गोरखा समाचारदाता
आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा जारी १० दिने हस्तकला तालिम सकिएको छ । वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आलेको अध्यक्षता तथा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ प्रमुख अथित्यतामा तालिमको समापन गरिएको हो ।
बेरोजगार महिलाहरुहरुलाई स्वरोजगार गराउने उद्देश्यले हस्तकला अन्तर्गत फूलमाला, गमला, ब्याज, झोला बनाउने तालिम संचालन गरिएको वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आलेले बताए ।
हस्तकला तालिम समापन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, गाउँपालिकाका शाखा अधिकृत कृपाहरि लौंडारी, वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आले, २ का वडा अध्यक्ष कटक बहादुर थापा, वडा नं. ३ का सचिव ज्ञानेन्द्र श्रेष्ठ, गाउँपालिकाका आई टी अफिसर निरज श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए । बिध्या महर्जन र सपना तामाङ्गले प्रशिक्षण दिनुभएको हस्तकला तालिममा ३० जना महिलाहरुको उपस्थिती रहेको थियो ।


