×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बालविवाह: ख्यालख्यालमै जोडी बाँध्छन् चेपाङ बालबालिका

  •  
  • बुधबार, जेठ ०२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन जिल्लाको फरक फरक गाउँका दुई चेपाङ बालबालिकाले हालसालै भागेर विवाह गरे।

    बालक १५ वर्ष, बालिका १४।

    किन यति छिट्टै बिहे गरेको?

    “हामी दुवैलाई एकअर्का मन पर्‍यो। मैले ‘हिँड्!’ भनेँ अनि उसलाई ल्याएँ,” ती बालकले जवाफ दिए।

    बालिकाले त्यसमा टाउको हल्लाउँदै भनिन्, “उसले ‘मसँगै मेरो घर हिँड्, म पाल्छु भन्यो’। मैले कुट्छ होला भनेर सोधेँ। उसले कसम खाएर ‘कुट्दिनँ’ भन्यो अनि म भागेर आएँ।”

    उनीहरूले विवाह यही महिनामा गरेका हुन्।

    यी बालबालिकाका बुवाआमाले पनि वर्षौँअघि यसैगरी उनीहरूकै उमेरमा भागरे बिहे गरेका थिए।

    त्यसैले छोराको निर्णय सहजै स्वीकारे।

    नयाँ जटिलता

    चेपाङ समुदायमा विद्यमान चलनअनुसार बुहारी भित्र्याउन उनको घरमा बुवाआमासँग कुरा गर्न जानुपर्छ। उनीहरू कोसेली लिएर गए।

    चितवन जिल्लाका चेपाङ गाउँमा हुने बालविवाहको एउटा प्रतिनिधि घटना हो यो।

    स्थानीय विद्यालयकी शिक्षिका विमला गुरुङका अनुसार यो भेगका अधिकांश चेपाङ गाउँमा विवाह यसैगरी हुने गर्छ।

    “बिहे गर्नु हुन्छ कि हुन्न भन्ने सोच्न नसक्ने उमेरमै गाउँका धेरै बालबालिकाहरू हाँसखेलमै जोडी बाँध्छन्,” गुरुङले भनिन्।

    “यहाँको विद्यालयहरूमा पाँच कक्षा माथि पढ्नका लागि कक्षा नभएकोले एउटै कक्षामा दोहोर्‍याएर पढेपछि उनीहरू विद्यालय जान छोड्छन्। अनि गाउँमै मेलापात र गोठाला गएका बेला उनीहरू सानैमा भागेर बिहे गर्छन्।”

    ‘भाग्ने लहर‘

    चितवनमा मात्रै होइन पछिल्लो समय बालबालिकाले यसैगरी भागेर विवाह गर्ने लहर ‘ बढेको छ, भन्छन् केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल।

    “पहिला पहिला बालिकाहरूको मागीविवाह उमेर पुगेका पुरुषहरूसँग हुन्थ्यो। तर पछिल्ला चार पाँच वर्षमा बालक र बालिका आफैँ भागेर विवाह गर्ने चलन बढेको छ।”

    केही वर्षयता इन्टर्नेट र सामाजिक सञ्जालको प्रयोग गाउँसम्म पुगेकाले गर्दा पनि बालबालिकाहरू आफूखुसी विवाह गर्ने गरेको धिताल बताउँछन्।

    तर इन्टर्नेटको पहुँच नभएका चेपाङलगायत अन्य गाउँमा भने पहिला बाबुआमाकै सिको गरी विवाह हुने गरेको पाइएको उनले बताए।

    बालविवाहको अवस्था

    दक्षिण एशियामा बाङ्ग्लादेश र भारतपछि बालविवाह धेरै हुने देशमा नेपाल पर्छ।

    विवाह

    बालविवाहको परम्परागत समस्या घट्नुको सट्टा त्यसमा थप जटिलताहरू बढ्दै गइरहेका बेला यस्ता मुद्दाहरूमा उजुरी भने नगण्य पर्ने गरेको धिताल बताउँछन्।

    उनले भने, “गत वर्ष बालविवाहको उजुरी प्रहरीमा देशभरिबाट जम्मा २६ वटा मात्रै आएको देखिन्छ।”

    राष्ट्रिय स्तरमा भने गत तीन वर्षयता बालविवाहको तथ्याङ्क कति छ भनि अध्ययन गरिएको छैन।

    सन् २०१६ मा ह्युमन राइट्स वाचले सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपालमा झन्डै ३७ प्रतिशत किशोरीहरूको विवाह १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ।

    बालविवाह अन्त्यका लागि भनेर तीन वर्षअघि सरकारले राष्ट्रिय रणनीति ल्याइएको थियो जसले सन् २०३० सम्ममा बालविवाहलाई अन्त्य गर्ने उद्देश्य राखेको छ।

    तर पछिल्लो समय इन्टर्नेट र सामाजिक सञ्जालको प्रयोगले कम उमेरमै बालविवाह गर्नेको समस्या बढिरहेकोले सरकारको यो उद्देश्य पूरा गर्न चुनौतीपूर्ण रहेको अधिकारकर्मीहरू बताउँछन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ ०२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.