×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पेरुमा अहिलेसम्मकै ठूलो नरबलिको आशंका

  •  
  • शनिबार, बैशाख १५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पुरातत्वविद्हरूले उत्खननका क्रममा पेरुमा भेटिएको प्रमाण अनुसार मानव इतिहासमै त्यहाँ बालबालिकाको सबैभन्दा ठूलो बलि दिइएको हुन सक्ने बताएका छन्।

    उनीहरूका अनुसार करिब साढे पाँच सय वर्ष पहिले पेरुको उत्तरी तटीय क्षेत्रमा झण्डै एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको देखिएको छ।

    प्राचीन चिमु सभ्यताको केन्द्र नजिकै पर्ने आधुनिक पेरुको ट्रुकिलियोमा त्यस्तो तथ्य फेला परेको हो।

    एउटै घटनामा बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडा जस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्हरूले बताएका छन्।

    अपेक्षा

    न्याशनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगमा गरिएको अनुसन्धानको नतिजा पहिलो पटक न्याशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको हो।

    एकजना प्रमुख अनुसन्धानकर्ता जोन भेरानोले भनेका छन्, “मैले चाहिँ यस्तो हुन सक्ने अपेक्षा गरेको थिइनँ र मलाई लाग्छ अरू कसैले पनि यस्तो सोचेको हुन सक्दैन।”

    ३,५०० वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा सन् २०११ मा पहिलो पटक नरबलि दिइएको वान्चाकिटो लास् लामास् भन्ने ठाउँबाट ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाहरूको अवशेष फेला पारिएको थियो।

    यसै हप्ता घोषणा गरिएअनुसार पाँचदेखि १४ वर्षमुनिका जम्मा १४० जना बालबालिकाको बलि दिइएको देखिएको छ।

    उनीहरूमध्ये अधिकांश आठदेखि १२ वर्षको बीचको भएको न्याशनल जियोग्राफिकले जनाएको छ।

    ती बालबालिकाहरू नरबलिको शिकार भएको कुरा छातीको बीचको हड्डीसहित अन्य हड्डीमा देखिएको खतबाट थाहा हुन्छ।

    सभ्यता

    धेरै करङहरूमा पनि क्षति पुगेको देखिन्छ, जसले पीडितहरूको मुटु झिकिएको हुन सक्नेतर्फ संकेत गर्छ।

    बलि दिइएका जनावरहरू १८ महिनाभन्दा कम उमेरको भएको देखिएको छ।

    अर्का प्रमुख अनुसन्धानकर्ता ग्याब्रिएल प्रिएटोले भने, “जब मान्छेहरू यो घटना र त्यसको स्तरबारे सुन्छन्, सबैभन्दा पहिला उनीहरू त्यो किन भएको होला भन्ने सोध्छन्।”

    त्यहाँ भेटिएका कपडाका अवशेषको कार्बन डेटिङ विधिबाट निर्धारण गर्दा उक्त घटना सन् १४०० देखि १४५० को अवधितिर भएको देखिन्छ।

    चन्द्रमाको पूजा गर्ने चिमुहरूमाथि त्यसको केही दशकपछि इङ्का सभ्यताले विजय हासिल गरेको थियो।

    त्यसको करिब ५० वर्षपछि स्पेनीहरू दक्षिण अमेरिका पुगे र इङ्कामाथि विजय हासिल गरे।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.