काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट खारेजी बिरुद्ध सार्वजनिक यातायात बन्द गर्ने ब्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् ।
शुक्रबार ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई हड्ताल गर्ने यातायात ब्यवसायीलाई अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारवाही गर्न निर्देशन दिएका हुन्।
मन्त्री थापाले आवश्यकता अनुसार समितिका पदाधिकारीलाई पक्राउ गर्न समेत निर्देशन दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले घोषणा गरेकोआन्दोलनका कारणा सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु शुक्रबार बन्द छन्।
.kantipurdaily


