×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सुन प्रकरणमा सर्वोच्चको आदेश ‘अभियुक्तलाई धरौटीमा छाड्नू’

  •  
  • शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, जेठ ५ गते । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करी प्रकरणका दुई अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत पाटनले जारी गरेको आदेश बदर गर्दै सर्वोच्च अदालतले अभियुक्तद्वय नन्दकुमार पाण्डुरङ्ग मगर र उल्हास दिनकर सालुङ्गखेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
    वि.सं. २०७४ भदौ २९ गते समातिएको ८८ किलो सुन तस्करी प्रकरणका चारमध्ये मुख्य अभियुक्त मानिएका दुईजना यसअघि नै रिहा भइसकेका छन् । सर्वोच्चले मुख्य अभियुक्तलाई धरौटीको सुविधा दिइसकेको अवस्था तथा तत्काल प्राप्त प्रमाणबाट कारोबारमा संलग्न भएको पुष्टि नभएको भन्दै मगर र सालुङ्गखेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले जनही पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।
    न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनीहरूलाई छाड्न आदेश दिएको हो । सङ्गठित रूपमा सुनको अवैध कारोबार गरेको मुद्दामा दुवै जनालाई जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले थुनामै रहेर मुद्दाको कारबाहीमा भाग लिने गरी आदेश दिएको थियो ।
    सर्वोच्चको आदेशमा भनिएको छ, “बरामद भएको सुनको कारोबारमा संलग्नता रहेको भन्ने तत्काल प्राप्त प्रमाणबाट नदेखिएको र फोन सम्पर्क भयो भनिएका सुन कारोबार गर्ने व्यक्ति गणेशदत्त बडू तथा अर्का प्रतिवादी सत्यनारायण अग्रवाललाई क्रमशः पाँच लाख र दुई लाख रुपियाँ धरौटी लिई मुद्दाको पुर्पक्ष भइरहेको देखिएकाले यी निवेदक नन्दकुमार पाण्डुरङ्ग मगर र उल्हास दिनकर सालुङ्गखेलाई अ बं. ११८ को देहाय २ को अन्तर्गत पुर्पक्षका लागि थुनामा राख्ने भनी सुरु काठमाडौँ जिल्ला अदालतबाट भएको आदेश सदर गरेको उच्च अदालत पाटनको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ ।
    यी निवेदकहरूबाट जनही पाँच लाख नगद वा सोबापतको जेथा वा बैङ्क जमानत दिए लिई मुद्दाको पुर्पक्ष गर्नुहोला । ”
    सर्वोच्चले उच्च अदालतको २०७४ फागुन ३० गतेको आदेश बदर गरेको हो । सर्वोच्चले अभियुक्तद्वयले कारोबारमा प्रत्यक्ष संलग्नता रहेको भन्ने कुरामा इन्कार गरेको अवस्थामा कारोबार गर्ने प्रतिवादी गणेशदत्त बडूसँग फोन सम्पर्कसम्म भएको अवस्थामा थुनामा राख्नु नपर्ने ठहर गरेको हो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.