गोरखा समाचारदाता
आँबुखैरेनी सेवा समाजले बृद्ध अवस्थाका जम्दार बाजे र जम्दार बज्यैंले परिचित एक दम्पतीलाई ह्वील चियर हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमकाबीच बृद्ध अवस्थाकी ८५ वर्षिय जम्दारनी बज्यैं (श्री माया गुरुङ्ग) लाई ह्वील चियर हस्तान्तण गरिएको आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताए ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित ७० वर्षिय जम्दार बाजे मान बहादुर गुरुङ्गले मोतिया बिन्दुको समस्याले राम्रोसँग आँखा देख्न नसक्ने जम्दारनी बज्यैं (श्री माया गुरुङ्ग) लाई उपचारका लागि अस्पताल सम्म लैंजान, बाटोमा हिडडुल गराउन सहज होस भन्ने उद्देश्यले ह्वील चियर वितरण गरिएको आँबुखैरेनी सेवा समाजले जनाएको छ ।
यस अघि जम्दार बाजे (मान बहादुर गुरुङ्ग) ले जम्दारनी बज्यैं (श्री माया गुरुङ्ग) लाई अस्पताल सम्म पु¥याउन बाकेर लग्ने गरेका थिए । यसैगरी, बृद्ध अवस्थाका जम्दार बाजे र जम्दार बज्यैंलाई गुणस्तरीय खानाका लागि समाजले नगद २ हजार रुपैंया समेत प्रदान गरेको छ ।जम्दार बाजे तर्फ कुनै सन्तान नभएको र जम्दारनी बज्यै तर्फ सन्तान भए पनि सन्तानले नहेर्ने गरेको बताईएको छ ।


