×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सनमका हत्यारा पक्रन होइन, शव लुकाउन गएका थिए सञ्जेल मामा !

  •  
  • बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • सनमको शव भएकै गाडीमा प्रहरी चढे, गोरेका चालकसँगै होटलमा बास

    २० वैशाख, काठमाडौं । प्रहरी अपराध महाशाखाको टोलीले १९ फागुनमा अपहरणपछि हत्या गरिएका युवक सनम शाक्यको शवसहित तीनजनालाई पक्राउ गर्‍यो ।

    वयानअनुसार प्रहरी टोली बन्धक युवकको उद्दार गर्न होइन कि सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले हत्या गरेका युवक सनम शाक्यको शव व्यवस्थापन गर्न धरान पुगेका थिए । सनमको शव लुकाउन नसकेपछि प्रहरीले शव भेटिएको सार्वजनिक गर्न गज्जबको नाटक रचेको खुलेको छ ।सुन तस्करीको विषयमा विवाद भएपछि सनम शाक्यको अपहरण भएको सूचनाका आधारमा काठमाडौंबाट टोली मोरङ पठाएको प्रहरीको दाबी थियो । तर, सुन तस्करीबारे अनुसन्धान गर्न बनेको छानविन समितिसामू अभियुक्तहरुले दिएको वयानलाई पत्याउने हो भने अपराध महाशाखाको असली रुप उदाङ्गो बनाएको छ ।

    प्रहरीले सनमको शवसहित टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरुको वयानअनुसार सनमको हत्या १८ गते नै गरिएको थियो । काठमाडौंबाट जाने प्रहरीलाई पर्खने क्रममा सनमको शव स्कोर्पियो राखेर एकदिनसम्म धरानमा घुमाइएको थियो ।

    गोरेका सहयोगीहरु सनमको शव लिएर धरान पुगे । निर्भाना कन्ट्री क्लबमा वियर खाए । त्यहीबेला सनमको हत्या भएको हल्ला उर्लाबारीमा फैलिएको सूचना पाएपछि गोरेले धरानबाटै काठमाडौंमा रहेका एसपी विकासराज खनाल र सई बालकृष्ण संजेललाई जानकारी गराए ।

    गोरेले यो विषय मिलाउन २ करोड दिने अफर गरे । त्यसपछि ५० लाख दिने आश्वासनसहित टेकराज मल्ललाई लास जिम्मा लगाएर गोरे धरानबाट गायव भए । गोरेले परिवारलाई काठमाडौं सेटल गर्ने आश्वासन दिएर सनमको शव जिम्मा लगाएका थिए । लास दफनाउनका लागि काठमाडौंबाट आउँदै गरेको अपराध महाशाखाको टोलीलाई कुर्न स्कोर्पियो चालक टेकराज मल्ललाई गोरेले निर्देशन दिएर आफू गायव भएका थिए । ।

    गोरेले ‘अपराध महाशाखाको प्रहरीसँग सबै कुरा भइसकेको छ । टोली नआउँदासम्म धरानका विभिन्न स्थानमा लासलाई बा १२ च ५९६३ नं.को गाडीमा राखेर घुमाउँदै गर्नु र महाशाखाबाट प्रहरीको टोली आएपछि सबै उनीहरुले मिलाउँछन्’ भनेको टेकराज मल्लको वयानमा उल्लेख छ । गोरेले उनलाई अदालतबाट जसरी पनि निकाल्ने वचनसमेत दिएका थिए ।

    यति भनेर गोरे अलप भएपछि टेकराजको टोलीले गाडीमा शव राखेर धरानको तिनकुने छेउको जंगलमा घुम्दै गर्दा उनलाई राति १० बजे काठमाडौंबाट प्रहरी सञ्जेलले फोन गरे । उनले काभ्रेको भकुण्डेबेंसी आइपुगेको जानकारी दिए ।

    मध्यरातमा संजेल आफैंले फोन गरी के गर्दैछौं ? गोरे कहाँ छ ? भनेर सोधेका थिए । गोरे भारत भइसकेका थिए । १० गते राति साढे २ बजेतिर सञ्जेलले ‘हामी धरानको बसपार्कमा आइपुग्यौं तिमी कहाँ छौं’ भन्दै फोन गरे ।

    भानुचोकमा सनमको शव बोकेको गाडी घुमाउँदै गर्दा सञ्जेलसँग भेट भएको टेकराजको वयान छ । ‘सञ्जेल मामा भनेको तपाई हो भनी सोध्दा निजले सञ्जेल मामा भनेको मै हो र म अपराध महाशाखामा कार्यरत सई बालकृष्ण संजेल हुँ भनी चिनाए’ मल्लले वयानमा भनेका छन् ।

    मल्लको वयानअनुसार सञ्जेललाई भेटेको केहीबेरमा भानुचोकमै डीएसपी प्रजित केसी पनि आइपुगे । र, उनीहरुले भानुचोकमा रहेको सिमेन्टको चौतारामा बसेर गफ गरे ।

    टेकराजको टोलीले केसी र सञ्जेललाई घटना कहाँ कसरी भयो बेलिविस्तार लाए । सञ्जेलले घटना सिराहा जिल्लाको लाहान आसपास भएको होइन र भनेर प्रश्न सोधेका थिए ‘गोरेले केही भारतीय मूलका मानिसहरुले सिराहाको लाहान आसपासमा सनम शाक्यको हत्या गरेको भनी जानकारी गराएका रहेछन्’ उनको वयान छ ।

    प्रहरीहरुले सनमको लास गाडीमै भएको थाहा पाए तर, हेरेनन् । प्रहरी टोलीले गोरेलाई सम्पर्क गर्न खोजे तर, उनी भारत गइसकेका थिए । उनीहरुले गोरेकी पत्नी निरू भन्ने नर्बदा खरेललाई फोन गरी गोरेबारे सोधखोज गरे तर, निरुले अहिले मेरो सम्पर्क भएको छैन, सम्पर्क भएपछि तपाईलाई सम्पर्क गराइदिन्छू भनिन् र फोन स्वीच्ड अफ गरिन् ।

    टेकराजको वयानअनुसार डीएसपी प्रजित केसीको प्रस्तावमा उनीहरु सुत्ने होटल खोज्न इटहरी पुगे । सञ्जेलले चिनेको होटल छ भन्दै इटहरी जाने प्रस्ताव गरे । भानुचोकबाटै प्रहरीको गाडी मगाए ।

    सई संजेल, प्रहरी जवान मेष राना भने टेकराजले चलाएको बा १२ च ५९६३ नम्बरको स्काेर्पियोमा बसे, जहाँ सनमको शव थियो । डीएसपी प्रजित केसी धरान प्रहरीले उपलब्ध गराएको गाडीमा बसेर इटहरी पुगे । सञ्जेलले चिनेको होटलमा फोन उठेन र उनीहरु चोकदेखि पश्चिमतर्फको स्वास्तिका होटेल पुगे । सनम शव गाडीको डिकीमा नै थियो ।

    प्रहरी र गोरेका ड्राइभरले तीनवटा कोठा बुक गरे । ५०६, ५०९ र ५१० नं. का रुमहरु बुक गरी रुम नं. ५०६ मा डीएसपी प्रजित के सी, रुम नं. ५०९ मा प्रहरी जवान मेष राना र प्रहरीको गाडीका चालक र गोरेका चालक टेकराज बसे । रुम नं. ५१० मा सई सञ्जेल बसे ।

    बिहान सञ्जेलले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई बोलाउन लगाए । ‘संजेलले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई एक कागजमा साइन गर्नुपर्ने छ भनी बाहानँ बनाएर बोलाउन भनेको टेकराजको वयान छ ।

    दुबैजना आएपछि गोरेका तीनैजना कार्यकर्तालाई डीएसपी प्रजित केसीको रुममा लगियो । त्यहाँ सञ्जेलले पेस्तोल देखाएर ‘ईन्काउन्टर स्पेसलिस्ट सञ्जेल मामा भनेको मै हो, मलाई चिनेको छ ? मैले हालसम्म २/३ जानको ईन्काउन्टर गरिसकेको छु’ भन्दा मल्लले म तपाईलाई चिन्छु, म गोरेसँग हनुमानढोका आउँदा तपाईलाई चिनेको’ भनेको वयानमा उल्लेख छ । उनले यो छानविन समितिसँगको वयानमा पनि स्वीकार गरेका छन् ।

    बिहान अपराध महाशाखाको प्रहरी टोलीको सल्लाहअनुसार नै प्रहरीको गाडीमा डीएसपी प्रजित केसी र कृष्ण भन्ने नरेन्द्र कार्की चढे भने लाससहितको बा १२ च ५९६३ नं.को स्काोर्पियोमा प्रहरी जवान मेष राना चढे । मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नं. को पिकअपमा सञ्जेलसहित अरु चढे ।

    ईटहरीबाट विराटनगरतर्फ जाने क्रममा सई सञ्जेलले सनम शाक्यलाई करेन्ट लगाउन प्रयोग गरिएका ब्याट्री र तारहरु मे १ च ५३९५ नम्बरको को गाडीमा बा १२ च ५९६३ नम्बरको गाडीमा राखिदिए । त्यसपछि सनमको शव भएको गाडी अगाडि, डीएसपी केसी चढेको गाडी बीचमा र सञ्जेल चढेको गाडी पछाडि बसेर सुनसरीको दुहवी पुगे ।

    डीएसपी केसीको निर्देशनअनुसार प्रहरी जवान मेष रानासहित आफूहरु जंगल खोजी लासको व्यवस्थापन गर्न दुहबी बजारबाट दाहिने साइड लागेको टेकराजको वयान छ । तर, लगभग २/३ किमी अगाडि जाँदा पनि जंगल नभेटेको र गाउँ आएपछि उनीहरु फर्किए ।

    दुहबी बजारबाट विराटनगरतर्फ जाने क्रममा बरगाछी पुगेपछि डीएसपी केसीले पूर्वतर्फ छिर भने । यसपछि घटनाले नाटकीय मोड लियो ।

    बरगाछीबाट पूर्वतिर करिव २०० मिटर अगाडि पुगेपछि डीएसपी प्रजित केसीले प्रहरी जवान रानालाई फोन गरेर गाडी रोक्न निर्देशन दिए । लगत्तै टेकराजले शव रहेको गाडी रोके । त्यहीबेला डीएसपी केसी चढेको गाडीले बाटो छेक्यो । प्रहरी जवान राना हतार हतार सनमको शव भएको गाडीबाट प्रहरीको गाडीतर्फ गए ।

    डीएसपी केसीले प्रहरीको गाडीबाट बाहिर आएर सनमको शव भएको गाडीको चेकजाँचको नाटक गरे । डिकीमा सनमको शव थियो ।

    ‘वरीपरी मानिसहरुको भीडभाड बढिसकेको थियो । हामीलाई गाडीमा राख्ने समयमा डिएसपी प्रजीत केसीले जिल्ला प्रहरी कार्यालय मोरङमा फोन गरेर गाडीमा लास फेला परेको र मानिसहरुको समेत भीडभाड भएको हुनाले थप प्रहरी आवश्यक पर्‍यो भनी प्रहरी बोलाए’ टेकराजको वयानमा भनिएको छ ।

    अपराध महाशाखाको टोलीले टेकराज, नरेन्द्र र मोहनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाएर पठायो । त्यसअघि सई बालकृष्ण सञ्जेलले ‘हामीले केही गर्न सकेनौं, अब कसलाई बचाउने र कसलाई नबचाउने तिम्रो हातमा छ’ भनेको मल्लले वयान दिएका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.