वैशाख २१, २०७५ काठमाडौँ — प्रहरीले यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई रिपोटर्स क्लब, भृकुटीमण्डपबाट पक्राउ गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटका पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न आदेश दिएसँगै देशका विभिन्न भागबाट विभिन्न समिति तथा यातायात व्यवसायी महासंघका प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ।
नेपाल प्रहरीको सिंहदरबारको टोलीले सिटौलालाई पत्रकार सम्मेलन गर्न क्लबमा पुगेको समयमा त्यहीबाट पक्राउ गरेको हो।पक्राउ परेसँगै उनले छोटो प्रतिक्रिया दिँदै राज्य व्यवसायी विरुद्ध चरम दमनमा उत्रिएको बताएका छन्। ‘हामीलाई सरकारले गरेको निर्णय विरोध गर्न पाउने अधिकार छ,’ उनले भने, ‘विरोध गर्न पनि नदिने गरी सरकारले दमन सुरु गरको छ।’
सिन्डिकेटको कायम राख्न दबाब दिँदै यातायात व्यवसायीहरुले शुक्रबारदेखि देशभरका सार्वजनिक यातायात सेवा ठप्प पारेका छन्।
kantipurdaily


