गोरखा समाचारदाता
पछिल्लो समय युवा पिढी माझ लोकप्रिय बन्दै ऐना पहरामा रहेका पार्कलाई थप व्यवस्थीत बनाउने तयारी गरिएको छ ।
उक्त पार्कमा आवश्यक पुर्वाधार निर्माणका कार्य औपचारिक रुपामा शुरु गरिएको छ । शनिवार आँबु खैरेनीमा आयोजित एक कार्यक्रमका विच उक्त कार्यको शिलन्यासन समेत गरिएको छ । लायन्स क्लव अफ आँबुखैरेनी सिटिको प्रथम साधारण सभाको अबसरमा प्रमुख अतिथी लायन्स डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर (ई.) एम.जे.एफ. लायन अशोक कुमार श्रेष्ठ र विशिष्ठ अतिथी आँबुखैरेनी गाँउपालिका अध्यक्ष गिर बहादुर थापाले संयुक्त रुपमा गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले आँबुखैरेनी–२ मा रहेको ऐना पहारालाई प्रदेश नं. ४ को गौरवको योजना बनाउन सुझाव दिए । ‘यो ठाउँ यहाँको मात्र नभएर प्रदेश नम्बर ४ कै उत्कृष्ठ गन्तव्य हुन सक्छ, त्यसैले आवश्यक पुर्वाधार विकासमा जोड दिनु जरुरी छ’ उनले भने । उक्त स्थलको गाँउपालिकाको करिब ५ लाख लागतमा सुरु गरिएको उक्त परियोजना असार १५ गते भित्र सक्ने लक्ष्य राखिएको नव निर्वाचित सिटीका अध्यक्ष लायन प्रेम कुमार श्रेष्ठले बताए ।
यस्तै शनिवार सम्पन्न लायन्स क्लव अफ आँबुखैरेनी सिटिको प्रथम साधारण सभाले लायन प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सिटिको प्रथम उपाध्यक्षमा लायन यादव बाबु श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन शिवलाल खनाल, तेस्रो उपाध्यक्षमा लायन ऋषि के.सी. सचिवमा अगमराज उपाध्याय र कोषाध्यक्षमा लायन कुमार थापा चयन भएको छन ।



