कैलासबावु श्रेष्ठ/मनकामना, गोरखा
चैत्र १९ गते । देशकै प्रसिद्व धार्मिक तथा ऐतिहासिक र पर्यटकीय तिर्थ स्थल गोरखाको मनकामना मन्दिर जिर्णोद्वार अन्तिम चरणमा पुगेको छ ।

३ सय ५० बर्ष भन्दा पुरानो मानिएको उत्त मन्दिर राजा राम शाहका छोरा पृथ्वीपति शाहले निर्माण गरेको इतिहास पाइन्छ ।

बिक्रम सम्बत १९९० साल र बिनाशकारी गोरखा भूकम्प २०७२ ले जिर्ण बनाए पछि जगै देखी मन्दिरको जिर्णोद्वार थालीएको हो ।

मन्दिरलाइ ०७५ साल बैशाख पहिलो साता देखी सर्व साधा रणको लागि खुल्लाहुने अनुमान गरीएको छ ।

साइत अनुसार ०७५ साल बैशाख पञ्चमीका दिनमा विविशेष पूजा गरी मन्दिर खुल्ला गर्ने तयारी भै रहेको मनकामना मन्दिर जिर्णोद्वार समितिले जानकारी दिएको छ ।

बर्षेनी ३० लाख भन्दा बढी भक्तजन आउजाउ गर्ने उत्त मन्दिरको अहिले ९८ प्रतिशत भन्दा बढी काम सम्पन्न भै सकेको छ ।


मन्दिरमा राखीने छाना र ढोकाको पातामा सुनको जलप अर्थात मलम्बा सकिएको जिर्णोद्वार समितिका सह सचिव दिनेश जोशीले बताए ।


मन्दिर जिर्णोद्वारका लागि १५ करोड भन्दा बढी खर्च हुने अनुमान गरीएको छ ।


मन्दिरको मुल द्वारमा पहिलो पटक सुनको जलप गर्न लागिएको मन्दिरका मुल पुजारी ईन्सान बहादुर थापाले बताउनु भयो ।


जिर्णोद्वारका लागि पहिले ९ किलो ९ सय ४० ग्राम सुन आवश्यक हुने भनिएको भएता पनि १५ किलो सुन खर्च हुने भएको छ ।


जस मध्ये दुई तलाको छानाको लागि १३ किलो ७ सय ४० ग्राम र बाँकी सुन मन्दिरको मुल द्वारमा लाग्ने छ ।







