×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सिन्डिकेट हटाउन नयाँ निर्देशिका

  •  
  • सोमबार, चैत १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशान्त माली

    चैत्र १९, २०७४ काठमाडौँ — सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ तोड्न आइतबार नयाँ निर्देशिका र मापदण्ड जारी गरेको छ । यातायात व्यवस्था विभागले ५ निर्देशिका र दुई मापदण्ड नयाँ जारी गरेको छ भने तीनवटा निर्देशिका संशोधन गरिएको छ ।

    विभागका महानिर्देशक रूपनारायण भट्टराईले रुट इजाजत लिन यातायात व्यवसायीका संघ, संगठन तथा महासंघबाट सिफारिस लिनुपर्ने बाध्यकारी व्यवस्था हटेको जानकारी दिए । ‘यसअघि एउटा बस दर्ता गर्न यातायात व्यवसायीका समितिले १२ देखि १५ लाख रुपैयाँसम्म असुल्ने गरेका थिए,’ उनले भने, ‘अनुगमनमा जाँदा पोखरामा एउटा ट्याक्सी दर्ता गर्न ५ लाख रुपैयाँसम्म लिइएको भेटियो ।’बाटो (रुट) निर्धारण निर्देशिका–०७४, मझौला तथा साना सवारी परीक्षण निर्देशिका–०७४, मझौला तथा साना सवारी निरीक्षण निर्देशिका–०७४, सवारी प्रदूषण परीक्षण निर्देशिका–०७४ र स्कुल बस निर्देशिका–०७४ नयाँ जारी गरिएका हुन् । यस्तै, कारखाना तथा वर्कसप दर्ता सञ्चालन मापदण्ड–०७४ र बस बडी बिल्डिङ मापदण्ड–०७४ पनि नयाँ जारी गरिएको हो । संशोधन गरिएकामा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका–०६०, मालवाहक सवारीको भारवहन नियमन निर्देशिका–०७१ र सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका–२०६९ छन् ।

    भट्टराईका अनुसार नयाँ निर्देशिका र मापदण्ड ल्याउन नदिन व्यवसायीले ठूलो दबाब दिएका थिए । ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ ले दिएको अधिकार प्रयोग गरेर ल्याइयो,’ उनले भने, ‘नयाँ मापदण्ड कार्यान्वयन र अनुगमन तीव्र बनाइनेछ ।’ नयाँ मापदण्ड जारीसँगै सार्वजनिक सवारी व्यवस्थापन प्रभावकारी र प्रतिस्पर्धी ढंगले सञ्चालन हुने, सडक दुर्घटना न्यूनीकरण, वर्कसप तथा ड्राइभिङ स्कुलको नियमनसमेत प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    यातायात व्यवस्थापन कार्यविधि निर्देशिका–०६० संशोधन गरी यातायात व्यवस्था कार्यालय, सेवा कार्यालय तथा सवारी परीक्षण कार्यालयलाई अधिकारसम्पन्न बनाइएको छ । कर्मचारीलाई पनि थप जवाफदेही बनाइएको छ । यसले प्रशासनिक तथा प्राविधिक सेवा छिटो, पारदर्शी तथा भरपर्दो हुने अपेक्षा गरिएको छ । विभाग, कार्यालय तथा कर्मचारी (प्रशासनिक तथा प्राविधिक) बीच कामको प्रकृति हेरेर जिम्मेवारी बाँडफाँट प्रक्रिया सरल पारिएको छ । सवारीचालक अनुमतिपत्रको नेपालीकरण प्रक्रिया र कागजात, यातायात सेवाको पञ्जीकरण नगरी रुट इजाजत तथा हेरफेर गर्न नपाउने, संगीत रोयल्टी, कर चुक्ता प्रमाणपत्रको व्यवस्था र बालश्रम निषेध गरिएको छ ।

    मालवाहक सवारीको भारवहन नियमन निर्देशिका संशोधन गरी तौल–पुल स्थापना, अधिकतम भारवहन क्षमता निर्धारण, तौल–पुलको गुणस्तर, पोर्टेबल एक्सल लोड मापनयन्त्र प्रयोगसम्बन्धी व्यवस्था थपिएको छ ।

    सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका संशोधन गरी कामको प्रकृतिका आधारमा प्रशिक्षण केन्द्र वर्गीकरण, प्रयोगात्मक परीक्षण स्थलको ‘लेआउट’ तथा न्यूनतम भौतिक पूर्वाधार, हेभी उपकरणको चालक अनुमतिपत्रको परीक्षण प्रक्रिया तोकिएको छ । संशोधनमा प्रशिक्षण केन्द्र अनुगमनको व्यवस्थासमेत थपिएको छ ।

    वर्कसप दर्ता सञ्चालन मापदण्डमा वैज्ञानिक वर्गीकरण, दर्ता गर्दा पेस गर्नुपर्ने प्राविधिक प्रतिवेदन र न्यूनतम भौतिक पूर्वाधार तोकिएको छ । वर्कसपले पुराना सवारीको व्यवस्थापन (पत्रु तथा दर्ता खारेज), बस बडी निर्माण गर्ने वर्कसपमा बडीको डिजाइन प्रमाणीकरण, अनुगमन तथा टाइप एप्रुएबल, बेस्ट म्यानेजमेन्ट र अनुगमन चेकलिस्टको पनि व्यवस्था गरिएको छ । रुट निर्धारण सिफारिस समितिको व्यवस्था, बाटो निर्धारण गर्न सडक र सवारीसाधनसम्बन्धी मापदण्ड तोकिएको छ । सार्वजनिक यातायात सेवामा प्रयोग हुने बसको बडीको डिजाइन, प्राविधिक पक्ष र व्यवस्थापनबारे दर्ता प्रमाणित हुनुपर्ने प्रावधान राखिएको छ ।

    मझौला तथा साना सवारी निरीक्षण निर्देशिकामा सवारीको भौतिक अवस्थाको प्राविधिक निरीक्षण (जाँचपास) गर्दा समेट्नुपर्ने नियम व्यवस्था गरिएको छ । सिटको अवस्था, सिसा तथा विन्डस्क्रिन, स्टेयरिङको अवस्था, ब्रेक प्रणाली, इलेक्ट्रिक तथा फ्युल आपूर्ति, टायरको अवस्थालगायत चेकजाँचसम्बन्धी २२ थरी मापदण्ड बनाइएको छ । सवारी परीक्षण कार्यालयद्वारा यन्त्र तथा उपकरणको प्रयोगबारे ६ वटा विषयमा जाँच गर्ने व्यवस्था गरिएको छ ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.