×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शिक्षा: नमुना विद्यालय कार्यक्रम अन्योलमा

  •  
  • बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गुणस्तरिय शिक्षाका लागि आवश्यक न्युनतम पुर्वाधार सहितका नमुना विद्यालय देशैभर निर्माण गर्ने सरकारी कार्यक्रम कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ।

    विद्यालय शिक्षा स्थानीय तहको अधिकारक्षेत्रमा परेपनि अहिले उक्त अभियान स्थानीय तह वा प्रादेशिक तह कसले सञ्चालन गर्ने भन्ने छलफल भइरहेको शिक्षा मन्त्रालयका एक अधिकारीले बताएका छन्।

    नमुना विद्यालय कार्यक्रममा सहभागी हुन इच्छा व्यक्त गर्दै २ सय भन्दा बढी विद्यालयले निवेदन दिइसकेको बताइएको छ।

    अब नमुना विद्यालयहरूको निर्माण र सञ्चालनको जिम्मा प्रदेश वा स्थानीय तह कसलाई दिने हो भन्ने विषयमा छलफल भइरहेको शिक्षा मन्त्रालयको भनाइ छ।

    अवधारणा

    कक्षा कोठा, पुस्तकालय, कार्यशाला र उपचार केन्द्र जस्ता पूर्वाधार निर्माण गर्न स्थानीय तहको सहयोगको प्रतिबद्धता आवश्यक रहेको अधिकारीहरू बताउँछन्।

    शिक्षा मन्त्रालयले तीन वर्ष अगाडि नमुना विद्यालयको अवधारणा अघि सारेको थियो।

    तर संविधान अनुसार विद्यालय शिक्षा स्थानीय तहको अधिकारक्षेत्रमा परेकोले अब उक्त अभियान कुन निकायले सम्हाल्ने भन्ने विषयमा बहस लम्बिएको हो।

    नमुना विद्यालयहरू प्रदेश सरकार अन्तर्गत राख्ने वा स्थानीय तहलाई जिम्मा दिने भन्ने विषयमा छलफल भइरहेको छ। हामी त्यसको टुंगोमा पुगिसकेका छैनौं

    वैकुण्ठ अर्याल, प्रवक्ता, शिक्षा मन्त्रालय

    शिक्षा मन्त्रालयका प्रवक्ता तथा योजना महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले भने, “नमुना विद्यालयहरू प्रदेश सरकार अन्तर्गत राख्ने वा स्थानीय तहलाई जिम्मा दिने भन्ने विषयमा छलफल भइरहेको छ। हामी त्यसको टुंगोमा पुगिसकेका छैनौं।”

    १ हजार विद्यालयलाई नमुना विद्यालय बनाउने अभियानमा अहिलेसम्म २ सय २२ विद्यालयले आवेदन दिइसकेको शिक्षा मन्त्रालयले जनाएको छ।

    सरकारले नमुना विद्यालय सञ्चालन गरेर देशभरका २८ हजार सामुदायिक विद्यालयलाई स्तर सुधार गर्न उत्प्रेरित गर्ने लक्ष्य लिएको अधिकारीहरूको भनाइ छ।

    तर कार्यक्रमको लागि बजेटको समेत टुंगो लाग्न नसकेको प्रवक्ता अर्यालले बताए।

    चिन्ता

    उनले भने, “गत वर्ष गुरुयोजना लागि बजेट छुट्याइएको थियो। यो वर्ष पूर्वाधारमा खर्च गर्ने कार्यक्रम छ। तर बजेट कति दिने भन्ने निर्णय भइसकेको छैन।”

    प्रस्तावित नमुना विद्यालय हाल सार्वजनिक शैक्षिक गुठी मार्फत् चलिरहेका काठमाण्डूको बुढानिलकण्ठ स्कुल जस्तै ठूलो स्वरूपको हुने विश्वास कतिपय विद्यालयका अधिकारीका छन्।

    विद्यालय

    तर कतिपय शिक्षाविद्हरूले भने केही मात्र विद्यालयलाई सुविधा थुपार्दा अन्य विद्यालयमा भने नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन्।

    शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, “नमुना विद्यालय भनेपछि अरु सामुदायिक विद्यालयले पनि त्यसको नक्कल गर्न सकोस् भन्ने हो। त्यसको लागि सबै विद्यालयहरूलाई बजेट छुट्याउनुपर्छ भन्ने मेरो भनाइ हो।”

    नमुना विद्यालय भनेपछि अरु सामुदायिक विद्यालयले पनि त्यसको नक्कल गर्न सकोस् भन्ने हो। त्यसको लागि सबै विद्यालयहरूलाई बजेट छुट्याउनुपर्छ भन्ने मेरो भनाइ हो

    केदारभक्त माथेमा, शिक्षाविद्

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको प्रति चिन्ताहरू व्यक्त भइरहेको बेला नमुना विद्यालय कार्यक्रमले शैक्षिक क्षेत्रमा सुधारको युग सुरु गर्ने अपेक्षा गरिएको छ।

    विज्ञहरू भन्छन् त्यसको लागि नीतिगत स्पष्टता जरुरी छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.