कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । नेपाली दुई करोड भन्दा बढी नक्कली रुपैयाँ सहित ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार साँझदेखि बुधबार बिहानसम्म गरेको अप्रेशनले तीन जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरले पक्राउ गरेको तीन जनालाई बुधबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरीएको छ ।
पक्राउ पर्नेहरूको संख्या बढ्न सक्ने अनुमान गरीएको छ । अभियुक्तहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।




















