वैशाख २१, २०७५ काठमाडौँ — गृह मन्त्रालयले सिन्डिकेटका पक्षपाती यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिनका गर्ने निर्णय गरेको छ ।
मन्त्रालयको आज बसेको बैठकमा गृहमन्त्रीले साविकका यातायात व्यवसायी समिति र महासंघका हालका पदाधिकारीहरुको विवरण यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालयबाट लिएर सम्पत्ति छानबिन अगाडी बढाउन निर्देशन दिएको स्रोतले बताएको छ।
गृहमन्त्रालयमा भएकाे बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल लगायतको उपस्थिति रहेको पनि स्रोतले जानकारी दिएको छ।
बैठकमा गृहमन्त्रीले सार्वजनिक सवारी संचालन नगर्ने यातायात महासंघ समीतिहरुको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकमा यातायात व्यवस्था विभागले लेखी पठाउन समेत निर्देशन दिएको बताइएकाे छ।
kantipurdaily




















