×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पुटिनः जासुसदेखि राष्ट्रपतिसम्मको यात्रा

  •  
  • सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि सोमवार शपथ ग्रहण गर्दैछन्।

    गत मार्चमा सम्पन्न चुनावबाट उनी चौथो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

    विगत १८ वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा पुटिन सत्तामा रहिआएका छन् र विरोधीहरूले उनको कार्यकाललाई सम्राटको शासनसँग जोडेर हेर्ने गरेका छन्।

    उनको शासनविरूद्ध शनिवार मस्को तथा अन्य शहरहरूमा उत्रिएका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडपहरू भएका थिए।

    तामझाम

    चौथो कार्यकालको उनले औपचारिक थालनी गर्दा सोमवार रुसमा तनाव उत्पन्न हुन सक्ने आशङ्का छ।

    सन् २०१२ को तुलनामा राष्ट्रपति कार्यालय क्रेम्लिनमा कम तामझामका साथ पुटिनले शपथ ग्रहण गर्न सक्ने समाचार संस्था एएफपीले जनाएको छ।

    उनले चुनावी अभियानमा सहभागिता जनाएका स्वयंसेवकहरूलाई मात्रै भेट्न सक्ने अपेक्षा गरिएको छ।

    पुटिन

    सन् २००० मा पहिलोपल्ट राष्ट्रपतिमा निर्वाचित पुटिन दोश्रोपटक २००४ मा निर्वाचित भए।

    तर सन् २००८ मा आफ्नै शिष्य दिमित्री मेदभेदेभ अन्तर्गत प्रधानमन्त्रीका रूपमा काम गर्न पनि उनी तयार भए किनभने दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानूनी प्रावधान थियो।

    वास्तविक

    त्यतिखेर वास्तविक रूपमा को भूमिकामा छन् भन्नेबारे केहीमा द्विविधा थियो र सन् २०१२ मा राष्ट्रपतिका रूपमा उनी ६ वर्षे कार्यकालसहित फर्किए।

    यदि सन् २०२४ सम्म आफ्नो चौथो कार्यकालको अन्त्यसम्म पुगे ६५ वर्षीय पुटिन सत्तामा भएको २५ वर्ष हुनेछ।

    पुटिन

    यद्यपि त्यो तत्कालीन सोभियत संघका शासक स्टालिन र केही रुसी शासकहरूले सत्ता सम्हालेको समयभन्दा कम हुनेछ।

    स्टालिनले ३१ वर्षसम्म शासन गरेका थिए भने एलेक्जेण्डर द्वितीयले २६ वर्ष र निकोलास प्रथमले ३० वर्ष लामो शासन गरेका थिए।

    जासुस हुँदै राष्ट्रपति

    सन् १९५२: अक्टोबर ७ मा रुसको दोस्रो ठूलो शहर लेनिनग्राड (अहिलेको सेण्ट पिटर्सबर्ग) मा जन्मिएका पुटिनले कानून पढे र केजीबी भनिने राष्ट्रिय सुरक्षा समितिमा भर्ती भएर साम्यवादी पूर्वी जर्मनीमा जासुसका रूपमा काम गरे

    सन् १९९० को दशकः सेण्ट पिटर्सबर्गका मेयर बोरिस यल्त्सिनका उच्च सहयोगीका रूपमा काम गरे, उनलाई केजीबीको उत्तराधिकारी एफएसबीको प्रमुख (प्रधानमन्त्री) बनाइयो

    सन् १९९९: यल्त्सिनको राजीनामापछि प्रधानमन्त्रीमा नियुक्त

    सन् २०००: राष्ट्रपतिका रूपमा निर्वाचित भए र दुईवटा चार वर्षे कार्यकाल पूरा गरे

    सन् २००८: संवैधानिक प्रावधानका कारण लगातार तेस्रो पटक राष्ट्रपति हुन पाएनन्, आफ्ना शिष्य दिमित्री मेदभेदेभ राष्ट्रपति हुँदा प्रधानमन्त्री बन्ने पुटिनको कदमबाट धेरै विश्लेषकहरू आश्चर्यमा परे

    सन् २०१२: नयाँ कानून अन्तर्गत ६ वर्षे कार्यकालका लागि राष्ट्रपतिमा पुनः निर्वाचित

    सन् २०१८: चौथो कार्यकालका लागि निर्वाचित

    लामो समयदेखि शासन गरिरहेको भए पनि जनताले पुटिनलाई रूचाएको देखिन्छ।

    रुसी सञ्चारमाध्यमका अनुसार उनको लोकप्रियता यस्तो छ कि जसबारे पश्चिमा नेताहरू कल्पना मात्र गर्न सक्छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.