काठमाडौँ — भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले नेपालको विकास आफ्नै प्राथमिकता र आवश्यकताको आधारमा हुनुपर्ने उल्लेख गरेका छन् ।
उनले काठमाडौं महानगरपालिकाको अभिनन्दन कार्यक्रममा नेपालको आवश्यता र प्राथमिकतामा सहयोग गर्न भारत सधै तत्पर रहेको उल्लेख गरे।
‘तपाईको सफलताका लागि भारत सधै काँधमा काँध मिलाएर चल्नेछ, तपाईको सफलता नै भारतको सफलता हो, नेपालको खुसी नै भारतको खुसी हो’ उनले भने। मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेकाे बताए ।
उनले रेल लाइन, सडक निर्माण, जलविद्युत, ट्रान्समिसन लाइन, इन्टिग्रेटेड चेक पोष्ट वा तेलको पाइपलाइन जे सुकैमा पनि नेपाललाई सहयोग गर्न भारत सधै तयार रहेको बताए।
घरहरु मात्र बनेन, समाजको पनि पुनर्निर्माण भयो ।
मोदीले तीन वर्षअघिको महाभुकम्पमा काठमाडौंबासीले देखाएको आदम्य सहासको सह्राना गर्दै त्यसपछि घरहरु मात्र नबनेर समाजको पनि पुनर्निर्माण भएको बताए।
‘आज नेपालमा संघीय, प्रान्तीय र स्थानीय तीन तहको लोकतान्त्रिक सरकार छ, एकै वर्षमा तीन तहमा चुनाव सम्पन्न गर्नुभयो, यो शक्ति तपाईहरुमा अन्तर्निहित छ, यसका लागि म ह्दयदेखि नै तपाईहरुलाई अभिनन्दन गर्दछु’ उनले भने।
मोदीको काठमाडौं वर्णनमा ओलीले भने,
काठमाडौंले मलाई सधै आकर्षित गर्यो किनभने यो जति पुरानो छ, त्यित नै नयाँ पनि। जति गहन छ उति नै गम्भिर पनि। हिमालयको काखमा रहेको यो एउटा अनमोल रत्न हो। काठमाडौं, एउटा काठबाट बनेको मण्डप मात्र होइन, यो हाम्रो साझा संस्कृति र विरासतको महल हो। यस शहरको विविधतामा नेपालको महान विरासत र ठूलो दिलको झलक मिल्दछ।
नागर्जुनको जंगल होस् या शिवपुरीको पहाड, सयौं झरना र जलधाराको शीतलता होस् या वाग्मतीको उद्गम, हजारौं मन्दिर, मञ्जुश्रीको गुफहरु, बुद्धका बिहारहरुको यस शहर अनौठो छ। घरको छतको एकतिर धौलागिरी र अन्नपूर्ण तथा अर्कोतिर सगरमाथा र कञ्चनजंगा। यस्तो दर्शन कही संभव छभने सिर्फ काठमाडौंमा छ।
kantipurdaily




















