×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

निर्वाचन आयोगको नाममा करोडौं बेरुजु

  •  
  • शुक्रबार, चैत ३०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    खानेपानी र शहरी विकास मन्त्रालयमा बेरुजुको प्रतिशत धेरै रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ

    निर्वाचन आयोगले स्थानीय चुनावका बेला अनियमितता गरेको भेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले उक्त संवैधानिक निकायले गरेको खर्चमध्ये १९ करोड रुपैयाँ बेरुजु देखिएको जनाएको छ।

    सरकारी एवम् संवैधानिक अंगको लेखा परीक्षण गर्ने उक्त केन्द्रीय निकायले नमुना मतपत्रको छपाइमा बढी भुक्तानी दिएकोदेखि खाना र खाजा लगायतको भत्ताको दोहोरो भुक्तानी दिएकोसम्मको अनियमिततता आफ्नो वार्षिक प्रतिवेदनमा समेटेको छ।

    मन्त्रालयहरुमा चाहिँ खानेपानी र शहरी विकास मन्त्रालयमा बेरुजुको प्रतिशत धेरै रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

    हामीले अरु खर्चहरु नियमित नै पायौं। तर १९ करोड १७ लाखका बारेमा भने प्रश्न उठाएका छौं। कतिपय बढी भुक्तानी दिएको भए फिर्ता गर्नु पर्छ भन्ने हो, कतिपय नमिलेका कागजपत्र सवालमा हामी सन्तुष्ट हुन नसकेको हो

    टंकमणि शर्मा दंगाल, महालेखा परीक्षक

    आर्थिक वर्ष २०७३/७४ को सरकारी कार्यालय, स्थानीय तह, समिति र संस्था लगायतका निकायमा भएका आर्थिक कारोबारको लेखा परीक्षण गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको महालेखा परीक्षकको कार्यालयले ती कार्यालयमा रहेको बेरुजुको विवरण सार्वजनिक गरेको छ।

    निर्वाचन आयोग

    Image captionस्थानीय चुनावका बेला निर्वाचन आयोगले गरेको खर्चमध्ये १९ करोड रुपैयाँ बेरुजु देखिएको जनाएको छ।

    लेखा परीक्षण

    तीन तहको निर्वाचन गरेको निर्वाचन आयोगको हाल सम्म स्थानीय तहको निर्वाचनको लेखा परीक्षण गरिएको उक्त कार्यालयले जनाएको छ।

    जसमा निर्वाचन आयोगमा देखिएको बेरुजुको जानकारी दिंदै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले भने, “हामीले अरु खर्चहरु नियमित नै पायौं। तर १९ करोड १७ लाखका बारेमा भने प्रश्न उठाएका छौं। कतिपय बढी भुक्तानी दिएको भए फिर्ता गर्नु पर्छ भन्ने हो, कतिपय नमिलेका कागजपत्र सवालमा हामी सन्तुष्ट हुन नसकेको हो।”

    निर्वाचन आयोग मार्फत सबै निर्वाचन अधिकृतको कार्यालयबाट खर्च विवरणका कागजातहरु झिकाएर उक्त लेखा परीक्षण गरिएको बताइएको छ।

    परीक्षणका क्रममा भेटिएका व्यहोरा बारे महालेखा परीक्षक शर्माले भने, “कतिपय भत्ता, मतदाता शिक्षा, मतगणना, खरिद त्यो सबै विषय प्रतिवेदनमा उल्लेख गरिदिएका छौं। असुल गर्नु पर्ने एक पनि रकम छोडेका छैनौं।”

    आर्थिक कार्यविधि ऐन र प्रचलित कानुन बमोजिम रीत नपूर्याइ कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेकोलाई बेरुजुको परिभाषामा राखिएको छ।

    बेरुजु

    सबै सरकारी कार्यालय, स्थानीय तह, समिति र संस्था लगायतका निकायमा महालेखाले गरेको लेखा परीक्षणमा बेरुजुको रकम ५ खर्ब ८ करोड रुपैयाँ देखिएको जनाइएको छ।

    जुन गत वर्षकोभन्दा २६ प्रतिशतले बढी रहेको उल्लेख गरिएको छ।

    यस्तो बेरुजु रहने मन्त्रालयमा खानेपानी, शहरी विकास, भौतिक पूर्वाधार जस्ता मन्त्रालय अग्रपंक्तिमा रहेका छन्।

    सामान्य प्रशासन, कानुन लगायतका मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानी निकायमा बेरुजु नदेखिएको बताइएको छ।

    स्थानीय तहको बेरुजुमा सबै भन्दा धेरै १३ प्रतिशत प्रदेश नम्बर २ मा र सबै भन्दा कम प्रदेश नम्बर ७ मा साढे तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.