[highlight]
कैलासबावु श्रेष्ठ/गोरखा
वैशाख ३० गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसे भन्ने स्थानमा रोकिराखेको भारतीय ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ ।
आरजे ४२ जिए ५०२१ र आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बरको दुईवटा ट्रक माथि अज्ञात समूको आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका धादिङ्गले जानकारी दिएको छ ।
आइतबार बिहान करीब ३ बजेको समयमा भएको आगजनि पछि ४ वटा डोजरको सहयोगमा आगलागी भएको ट्रकमा माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भएको भएता पनि काठमाडौँ महानगरको दमकलले आए पछि मात्र आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति भएको छैन ।
बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । आगो नेकपा बिप्लव नेतृत्वले आगो लगाएको आशंका गरिएको छ । घटनापछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ ।
[/highlight]


