बन गोरखा नगरपालिकाको नगर बन महासंघको अध्यक्षमा निर्मला थापा विजयी भएकी छिन् । महासंघको बिहिबार सदरमुकाममा सम्पन्न पहिलो अधिबेशनमा थापाले १ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्दी भुरवण घिमिरेले १ सय ३६ मत ल्याएका थिए ।
त्यस्तै महासंघको उपाध्यक्षमा ज्योती कोइराला निर्विरोध चयन भएका छन् भने सचिवमा सावित्री थापा रानालाई ४ मतले पछि पार्दै सुवास घिमिरे विजयी भएका छन् । घिमिरेले १ सय ३९ मत ल्याएका थिए । कोषाध्यक्षमा गिता बस्नेत कुमालले बिमला श्रेष्ठलाई १ भोतले पछि पार्दै पराजित गरेकी छिन् । कुमालले १ सय ३८ मत ल्याएकी छिन् ।
त्यस्तै सदस्यहरुमा आशा थापा, कमला खड्का, नानु थापा, भक्त कुमारी कुमाल, शिला श्रेष्ठ, शोभा थापा पाण्डे विजयी भएका छन् । यसैगरी सम्झना थापा, गोकर्ण थापा, तोयानाथ घिमिरे, पवनकुमार बस्नेत, भरतकुमार श्रेष्ठ, बल बहादुर पन्त, यम बहादुर थापा निर्वाचित भएका निर्वाचन समितीले जनाएको छ । विजयी हुनेहरुमा अधिकांश नेपाली काँग्रेस निकट रहेका छन् ।
२ सय ८६ मतदाता रहेको महासंघको निर्वाचनमा २ सय ७५ मत खसेको थियो । त्यस्तै अधिबेशनले बलराम थापाको संयोजकत्वमा पाँच सदस्यिय लेखा समिती र सम्झना गुरुङको संयोजकत्वमा न्यायिक समिती समेत गठन गरेको छ । अधिबेशनले निर्मला थापा, मिलन भण्डारी, मिना बयलकोटी, सिता तामाङ, अनिल कुवँर, कृष्ण प्रसाद अर्याल, भानुभक्त थापा, सुवास घिमिरे गरि ८ जनालाई प्रदेश प्रतिनिधी समेत तोकेको निर्वाचन समितीको भनाई छ । गत चैत २८ गते उद्घाटन गरिएको अधिबेशन राजनितिक विवादका कारण स्थगित भएको थियो ।
नगर बन महासंघमा थापा
नगर बन महासंघमा थापा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


