×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘रासायनिक हमलाको जवाफ दिइनु पर्दछ’

  •  
  • शुक्रबार, चैत ३०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    गत शनिवार डुमामा सरकारी सेनाले विषाक्त रसायनले भरिएको बमले आक्रमण गरेको सहायताकर्मीहरुले बताएका छन्

    ब्रिटिश सरकारले सिरियामा गरिएको रासायनिक हमलाको जवाफ दिइनु पर्ने जनाएको छ।

    लण्डनमा दुई घन्टालामो आपत्कालिन बैठक पछि जारी एक वक्तव्यमा ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले भन्यो, “सिरियामा गरिएको रासायनिक हमलाको जवाफ दिइनु पर्ने कुरामा मन्त्रिपरिषद्ले सहमति जनाएको छ।”

    तर कस्तो कदम चालिने छ भन्ने बारे प्रधानमन्त्री कार्यालयले केही बताएन।

    वक्तव्यमा ब्रिटिश प्रधानमन्त्री टरीजा मेले सो रासायनिक हमलाको अन्तर्राष्ट्रिय जवाफ कसरी दिने भन्नेबारे अमेरिका र फ्रान्ससंग समन्वय गर्ने पनि उल्लेख छ।

    जवाफी कदम

    यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा भएको भनिएको रासायनिक हमलाको जवाफी कदम तत्काल आउन पनि सक्ने वा नआउन पनि सक्ने बताएका थिए।

    आफ्ना सुरक्षा प्रमुखहरुसँगको भेटवार्ताअघि ट्वीटमार्फत् उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन्।

    फ्रान्सेली राष्ट्रपतिले पनि सिरियामा रासायनिक हमला भएको आफूसँग प्रमाण रहेको बताए।

    सिरियामा गत शनिवार गरिएको भनिएको रासायनिक आक्रमणका लागि राष्ट्रपति बसर अल असद, रुस र इरान जिम्मेवार रहेको ट्रम्पले आरोप लगाउँदै आएका छन्।

    खण्डन

    रुसले ती आरोपको खण्डन गर्दै कुनै पनि सैन्य कारबाहीमा संलग्न नहुन अमेरिकालाई चेतावनी दिएको छ।

    (आक्रमण) धेरै चाँडै हुन पनि सक्छ अथवा चाँडै नहुन पनि सक्छ

    डोनल्ड ट्रम्प, राष्ट्रपति, संयुक्त राज्य अमेरिका

    यस्ता आरोप प्रत्यारोपमाझ ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो।

    अमेरिकाले कस्तो कदम चाल्नुपर्छ भन्नेबारे अन्तिम सिफारिस गर्ने सुरक्षा प्रमुखहरूसँगको भेटवार्ताअघि ट्रम्पले जवाफी कदम तत्काल चाल्न पनि सकिने वा त्यो तत्काल हुँदै नहुन सक्ने पनि बताएका छन्।

    उनले लेखेका छन्, “आक्रमण कहिले हुन्छ भनेर कहिल्यै भनेको छैन। धेरै चाँडै हुन पनि सक्छ अथवा चाँडै नहुन पनि सक्छ!”

    बुधवार उनले “क्षेप्यास्त्रहरू चाँडै आउँदै” भनेर लेखेका थिए।

    ‘प्रमाण छ’

    डुमामा गत शनिवार भीषण बमबारी भएको थियोसिरियाली सरकारले कुनै पनि रासायनिक आक्रमण नगरेको दावी गर्ने गरेको छ

    फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले पनि सिरियाली सरकारमाथि गम्भीर आरोप लगाएका छन्।

    उनले डुमामा भएको रासायनिक हमला सिरियाली सरकारले गराएको भन्ने प्रमाण आफूसँग रहेको दावी गरेका छन्।

    फ्रान्सेली राष्ट्रपतिले आफ्नो सूचनाको स्रोतबारे केही खुलाएनन्।

    जे पनि गर्न सक्छौँ भन्ने सोच पालेको सत्तालाई हामी अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्न भने दिँदैनौँ

    एमानुएल माक्रोँ

    तर उनले कम्तीमा क्लोरिन प्रयोग भएको प्रमाण आफूसँग रहेको बताए।

    उनले आफूले र राष्ट्रपति ट्रम्पले उचित समयमा प्रतिक्रिया जनाउने बताए।

    उनले भने, “आज हामीले गरिरहेको र भोलि पनि गर्ने कुरा के हो भने हामी आफ्ना प्राथमिकतामा अडिग रहन्छौँ, र सिरिया रहेको क्षेत्रमा अधिकतम स्थायित्व सुनिश्चित गर्न चाहन्छौँ।”

    “तर जे पनि गर्न सक्छौँ भन्ने सोच पालेको सत्तालाई हामी अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्न भने दिँदैनौँ।”

    कस्तो आक्रमण?

    पश्चिमा शक्तिहरूले क्षेप्यास्त्र आक्रमण गर्न सक्ने अनुमान गरिएको छ।

    क्रूज मिसाइल प्रहाररासायनिक आक्रमण गरिएको भन्दै अमेरिकाले गत वर्ष एप्रिलमा सिरियाको एउटा हवाइ अखडामा ५९ वटा क्रूज मिसाइल प्रहार गरेको थियो

    तर उनीहरूले त्यस्तो कदम कहिले चाल्छन् भन्नेबारे स्पष्ट छैन।

    दावी

    सिरियाली सरकारले कुनै पनि रासायनिक आक्रमण नगरेको दावी गर्ने गरेको छ।

    उसले पश्चिमाहरूको गतिविधिले उक्त क्षेत्रमा थप अस्थिरता बढाउने चेतावनी दिएको छ।

    गत शनिवार डुमामा सरकारी सेनाले विषाक्त रसायनले भरिएको बमले आक्रमण गरेको सहायताकर्मीहरुले बताएका छन्।

    उक्त आक्रमणमा दर्जनौँ मानिसको ज्यान गएको थियो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.