×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

६६औँ कानून दिवस – कानूनी राज्य निर्माणका लागि सुलभ र छिटो न्याय जरुरी

  •  
  • बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, वैशाख २६ गते । कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ६६ वर्ष पुगेको छ ।

    नेपालको इतिहासमा २००७ सालमा प्रजातन्त्र आएपछि २००८ वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भयो । देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही दिनलाई कानून दिवसका रुपमा मनाउन थालिएको हो ।

    स्वतन्त्र न्यायपालिका स्थापना भएको दिनको खुशियालीमा प्रत्येक वर्ष न्यायालयले गरेका कामको समीक्षा गर्ने अवसरका रुपमा पनि यस दिवसलाई लिने गरिन्छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राससलाई भन्नुभयो, “छिटो, विश्वसनीय न्याय नागरिकले न्यायालयबाट पाएका छन् कि छैनन्, कसरी छिटो न्याय दिन सकिन्छ भनेर कानून दिवस न्यायपालिकाको समीक्षा गर्ने अवसर हो ।”

    न्यायालयको मुख्य काम न्याय सम्पादन गर्नु हो । न्याय पाउन अहिले पनि ढिलासुस्ती हुने र महँगो हुने डरले धेरै मानिस न्यायालय नै आउँदैनन् । उहाँले थप्नुभयो, “नागरिकले कति छिटो न्याय पायो ?, कति सस्तो न्याय पायो ? भन्ने प्रश्न महत्वपूर्ण हो, अदालतमा ढिलासुस्ती हुन्छ, महँगो हुन्छ भन्ने कुरालाई चिर्न जरुरी छ ।”

    कानूनी राज्यको निर्माण कानूनबिना सम्भव छैन । कानूनी राज्यको आधारस्तम्भ नै कानून हो । प्रजातन्त्रको ज्यान नै कानूनी राज्य हो । मुलुकमा शान्ति र सुुशासन कानूनबिना सम्भव छैन । मुलुक संघीयतामा प्रवेश गरेसंगै संविधानसमेत जारी भइसकेको छ । संविधानअनुसारका कानून निर्माण पनि तीव्र रुपमा भइरहेको छ ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङका अनुसार नागरिकको न्यायका लागि कानून यो वर्ष निर्माणको वर्ष हो । संविधान कार्यान्वयनका चरणमा निर्माण गर्नुपर्ने स्थानीय तह र प्रादेशमा पनि मौलिक हकअन्तर्गतका कानून निर्माण भइरहेका छन् ।

    उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि धेरै कानून निर्माण गर्नुपर्ने छ, यो वर्षलाई नै कानून निर्माणको वर्ष घोषणा गरेर काम शुरु गरेका छौँ, नागरिकको प्रत्यक्ष सरोकार रहेका मौलिक हकसंग सम्बन्धित कानून पनि छिट्टै निर्माण हुन्छ ।”

    सात प्रदेशसहितको संघीय संरचनामा मुलुक गएपछि स्थानीय तह, प्रदेश र संघका कानून पनि तीव्र रुपमा निर्माण गर्नुपर्ने अवस्था छ । सरकारले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा कानून मस्यौदा समिति बनाएको छ । सो समितिले आवश्यक कानूनको मस्यौदा गर्नेे काम गरिरहेको छ ।

    महान्यायाधिवक्ता खरेलले भन्नुभयो, “स्थानीय तह, प्रदेश र संघका साथै मौलिक हकअन्तर्गतका कानूनका मस्यौदा निर्माण भइरहेका छन् ।” उहाँका अनुसार नागरिकसँग प्रत्यक्ष जोडिएको मौलिक हक, बालबालिका, प्रजनन स्वास्थ्य, खाद्यसम्प्रभुता, शिक्षालगायतका हकसम्बन्धित कानूनको मस्यौदा पनि शुरु भइसकेको छ ।

    कानून दिवसलाई प्रजातन्त्र र मानवाधिकारको रक्षाका लागि जग बसेको दिनका रुपमा पनि लिइन्छ । अन्यायमा परेका नागरिकमा न्यायिक पहुँच पु¥याउने र न्यायालयप्रतिको निष्ठालाई अभिवृद्धि गर्ने विश्वासका रुपमा यस दिवसलाई हेर्ने गरिन्छ । उक्त दिवसका अवसरमा सबै तहका अदालतमा पनि बिदा दिने व्यवस्था छ ।

    सर्वोच्च अदालतको आर्थिक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदनमा सर्वोच्च अदालत, मातहतका अदालत तथा न्यायाधीकरणमा गत आवमा दुई लाख ५४ हजार ५२९ थान मुद्दा रहेकामा करिब एक लाख ५७ हजार (६१.८८ प्रतिशत) मुद्दा फछ्र्याेट भएको छ भने ९७ हजार ३४ थान मुद्दा फछ्र्योट गर्न बाँकी रहेको उल्लेख छ ।

    अघिल्लो आवमा दुई लाख सात हजार ३६१ थान मुद्दा दर्ता भएकामा एक लाख १८ हजार २५१ (५७.०३ प्रतिशत) मुद्दा फछ्र्योट गरिएको थियो । गत आवको तुलनामा यस आवमा ४.८५ प्रतिशत मुद्दा बढी फछ्र्योट भएको प्रतिवेदनमा उल्लेख छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.