×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘बलात्कारको मनसाय नै गम्भीर मानसिक रोग’

  •  
  • बिहिबार, चैत २९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जितेन्द्र साह

    चैत्र २९, २०७४ विराटनगर — अस्वाभाविक यौन चाहना बोकेकाले समयमै उपचार गराएमा एवं पीडितको मनोबल गिर्न नदिएमा बलात्कारको घटनामा धेरै कमी आउने एक वरिष्ठ मनोचिकित्सकले बताएका छन् ।

    उनले यसलाई रोक्न त्यस्ता विकृत मानसिकता बोकेकाको उचित उपचार र लामो अदालती प्रक्रियाका कारण मुख खोल्न नचाहने पीडित पक्षको मनोबल बढाउन जरुरी भएको बताए । बलात्कारको प्रयास नै पनि गम्भीर मानसिक रोगको परिणाम भएको डा.पोखरेलले औंल्याए । उनका अनुसार लुकाउँदा अपराधीको मनोबल बढ्छ भने न्याय एवं उपचार नपाउँदा पीडितलाई आजीवन पुरुष तथा यौनप्रति नै नकारात्मक भावनाले जरो गाड्छ ।विराटनगरस्थित कोसी अञ्चल अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक डा.रोशन पोखरेलले बलात्कारको मनोस्थिति बन्नु एक जटिल मानसिक रोग भएको जनाए ।

    यो साढे तीन वर्षभित्र उक्त अस्पतालमा शारीरिक एवं मानसिक उपचारका लागि आएका पीडित र बलात्कारीको अध्ययनको आधारमा यो निष्कर्ष निकालेको उनले बताएका छन् । ‘विकृत मनोस्थितिबाट ग्रसित भएकालाई तत्काल मनोपरामर्श र औषधि उपचार दिन सकेमा यो जघन्य अपराध हुनबाट रोक्न सकिन्छ,’ उनले मंगलबार कान्तिपुरसँग भने ।

    विभिन्न शोधअनुसार ४०/५० वर्ष कटेकामा सातामा एक/दुई पटक यौन चाहना जाग्नुलाई स्वाभाविक मानिने गरिएको उनले बताए । उमेर, खानपिन, भूगोल, शारीरिक अवस्था र इच्छाशक्ति अनुसार यो कम वा बढी हुन सक्छ । डा.पोखरेलले भने, ‘तर दैनिक जीवन र काम नै प्रभावित हुनेगरी यौन तृष्णा जागिरहेको खण्डमा मनोचिकित्सकलाई भेटदा नै राम्रो हुन्छ ।’

    डा.पोखरेलका अनुसार सामान्य आकर्षणभन्दा पनि हरेक महिलालाई देख्नेबित्तिकै मनमा यौन सम्बन्धको चाहना आएमा तुरुन्तै मनोचिकित्सकलाई सम्पर्क गर्नु उचित हुन्छ । ‘स्वस्थ सम्बन्धमा मर्यादा क्रमको पालन हुनैपर्छ, परिवार एवं समाजमा श्रीमती, प्रेमिका, छोरी, बहिनी र नातिनातिनालगायत हुन्छन्,’ उनले भने, ‘सबैसँग यौन सम्बन्धको चाहना हुनुभएन, त्यस्तो भएमा चिकित्सककहाँ जानुपर्छ ।’ अध्ययनअनुसार समाजमा दुईथरीका बलात्कारी हुन्छन् । एउटा पहिलादेखि बलात्कार गर्ने मानसिकता बनाएका र अर्को अकस्मात् यो अपराध गर्न पुग्छन् । विभिन्न कारणले यौन जीवनमा असन्तुष्ट पाकाबाट पूर्वनियोजित ढंगबाटै र भर्खरका उमेरकाले नशामा मातिएर, आवेश, उत्तेजना एवं अन्य साथीको लहैलहैमा यो घृणित कार्य गर्न पुग्छन् ।

    ‘दीर्घरोग, शारीरिक अस्वस्थता र बढदो उमेरले श्रीमती/प्रेमिकामा चाहना कम भएर असन्तुष्ट रहँदै आएकाहरू जसरी भए पनि यौन इच्छा तृप्तिका लागि तयार हुन सक्छन्,’ उनले भने, ‘पाकाले अपराध गरुन् वा युवाले, यो विवेकशून्यको स्थिति हो, यसको उपचार सम्भव छ ।’

    मनोचिकित्सकहरूको अध्ययनअनुसार यौन चाहना हराएमा र तुलनात्मक रूपमा बढी देखिएमा, वीर्य पतन नहुँदा, ढिलो र छिटो हुँदा जँचाउनुपर्छ । परामर्शदेखि औषधिबाट उपचार सम्भव भएको यी समस्यालाई बल्झाइराख्दा मनोस्थितिमा नकारात्मक असर पर्ने गरेको उनीहरू बताउँछन् ।

    ‘बिरामीको स्थिति हेरी औषधिबाटै यौन चाहना बढाउन र घटाउन सकिन्छ,’ डा.पोखरेलले भने, ‘उमेर र स्वास्थ्य अवस्था हेरेर औषधिको मात्रा निर्धारण हुन्छ ।’ डा.पोखरेलका अनुसार परिवार, समाज, शिक्षक र मनोचिकित्सकले यौन दुव्र्यवहार रोक्नमा भूमिका खेल्न सक्छन् ।

    विभिन्न अध्ययनअनुसार संयुक्त परिवारमा भन्दा एकल परिवारमा बस्नेबाट यो कुकृत बढी हुने गरेको उनले बताए । ‘एकल परिवारमा आपसमा भावनाको साटासाट एकदमै कम हुन्छ,’ डा.पोखरेलले भने,‘संयुक्त परिवारमा एक–अर्कासँग निरन्तर संवादको माहोल हुन्छ, संस्कार सिक्न पाउँछन् ।’ दण्डहीनताको बिल्कुलै गुन्जाइस नभएको अनुशासित समाज र सहशिक्षा एवं उचित ढंगले यौन शिक्षा प्रदान गरी विद्यालयले यौन अपराधमा लगाम लगाउन सक्ने उनले बताए ।

    डा.पोखरेलका अनुसार यौनलाई बोल्न नहुने बर्जित विषयवस्तु बनाएर राख्नु नराम्रो हो, बरु यसको साटो स्वस्थ यौन संस्कार दिनुपर्छ । ‘सेक्स भनेको शारीरिक सम्बन्ध मात्र हो भनेर बुझ्नुभएन, शिक्षकलाई पनि यौन शिक्षाबारे जानकारी हुनुपर्‍यो, यसलाई प्रतिबन्धित विषयवस्तुका रूपमा लिनुहुन्न,’ डा.पोखरेलले भने, ‘किशोर उमेरकालाई शारीरिक एवं मानसिक परिवर्तनबारे पूर्वजानकारी दिनुपर्छ ।’ आधुनिक प्रविधिको सहज पहुँच, फिल्म र धारावाहिकले पनि यौनजन्य दुव्र्यवहारलाई बढावा दिएको उनको विश्लेषण छ । ‘बालक/किशोर उमेरकालाई इन्टरनेट चलाउन दिने वा नदिने ? उनीहरूको बुझाइअनुरूप कतिसम्म दिने ? यो अभिभावकले छुट्याउनुपर्छ,’ डा.पोखरेलले भने, ‘सबै केटाकेटीले ठीक वा बेठीक
    छुट्याउन सक्दैनन्, बाआमाले भन्नुपर्‍यो ।’ यौन जिज्ञासा राखिंदा वा यो विषयमा खुलेर बोल्दा फटाहा वा खराब चरित्रका ठानिने सोचले अपराधलाई घटाउनेभन्दा बढाउने उनले बताए । डा.पोखरेलले बढ्दो उमेरसँगै हुने स्वप्नदोष र हस्त मैथुनलाई स्वाभाविक रूपमा लिइनुपर्नेमा जोड दिए ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.