हरी कार्की लक्की/चितवन
जेष्ठ २ गते । नेपाली फिल्म इन्डस्ट्रीमा फिल्म बन्ने क्रम अहिले निकै बढेको छ । अधिकांश निर्माता तथा निर्देशक नयाँ फिल्म बनाउने तयारीमा लागिरहेका छन् । फिल्म बन्ने क्रम सँगै फिल्मको सुरुवात देखि नै बिना प्रचार फिल्म सकिएर प्रदर्शनको तयारीमा आएसी मात्र फिल्मको प्रचार गर्ने नयाँ शैली फिल्म निर्माता तथा निर्देशकले गर्न थालेका छन् ।
अहिले फिल्म बनाएर मात्रै पुग्दैन, गतिलो प्रचार प्रसारले पनि फिल्मको कमाइमा असर पार्छ । सुरुवाती क्रमदेखि छायांकनसम्म सम्पूर्ण फिल्मका गतिबिधीलाई गुपचुपमै राखी नेपाली कथानक चलचित्र ‘कपुरी क’ को डबिङ सकिएको खबर कलाकार चेतबहादुर सिंह ‘राजा’ ले बताएका छन् ।
गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माण रहेको नेपाली कथानक चलचित्रमा निर्देशन सबिन बास्तोला छन् भने अन्य चलचित्रका सबै कुरा लुकाईएको छ । गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘कपुरी क’ दोस्रो चलचित्र हो । यस अघि नै विशेष चलचित्रको उपाधि समेत पाउन सफल नेपाली कथानक चलचित्र ‘सुनपानी’ दर्शक माझ आईसकेको छ ।



