×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘महिनावारी रोकिएपछि धेरैलाई डिप्रेसन’

  •  
  • बुधबार, जेठ ०२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    किशोरावस्थादेखि नै खानपान र जीवनशैलीमा ध्यान नदिँदा महिनावारी रोकिएपछि धेरै महिलालाई हड्डी खिइने र हड्डी कमजोर हुने समस्याले सताउने गरेको चिकित्सकले बताएका छन्।

    महिनावारी सुकेपछिको अवस्थाबारे जानकार नभएका कारण उमेर बढ्दै गएपछि कष्टकर जीवन जिउन बाध्य भएको उनीहरू बताउँछन्।

    हरेक महिलाले आफ्नो जीवनकालमा भोग्ने यस्ता समस्याबारे सरकारी तहबाटै अध्ययन अनुसन्धान थाल्नुपर्ने विज्ञहरू बताउँछन्।

    शुभद्रा मल्लको महिनावारी रोकिएको ५ वर्ष भइसकेको छ। उनी अहिले ४६ वर्षकी भइन्।

    समस्या

    समयअगावै महिनावारी रोकिएपछि उनलाई जिउमा बल नभएजस्तो हुने, थकाइ लाग्ने, औडाहा हुने, चिसो पसिना आउने, राती निन्द्रा नपर्ने, अरू मानिस बोल्दा झिजो लाग्ने गर्छ।

    उनी भन्छिन्, “आँखा कमजोर भयो पहिला मीठो लाग्ने खाना पनि नमीठो लाग्नेरहेछ। हाडजोर्नी दुख्ने गर्छ।”

    शुभद्रालाई जस्तै महिनावारी सुकेका वा रजनोवृत्ति भएका कतिपय महिलामा एस्ट्रोजन हर्मोनको कमीले हाडजोर्नी खिइने, ओस्टियोपोरोसिस अर्थात् हड्डी कमजोर हुने र सामान्य दुर्घटनामै भाँच्चिने समस्या हुन्छ।

    महिनावारी रोकिएपछिका समस्याबारे जानकारी नहुँदा ठूलै रोग लागेको महसुस गरी धेरै महिला ‘डिप्रेसन’मा जाने गरेको पाइएको स्त्रीरोग विशेषज्ञ डा. रीना श्रेष्ठ बताउँछिन्।

    उनी भन्छिन्, “महिनावारी सुकेपछि के कस्ता लक्षण देखिन्छन् भन्ने कुरा महिलालाई थाहा हुनुपर्छ। मलाई किन रिस उठिरहेको छ, किन धेरै पसिना आइरहेको छ, पहिलाभन्दा म कति परिवर्तित भएछु भन्ने कुरा धेरैलाई थाहा हुँदैन।”

    नेपाली महिलाहरूको महिनावारी सुक्ने औसत उमेर ४७ वर्ष बताइएको छ।

    समाधान

    तर जीवनस्तरमा सुधार आउँदा महिनावारी रोकिने उमेर बढ्दै जाने चिकित्सकहरू बताउँछन्।

    महिनावारी

    महिनावारी रोकिएपछि हुने समस्याको समाधानमा भन्दा त्यसको रोकथामका लागि समयदेखि नै उपयुक्त खानपान र व्यायाम गर्नुपर्ने हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रकाशमान श्रेष्ठको सुझाव छ।

    उनले भने, “हिँड्नुपर्छ, दौडिनुपर्छ र खेल्नुपर्छ। केरा र ब्रोकाउली जस्ता खानेकुरा खानुपर्‍यो। बिहानको घाममा २० मिनेट जति बस्दा प्रचुर मात्रामा भिटामिन पाइन्छ।”

    महिनावारी बन्द भएपछि हुने महिलाको स्वास्थ्य अवस्थाबारे नेपालमा हालसम्म कुनै औपचारिक अध्ययन अनुसन्धान नभएको चिकित्सकहरू बताउँछन्।

    सरकारी तहबाटै यस विषयमा बहस, छलफल र जनचेतनामूलक कार्यक्रमहरू आयोजना हुनसके बहुसंख्यक महिलाको जीवन सहज बन्न सक्ने उनीहरूको भनाइ छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ ०२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.