×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रामायण सर्किटमा जोडिँदै जनकपुर

  •  
  • सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अजित तिवारी

    वैशाख २४, २०७५ जनकपुर — भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको ‘रामायण सर्किट’ अवधारणामा जनकपुर पनि समेटिने भएको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न रामायण सर्किट अवधारणा ल्याइएको हो ।

    मोदीको सन् २०१४ मा भएको नेपाल भ्रमणमा जनकपुर र अयोध्यालाई जोड्न ‘ट्विन सिटी एग्रिमेन्ट’ भएको थियो । भारतले सोही एग्रिमेन्टलाई ‘रामायण सर्किट’ अन्तर्गत विस्तार गर्न खोजेको हो । ‘रामायण सर्किटअन्तर्गत मिथिला र अवधको सम्बन्धलाई विश्वव्यापी बनाउन खोजिएको हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कान्तिपुरसँग भने, ‘मिथिला र अवधको बीचमा सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार गर्नु यसको उद्देश्य हो ।’रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि सीतासहित अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थलको विकासमा महत्त्वपूर्ण मानिएको यो सर्किटको वैशाख २८ गते नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा उद्घाटन गर्ने तयारी छ । नेपालको राजकीय भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउँदै छन् ।

    रामायण सर्किटअन्तर्गत नेपाल र भारतका धार्मिक रुटमा विकासका पूर्वाधार निर्माण गरिनेछ । भारतले उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई अयोध्या सर्किटमा जोड्दै छ ।

    अन्तर्राष्ट्रिय पर्यटक तान्ने उद्देश्यले भारतले सन् २०१४/१५ को बजेटमै रामायण सर्किटको अवधारणा प्रस्ताव गरेको थियो । यो सर्किटमार्फत भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थल जोड्ने भारतको योजना छ । यसमा श्रीलंकाले पनि चासो देखाएको छ ।

    रामायण सर्किट योजनाअन्तर्गत रामायणकालीन स्थलमा कृषि, औद्योगीकरण, सडक, शिक्षा र पर्यटनका पूर्वाधार पनि तयार पारिनेछ । दासका अनुसार रामायण सर्किटले नेपाल, भारत र श्रीलंकाका रामायणकालीन स्थललाई जोड्नेछ । ‘राम र सीताको चरण (पाउ) जहाँ–जहाँ पुगेको छ, त्यो सबै क्षेत्रलाई समेट्ने र त्यो रूटमा पूर्वाधार विकास गर्नु नै रामायण सर्किटको लक्ष्य हो,’ मिथिला–अवध सांस्कृतिक संरक्षण परिषदका उपाध्यक्ष सुनील चौधरीले भने ।

    जानकी मन्दिरका उत्तराधिकारी दासले दिएको जानकारीअनुसार रामायण सर्किटअन्तर्गत हरेक वर्ष भारतको अयोध्यामा जनकपुर महोत्सव र जनकपुरमा अयोध्या महोत्सव आयोजना गरिनेछ । महोत्सवमा राम र सीताको जीवनीमा प्रकाशित ग्रन्थ, पान्डुलिपि, हस्तशिल्प, कला, स्थानीय भोजन र वेशभूषा प्रदर्शन गरिनेछ । जनकपुर–अयोध्या दूरी ६ सय ५० किलोमिटर छ ।

    भारत सरकारले आफ्ना कर्मचारीका लागि ल्याएको घुमफिर योजना ‘लिभ ट्राभल कन्सेसन (एलटीसी) मा पनि नेपाललाई समावेश गरेको छ । रामायण सर्किट निर्माणपछि भारतको केन्द्रीय सरकारका करिब ६ लाख कर्मचारी एलटीसीअन्तर्गत नेपाल भ्रमणमा आउने अनुमान गरिएको छ । ‘रामायण सर्किटले भारतका सरकारी कर्मचारीलाई भ्रमणको सहुलियतसमेत दिएको छ,’ दासले भने, ‘सनातन धर्म मान्ने भारतको कुल जनसंख्याको ७० प्रतिशतलाई जनकपुर–अयोध्या घुम्न सुविधा पुग्नेछ ।’

    रामायण सर्किटले हाललाई नेपाल र भारतको धार्मिकस्थललाई जोडे पनि श्रीलंका सरकार पनि ‘ग्रेटर रामायण सर्किट’ को पक्षमा छ । चैत दोस्रो साता जनकपुर आएकी नेपालका लागि श्रीलंकाली राजदूत डब्लूएस परेराले राम र सीताको सम्बन्ध श्रीलंकासँग पनि भएकाले नेपाल, भारत र श्रीलंकालाई समेटेर ग्रेटर रामायण सर्किट बनाउन प्रस्ताव गरेकी थिइन् । ‘श्रीलंकामा रावणले राज्य गरेको सहर नुवारा एलियालाई पनि रामायण सर्किटमा जोड्नुपर्छ,’ परेराले भनेकी थिइन्, ‘त्यसपछि मात्रै रामायण सर्किट पूर्ण हुन्छ ।’

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.