×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

‘नि:शुल्क औषधी खरिदको प्रक्रिया खुल्ने’

  •  
  • मङ्गलबार, चैत २०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    स्वास्थ्य मन्त्रालयले सोमवार नयाँ महानिर्देशक नियुक्ति गरेपछि झन्डै २ महिनादेखि जिल्ला जिल्लामा नि:शुल्क औषधी खरिद गर्न रोकिएको प्रक्रिया अब खुल्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

    बजेट निकासा गर्ने अख्तियारी पाएको महानिर्देशक नभएको जस्ता कारणले हाल अधिकांश जिल्लाका स्वास्थ्य चौकीहरूमा औषधी अभाव हुन थालिसकेको छ।

    स्वास्थ्य सेवा विभागको महानिर्देशक पद रिक्त हुँदा स्वास्थ्य मन्त्रालयले केन्द्रमै खरिद गर्नुपर्ने ३२ प्रकारका औषधी खरिद गर्न नसकेको बताइन्छ।

    स्थानीय तहमा बजेट निकासा हुन नसक्दा त्यहाँ पनि झन्डै २ महिनादेखि खरिद प्रक्रिया रोकिएको थियो।

    विवाद

    थुप्रै जिल्लाहरूमा औषधी अभाव भइ बिरामीहरूले औषधी पाउन छाडेको खबरहरू सार्वजनिक भइरहेको बेला स्वास्थ्य मन्त्रालयले रिक्त उक्त पदमा सोमवार साँझ डा. गुणराज लोहनीलाई नियुक्ति गरेको छ।

    थप बजेट पठाउन यताबाट अलिकति विलम्ब भएकै हो, तर अब महानिर्देशक नियुक्ति भयो। अब भोलिबाट काम शुरू हुन्छ

    यो संगै औषधी खरिद जस्ता समस्या हल हुने स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरीले बताइन्।

    उनले भनिन्, “हामीले पहिले पनि बजेट पठाएका हौं। तर उनीहरूले विभिन्न कारणले औषधी किन्न सकेनन्। थप बजेट पठाउन यताबाट अलिकति विलम्ब भएको हो। तर अब महानिर्देशक नियुक्ति भयो। अब भोलिबाट काम शुरू हुन्छ।”

    तत्कालीन स्वास्थ्य मन्त्री दिपक बोहराले गत पुसमा बहालवाला महानिर्देशक राजेन्द्र पन्तलाई हटाएर तारा पौडेललाई उक्त जिम्मेवारी दिएपछि सो पदमा राजनीतिक विवाद शुरू भएको बताइन्छ।

    सो विरुद्ध पन्त अदालत पुगेपछि समस्या चर्किएको थियो।

    अभाव

    मन्त्री बोहोराले फेरि अर्का महानिर्देशक विनोद श्रेष्ठलाई जिम्मा दिए पनि उनको अवकाश संगै उक्त पद रिक्त हुन पुगेको हो।

    जसको प्रत्यक्ष प्रभाव औषधी खरिद प्रक्रियामा देखिएको थियो।

    औषधी खरिद गर्नका निम्ति बजेट निकासा गर्ने अख्तियार औषधी विभागका महानिर्देशकलाई मात्र छ।

    नयाँ नियुक्ति संगै अब जिल्लाहरूमा २५ करोड रूपैयाँ तत्काल पठाइने मन्त्रालयले जनाएको छ।

    विभागका उपमहानिर्देशक चूडामणी भण्डारीले भने, “अहिले हामीले जिल्लाको आवश्यकता अनुसार घटी र बढी गरी २५ करोड बजेट पठाउन लागेका छौं।”

    स्वास्थ्य मन्त्रालयले देशभर ७२ प्रकारको औषधी नि:शुल्क वितरण गर्ने गर्दछ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारीहरूले भने बजेट आए पनि खरिद प्रक्रियामा समय लाग्ने हुनाले औषधी अभाव हट्न अझै केही समय लाग्ने बताएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत २०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.