×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘प्रविधिको दुरुपयोगले बढ्यो ब्याङ्किङ अपराध’

  •  
  • बिहिबार, बैशाख २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रविधिको दुरुपयोग र संचालन सम्बन्धी कमजोरीका कारण ब्याङ्कसम्बन्धी अपराध बढ्न थालेको राष्ट्र ब्यांकका अधिकारीहरूले बताएका छन्।

    ब्याङ्कसम्बन्धी अपराध मध्ये करिब ३५ प्रतिशत एटिएम कार्डसंग सम्बन्धित अपराध रहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले जनाएको छ।

    ब्याङ्क तथा वित्तिय संस्थाहरू भने यस्ता अपराध नियन्त्रण गर्न प्रभावकारी कानुनको आवश्यक भएको बताउँछन्।

    गएको तीन वर्षमा करिब ३० वटा भन्दा बढी ब्याङ्क सम्बन्धी अपराधको अनुसन्धान गरिएको सीआइबीले जनाएको छ।

    कर्मचारी नै सलंग्न भएर झुटो खाता खोल्ने, प्रयोगकर्ताको आइडी ह्याक गरेर र कतिपय अवस्थामा पासवर्ड अरुसंग बाँडेका कारण ब्याङ्कको स्विफ्ट कोड नै ह्याक भएको भेटिएको छ

    लक्ष्मी प्रपन्न निरौला, कार्यकारी निर्देशक, राष्ट्र ब्याङ्क

    अपराध

    उसका अनुसार त्यस मध्ये १० वटाभन्दा बढी एटिएमसंग सम्बन्धित अपराध छन्।

    राष्ट्र ब्याङ्कले पनि पछिल्लो समय भएका अपराध प्रविधि र सञ्चालनको कमजोरीसँग जोडिएको बताएको छ।

    राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले भने, “एटिएमा कुनै चिप्स राखेर होस् या अन्य कुनै तरिकाबाट कार्डमा भएका विवरण चुहिने र यसको आधारमा गलत व्यक्तिले एटिएमबाट पैसा झिक्ने प्रवृत्ति बढेको छ। कर्मचारी नै सलंग्न भएर झुटो खाता खोल्ने, प्रयोगकर्ताको आइडी ह्याक गरेर र कतिपय अवस्थामा पासवर्ड अरुसंग बाँडेका कारण ब्याङ्कको स्विफ्ट कोड नै ह्याक भएको भेटिएको छ।”

    कमसल धितोमा पनि ठूलो आकारको ऋण दिने र नक्कली व्यक्तिको नाममा कर्जा प्रवाह गर्ने जस्ता पुराना समस्या पनि अझै विद्यमान रहेको केन्द्रिय ब्याङ्कले जनाएको छ।

    ब्याङ्क तथा वित्तिय संस्थाहरू प्रविधिको विकाससँगै अपराध बढेको स्विकार्छन्।

    तर तिनलाई सम्बोधन गर्न हाल रहेका नियम कानूनलाई परिमार्जन गर्न पर्ने देखिएको उनीहरू बताउँछन्।

    ब्याङ्कर्स संघका पूर्व अध्यक्ष अनिल शाहले भने, “स्विफ्ट कोड ह्याक गर्ने वा इन्टरनेट ब्याङ्ककिङ्ग मार्फत भएका अपराधलाई नियन्त्रण गर्ने कडा कानून चाहिन्छ र यसलाई कार्यान्वयन गर्ने क्षमता पनि हामीमा हुनु पर्यो।”

    स्विफ्ट कोड ह्याक गर्ने वा इन्टरनेट ब्याङ्ककिङ्ग मार्फत भएका अपराधलाई नियन्त्रण गर्ने कडा कानून चाहिन्छ र यसलाई कार्यान्वयन गर्ने क्षमता पनि हामीमा हुनु पर्यो

    अनिल शाह, पूर्व अध्यक्ष, ब्याङ्कर्स संघ

    सूचना चुहावट

    ब्यङ्किङ्ग कसुर तथा सजाय ऐन, ब्याङ्क तथा वित्तिय संस्था ऐन जस्ता प्रचलित कानून भित्र रहेर कारोबार गरेको खण्डमा यस्ता अपराध धेरै हदसम्म कम हुनसक्ने राष्ट्र ब्याङ्कको भनाइ छ।

    ब्याङ्कहरूले उनीहरूको जनशक्ति बढाउन र प्रयोग भएका सफ्टवयेरको सुरक्षामा विशेष ध्यान दिन चुकेकालेनै पछिल्लो समय यस्ता अपराध बढेको निरौलाले बताए।

    उनले भने, “प्रविधि चुस्त हुनु पर्यो र ब्याङ्कहरूले प्रयोग गरेका प्रविधि अन्तर्राष्ट्रिय स्तरको हुनुपर्यो। साथै यसलाई मर्मत गर्ने तोस्रो पक्ष पनि विश्वसनीय हुनुपर्ने नत्र यो तेस्रो पक्षबाट ग्राहकहरूको महत्त्वपूर्ण सूचना चुहावट हुन सक्ने सम्भावना धेरै रहन्छ। ब्याङ्कहरूले उनीहरूको मानव संसाधनमा पनि खर्च गर्न पर्यो।”

    प्रविधिको प्रयोग अझ व्यापक हुँदै जाँदा यस्ता अपराध अझै बढ्न सक्ने अनुमान विज्ञहरूले गरेका छन्।

    केही महिनाअघि एक एउटा ब्याङ्कको स्विफ्ट कोड ह्याक गरेर करोडौं रूपियाँ विदेश पुगेको विवरण पनि आएको थियो।

    एटिएम सम्बन्धी अपराधका अधिकांश घटनामा विदेशी नागरिकहरू संलग्न सिआइबीको अनुसन्धानले देखाएको छ।

    सिआइबीका अनुसार गत पाँच वर्षमा एटिएम अपचलनका कारण करिब १६ करोड रुपियाँ बराबरको नोक्सान भएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.