यौन दुर्व्यवहारको आरोप खेप्ने सबै भन्दा उच्च रोमन क्याथोलिक कार्डिनल जर्ज पेलविरुद्ध अष्ट्रेलियामा दुई वटा अलग अलग मुद्दा लगाइने भएको छ।
मेलबर्नमा भएको संक्षिप्त सुनवाइपछि वादी र प्रतिवादी दुवै पक्षले ७६ वर्षिय पेलले सन् १९७० को दशकमा उनी पादरी हुँदा बलाराटमा भएको भनिएको एउटा घटना र त्यसको २० वर्षपछि मेलबर्नमा आर्कविसप रहँदाको समयमा लगाइएको अर्को आरोपलाई लिएर मुद्दाको सामना गर्नुपर्नेमा सहमति जनाएका हुन्।
हालसम्म कुनै पनि मुद्दाको पुर्पक्षको समय भने तय भएको छैन्।
भ्याटिकनका आर्थिक मामिला व्यवस्थापक रहेका पेलले आफू निर्दोष रहेको बताएका छन्।
तस्वीर तर कार्डिनलको कानुनी टोलीले ती मुद्दाहरूको कारबाही तुरून्तै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
उनीहरूले भनेका छन्, “हाम्रो पक्ष ७६ वर्ष पुगिसक्नुभएको छ र सबै जनाले आफ्नो जिवन अघि बढाउन पाउनुपर्छ।”
बयान
अर्को सुनवाई मे १६ का लागि तोकिएको छ जसले मुद्दाहरूमा कारबाही अघि बढाउन मितिको निर्क्यौल गर्नसक्ने ठानिएको छ।
गएको जुन महिनामा भिक्टोरियाका प्रहरीहरूले पुराना घटनाहरूसँग सम्बन्धित एक भन्दा बढी उजुरी परेको भन्दै कार्डिनल पेल विरुद्ध अभियोग दायर गरेका थिए।
‘कमिटल’ भनिने प्रारम्भिक अदालती सुनवाइका क्रममा ३० जना भन्दा बढीले बयान दिएका थिए।
मार्चदेखी ४ हप्तासम्म चलेको उक्त यौन दुर्व्यवहारको आरोपबारेको सुनवाइको कारबाही प्रचलनमा रहे जस्तै सर्वसाधारणका लागि निषेध गरिएको थियो।
BBC


