×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सुरक्षा निकायको खरिद प्रक्रिया ‘अपारदर्शी’

  •  
  • शुक्रबार, चैत ३०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    महालेखा परिक्षकको कार्यालयले गृह मन्त्रालय मातहतको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेनाको खरिद प्रक्रिया पारदर्शी नभएको बताउँदै ती निकायको करिब ९ अर्ब रुपैयाँको बेरुजू रहेको जनाएको छ।

    हरेक वर्ष सुरक्षा निकायको बेरुजू बढ्ने क्रममा रहेकोले त्यसलाई सुधार गर्नका लागि सम्बद्ध मन्त्रालयका प्रशासनिक नेतृत्व र सुरक्षा निकायका प्रमुखहरूको समेत ध्यानाकर्षण गराइसकिएको महालेखा परीक्षकले बताए।

    महालेखा परिक्षकको कार्यालयले आफ्नो ५५औं वार्षिक प्रतिवेदनमा सुरक्षा निकायहरूले कतिपय अवस्थामा प्रचलित कानुन बमोजिम रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखी आर्थिक कारोबार गरेको जनाएको हो।

    विपद् व्यवस्थापनका लागि भन्दै नेपाली सेनाले हेलिकोप्टर खरिद गर्दा प्रतिस्पर्धा सुनिश्चित नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    नेपाली सेनाको प्रधानसेनापतिलगायत रक्षा मन्त्रालयको सचिवसहित गृह मन्त्रालयको सचिव र मातहतका दुवै महानिरीक्षकलाई बोलाएर मैले छलफल गरिसकेको छु

    टंकमणी शर्मा दंगाल, महालेखा परीक्षक

    समस्या

    मन्त्रिपरिषद्को बैठकले गत असारमा दुईवटा साना हेलिकोप्टर खरिद गर्न स्वीकृति दिएको भए पनि तोकिएको भन्दा फरक विशेषता सहितको जहाज किन्ने निर्णय भएको औंल्याइएको छ।

    गृह र रक्षा मन्त्रालयको वेरुजूबारे महालेखा परीक्षक टंकमणी शर्मा दंगालले भने, ”२ अर्ब ३१ करोड रुपैयाँ गृह मन्त्रालयको र रक्षा मन्त्रालयको ६ अर्ब ५९ करोड रुपैयाँ बेरुजू रहेको छ। खरिद प्रक्रिया, निर्माण तथा रासन खरिदमा बढि बेरुजू देखिएको हो। राज्यको नोक्सान हुने यस्तो समस्या धेरै देखिएको छ।”

    नेपाली सेनाका लागि दुध र बिस्कुट खरिद गर्दा गुणस्तर परीक्षण नगराईएको, ठेक्का प्रक्रिया भन्दा बाहिर अर्थात् अमानतबाट रासन खुवाउँदा आर्थिक व्ययभार पारेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

    महालेखापरीक्षक

    कमजोरी

    नेपाल प्रहरीले पनि कार्यविधिको पालना नगरी आर्थिक सहयोग वितरण गरेको बताइएको छ।

    सेना र प्रहरीले कल्याणकारी कोष प्रभावकारी ढङ्गले सञ्चालन नगरी कोषको लगानी जोखिममा पारेको बताइएको छ।

    त्यसबारेमा सम्बद्ध निकायका पदाधिकारीलाई कार्यालयमै बोलाएर जानकारी गराएको महालेखा परीक्षक दंगालले बताए।

    उनले, ”नेपाली सेनाको प्रधानसेनापतिलगायत रक्षा मन्त्रालयको सचिवसहित गृह मन्त्रालयको सचिव र मातहतका दुवै महानिरीक्षकलाई बोलाएर मैले छलफल गरिसकेको छु। यी विषयमा तपाईँहरूको कमजोरी देखिएको छ, यदी त्यस्तो होइन भने प्रमाण-कागज ल्याउनुस्, सच्याउनुस् भनेको छु।”

    शान्ति सुरक्षासम्बन्धी गोप्य कामका लागि भन्दै गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र अनुसन्धान विभागका प्रमुखले तोकिएको मापदण्डभन्दा कैयौं गुणा धेरै, लाखौं रुपैयाँ खर्च गरेको पनि प्रतिवेदनमा जनाइएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.