मासिएको हाे । बडीमालिका क्षेत्रलाई राष्ट्रिय निकुन्ज घोषणा गरेर यसलाई संरक्षण गर्नु पर्ने बताउँछन् स्थानीय अगुवाहरु ।

    कसरी पुग्ने ?

    धनगढीदेखि अछामसम्म बसमा र दुई दिनको यात्रा पछि पुग्न सकिन्छ बडीमालिका ।

    वीरेन्द्र ताल

    वीरेन्द्र ताल गोर्खा जिल्लामा पर्दछ । मनास्लु हिमालको फेदमा रहेको यो ताल मनास्लु पदयात्रा आउने पर्यटकहरुको गन्तव्यस्थल पनि हो । समुन्द्री सतहबाट करीब ३ हजार मिटर उचाइमा रहेको यो ताल दिनप्रतिदिन खुम्चिँदै गएको छ ।

    कसरी पुग्ने ?

    काठमाडौंदेखि आरुघाटसम्मा सवारी साधनमा । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । आरुघाटदेखि ५ दिनको पैदल यात्रा पश्चात पुग्न सकिन्छ विरेन्द्र ताल ।

    गोक्यो ताल


    सोलुखुम्बु जिल्लामा अवस्थित छ गोक्यो ताल । समुन्द्री सतहबाट ४ हजार ६ सय ९० मिटर उचाइमा रहेको छ । यो ताल हिमालै हिमालको वरिपरि रहेको निकै सुन्दर ताल हो । हिउँदको समय हिउँले ढपक्क ढाकेको हुन्छ । हिउँदको समय यो ताल पुग्न निकै गाह्रो हुन्छ । यो तालले १ सय ९६ हेक्टर क्षेत्रफल ओगटेको छ ।

    कसरी पुग्ने ?

    काठमाडौंदेखि लुक्लासम्म हवाइ यात्रा । त्यसपछि ७ दिनको यात्रा पश्चात पुग्न सकिन्छ ।

    पाँच पोखरी

    सिन्धुपाल्चोक जिल्लामा अवस्थित यो ताल धार्मिक हिसावले पनि निकै प्रख्यात छ । जनैपूर्णिमामा पाँच पोखरीमा ठूलो मेला लाग्दछ । समुन्द्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा छ यो ताल । यो क्षेत्रमा पुग्दा हिमाल ताल र आफू हिमालभन्दा माथि भएको भान हुन्छ ।

    कसरी पुग्ने ?

    काठमाडौंदेखि चौतारासम्म सवारी साधनमा । त्यसपछि ५ दिनको यात्रा पश्चात पुग्न सकिन्छ ।

    फेवा ताल

    कास्की जिल्लामा अवस्थित यो ताल नेपालको मात्र नभएर विश्वकै प्रख्यात ताल हो ।


    यो ताल अन्नपूर्ण पदमार्ग, माथिल्लो मुस्ताङ पदयात्राको सुरुवातको क्षेत्र हो । यो तालको अधिकतम लम्बाइ ४ किलोमिटर छ । चौडाइ २ किलोमिटर र गहिराइ २४ मिटर रहेको छ ।

    गोसाइँकुण्ड ताल

    रसुवा जिल्लामा अवस्थित यो ताल धार्मिक हिसाबले निकै प्रख्यात छ । जनैपूर्णिमा मेला भर्नका लागि यो तालमा हजारौको संख्यामा मानिसहरु जाने गर्दछन् । समुन्द्री सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा छ यो ताल ।

    हिँउदको समय यो तालले पुरै हिउँको पछ्यौरी ओढ्छ । यो तालको वरिपरि १ सय ८० वटा कुण्डसमेत रहेका छन् । करीब १४ हेक्टर क्षेत्रफल भएको यो ताल लाडटाङ राष्ट्रिय निकुन्ज भित्र पर्दछ ।

    कसरी पुग्ने ?

    काठमाडौंदेखि धुन्चेसम्म सवारी साधनमा । त्यसपछि तीन दिनको पैदल यात्रा पश्चात पुग्न सकिन्छ गोसाइँकुण्ड ताल ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.