×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

काँग्रेसमा पदाधिकारीको सङ्ख्या तत्काल नबढाइने

  •  
  • बुधबार, बैशाख १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारद गौतम

    काठमाडौँ, वैशाख १९ गते । पार्टीको विधान संशोधन नभएसम्म नेपाली काँग्रेसमा पदाधिकारीको सङ्ख्या नबढ्ने भएको छ । निर्वाचनको क्रममा काँग्रेसमा अरू पार्टी पनि एकीकृत भएकाले सबैलाई मिलाएर लैजान पदाधिकारीको सङ्ख्या बढाउन नेताहरूले माग गर्नुभएको छ ।
    काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले विधान संशोधन अगाडि हालको पदाधिकारी सङ्ख्या बढाउने सम्भावना नरहेको बताउनुभयो । उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीन जना मनोनयन गर्ने व्यवस्था विधानमा छ ।
    भदौमा बस्ने महासमितिको बैठकले विधान संशोधन गरेपछि पदाधिकारीको सङ्ख्या बढ्न सक्छ तर अहिले सम्भावना छैन, उहाँले भन्नुभयो । काँग्रेसमा उपसभापति पदका आकाङ्क्षी धेरै भएपछि अहिले नेताहरूको व्यवस्थापन कठिन बनेको छ । प्रजातान्त्रिक काँग्रेसको कार्यवाहक सभापति भएर जनआन्दोलनको क्रममा १२ बुँदे समझादारीपत्रमा हस्ताक्षर गर्ने नेता गोपालमान श्रेष्ठ अहिले उपसभापति पदको दाबेदार हुनुहुन्छ । सभापति देउवाले आफूलाई उपसभापति बनाउने आश्वासन दिनुभएको दाबी नेता श्रेष्ठले गर्दै आउनुभएको छ ।
    नेता विमलेन्द्र निधि पनि उपसभापति पदको दाबेदार हुनुहुन्छ । पार्टीको पूर्वमहामन्त्री समेत रहनुभएका निधि सभापति देउवा निकट प्रभावशाली नेता मानिनुहुन्छ ।
    यसैगरी, निर्वाचनको क्रममा १२ वर्षपछि दलबलसहित काँग्रेसमा फर्कनुभएका नेता विजयकुमार गच्छदारलाई पार्टी एकीकरणको क्रममा उपसभापति पद दिने भद्र सहमति भएको विषयलाई नेता गच्छदारले बैठकमै उठाउनुभएको थियो ।
    यस्तै, नेतृत्व तहमा महिला नेतृत्व पुग्नुपर्ने भन्दै महिलाबाट उपसभापति हुनुपर्ने माग महिला नेताहरूले राख्दै आउनुभएको छ । कतिपयले नेताले त्यसका लागि केन्द्रीय सदस्य सुजाता कोइराला उपयुक्त हुने धारणा पनि राख्दै आएका छन् । सभापति देउवा निकटका एक केन्द्रीय सदस्यले पदाधिकारी मनोनयन गर्ने अधिकार सभापतिको भएको बताउँदै विवेकसम्मत निर्णय हुने दाबी गर्नुहुन्छ ।
    पदाधिकारी मनोनयनपूर्व सहमतिको दबाब बढेपछि उपसभापति, महामन्त्री र सहमहामन्त्री तीन पदमध्ये कुनै एक पद वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री कोइराला निकट नेताले पाउने सम्भावना पनि छ ।
    यस्तै, महामन्त्री पदका लागि प्रभावशाली युवा नेताहरूको दौडधुप छ भने सहायक महामन्त्रीमा पनि धेरै नेताहरूको दाबी छ । त्यसैगरी पार्टीका ४२ वटा विभाग पनि हाल रिक्त छन् । काँग्रेसलाई एकजुट बनाएर लैजान कि त वरिष्ठ नेता वा नेता पद बढाएर जानुपर्ने वा पाँच उपसभापति, दुई महामन्त्री र सात सहमहामन्त्री बनाएर जाँदा पार्टीलाई एक ढिक्का बनाएर लैजान सजिलो हुने भनाइ कतिपय नेताको छ । सात सहमहामन्त्रीले सात प्रदेशको संयोजक बनाएर सङ्गठनको जिम्मा दिनु राम्रो हुने धारणा पनि कतिपय केन्द्रीय सदस्यको छ ।
    तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले १४ दिनसम्म चलेको कार्य समितिको बैठकमा त्यस्तो कुरा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केन्द्रीय कार्य समितिको बैठकमा यी कुरा आएका छैनन् । ’ उहाँले विधान मस्यौदा समिति गठन भएपछि त्यस विषयमा छलफल हुन सक्ने जानकारी दिनुभयो ।
    पदाधिकारी मनोनयन २१ गते
    पदाधिकारी मनोनयन गर्न सभापति शेरबहादुर देउवाले सोमबार बोलाउनुभएको बैठक शुक्रबारका लागि सरको छ । महामन्त्री डा. शशाङ्क कोइरालाको आग्रहमा बैठक वैशाख २१ गते शुक्रबारका लागि सारिएको हो । बैठकबाट पदाधिकारी मनोनयन गर्ने तयारीमा सभापति देउवा हुनुहुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमति बेगर पदाधिकारी मनोनयन गरिएमा आफूहरूलाई मान्य नहुने बताउनुभयो ।

    gorkhaptraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.