×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जोडी खोज्दै पाकिस्तानसम्म

  •  
  • सोमबार, चैत १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अब्दुल्लाह मियाँ

    चैत्र १९, २०७४काठमाडौँ — नेपालका गिद्ध उडेर अरू देश पुग्छन् कि पुग्दैनन् ? गत वर्षसम्म जवाफ कसैसँग थिएन । अहिले थाहा भयो– नेपालका गिद्ध उडेर भारत र पाकिस्तानसम्म पुग्दारहेछन् ।    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ (बीसीएन) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा गिद्धको ढाडमा ‘स्याटेलाइट टेलिमेट्री ट्याग’ जोडेपछि नेपाली गिद्ध आहार र जोडीको खोजीमा भारतको हिमाञ्चल प्रदेशका विभिन्न स्थान हुँदै पाकिस्तानसम्मै पुगेको खुलासा भएको हो ।

    गत मंसिरमा ढाडमा स्याटेलाइट जोडेर जंगल (प्राकृतिक बासस्थान) मा छाडिएको अति संकटापन्न सूचीको डंगर प्रजातिको गिद्ध नवलपरासीको पिठौलीबाट ११ सय किलोमिटर यात्रा पार गर्दै भारत–पाक सीमामा पुगेको हो । उक्त गिद्ध दुई पटक त्यहाँ पुगेको पाइएको छ र अहिले पनि उतै छ । ‘एउटा गिद्ध पाकिस्तानको सीमासम्मै पुगेको छ,’ बीसीएनका गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले भने, ‘हाम्रा गिद्ध यति टाढासम्म पुग्छन् भन्ने थाहा थिएन ।’

    अहिले ब्रिडिङ मौसम भएकाले जोडीको खोजी वा उपयुक्त आहारको खोजीमा त्यति टाढा पुगेको उनले बताए ।  गिद्धको ढाडमा रहेको स्याटेलाइटको जीपीएसले सफ्टवेयरमा पठाएको सन्देशका आधारमा उक्त गिद्धले त्यति लामो यात्रा गरेको थाहा भएको हो । ‘उक्त सन्देशका आधारमा कहाँ–कहाँ घुम्यो भनेर थाहा पाउन सकिन्छ,’ उनले भने, ‘गिद्धको यात्रा लामो हुने रहेछ भन्ने पुष्टि भएको छ ।’  गिद्धको नियमित अनुगमन थाहा पाउन विभाग, बीसीएन र एनटीएनसीले गत वैशाख र मंसिरमा गरी १७ वटा गिद्धको ढाडमा स्याटेलाइट ट्याग जडान गरी जंगलमा छाडेका थिए ।

    स्याटेलाइटले हरेक दुई घण्टामा ती गिद्धले घुमेको ठाउँ (लोकेसन) को सूचना सफ्टवेयरमा पठाउँछ । ११ जंगली र ६ वटा चितवन निकुञ्जस्थित कसरा प्रजनन केन्द्रमा हुर्किएका गिद्धको ढाडमा स्याटेलाइट ट्याग गरिएको हो ।  विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलले गिद्धमा स्याटेलाइट ट्याग जडान गरिएपछि तिनको उडानबारे जानकारी लिन सहज भएको बताए । ‘अनुगमन गर्न सहज भएको छ,’ उनले भने, ‘नेपालका गिद्ध आहार र सम्भावित जोडीको खोजीमा टाढासम्म जाने रहेछन् भन्ने थाहा भएको छ ।’

    नेपालका गिद्ध उडेर सीमापार गर्दै अरू देशसम्म पुग्ने गरेकाले तिनको संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक भएको पनि पौडेलले उल्लेख गरे । ‘गिद्धको संरक्षणमा अन्तरदेशीय सहयोग आवश्यक छ भन्ने सन्देश मिलेको छ,’ उनले थपे, ‘अब त्यसैअनुसार हामीले संरक्षण गतिविधि र नीति अघि बढाउनुपर्छ ।’  निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नमुना सामुदायिक वनमा रहेको पिठौलीको जटायु रेस्टुरेन्ट क्षेत्रमा स्याटेलाइट ट्याग जडान गरी गिद्ध प्राकृतिक वासस्थानमा छाडिएका थिए ।

    तिनले भारतका विहार र उत्तर प्रदेशसहित नेपालका १५ जिल्लामा घुमफिर गरेको पनि भुसालले बताए ।  ‘ट्याग गरिएका गिद्धले धेरैजसो समय १५ जिल्लाका २४ हजार हेक्टर क्षेत्रमा बिताइरहेका छन्,’ उनले भने । तिनीहरू आहारको खोजीमा गुल्मीको रेसुंगा, चितवन, गोरखा, दाङ, पाल्पा, अर्घाखाँची, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, प्यूठानसम्म पुगेको पाइएको हो ।

    सन् १९९० को दशकमा दक्षिण एसियामा करोडौं र नेपालमा लाखौं संख्यामा पाइने गिद्ध ९५ प्रतिशतभन्दा बढीले घटेर केही हजारमा सीमित भएका थिए । नेपालमा लोप हुनबाट बचाउन विभागले बीसीएन र एनटीएनसीसँगको सहकार्यमा चितवन निकुञ्जको मुख्यालय, कसरामा सन् २००८ मा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमा अहिले ५० वटा माउ र यो वर्ष कोरलिएका ८ वटा डंगर गिद्धका बच्चा राखिएका छन् । तिनलाई सीसीटीभीको सहायताले नियमित अनुगमन गरिएको छ ।

    पश्चिम नेपालका नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्कीबाट ६० वटा डंगर गिद्धका बच्चा संकलन गरेर केन्द्रमा ल्याइएको थियो । केन्द्रमा राखिएका गिद्धले सन् २०१२ देखि अन्डा पार्न थालेका थिए । यी गिद्धको प्रत्येक वर्ष नियमित स्वास्थ्य जाँचसमेत गर्ने गरिएको छ ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.