×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

यौन र प्रजनन स्वास्थ्यका खुलदुली मेट्दै किशोर–किशोरी

  •  
  • सोमबार, चैत १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तीनपाटा बेलघारी, सिन्धुली, चैत १९ गते । “रवितालाई महिनावारी भएको रहेछ । पहिलोपटक महिनावारी हुँदा तल्लो पेट त दुख्छ नै । कसैलाई बढी दुख्छ । कसैलाई कम । नआत्तिनु भनेर सम्झाई दिएको छु । निरन्तर दुखिरह्यो भने आउनु भनेको छु । यस्तो बेलामा सुरक्षित रुपमा कसरी प्याडको प्रयोग गर्ने भन्ने सिकाइदिएँ”, अनमि सुदीच्छा कोइराला जवाफ दिँदै थिइन् ।

    “बाबु १ किशोरावस्थामा अण्डकोष तथा लिङ्गको आकारमा वृद्धि हुन्छ । पिसाब पोल्छ । जनेन्द्रीय वरिपरि चिलाउँछ । तर अस्वभाविक रुपमा यस्ता लक्षण बढ्दै गयो भने आउनु ।” सिनियर अहेव मदनविक्रम दाहाल किशोर प्रतिक राना मगरलाई परामर्श दिँदै हुनुहुन्थ्यो ।

    ती दुवै स्वास्थ्यकर्मी प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा कार्यरत हुनुहुन्छ । रातभर तल्लो पेट दुखेर निदाउन नसकेकी कक्षा ९ मा अध्ययनरत रविता रम्तेल सहपाठीको साथमा स्वास्थ्य केन्द्रमा आएकी थिइन् । अनमि कोइरालाले आफूलाई प्रदान गरेकी सेवा, व्यवहार र परामर्शप्रति औधी रमाउँदै स्वास्थ्य केन्द्रको मूल ढोकामा भेटिएकी किशोरी रम्तेलले फुर्किंदै भनिन्, “कस्तो डर लागिरहेको थियो, पेट दुखेर उभिन सकेको थिइन, टाउको दुखिरहेको थियो, अहिले त सबै विसेक भा जस्तो भा छ , यस्तो पो स्वास्थ्यकर्मी दिदी । आमालाई समेत नभनी आएकी थिएँ ।”

    भर्खर माध्यामिक शिक्षा परीक्षा सकाएका किशोर म%Atư%G0%5 %I4AD!E0%G0A5नA5!ADeA4@58B, $2 4%9S-E0हि%E0e5 -E0%T%4$B0ीक्षा सकुँला र यहाँ ९स्वास्थ्य चौकी० आउँला भाथ्यो । -E0’E0, %E%A$म, eE0eE”%Re䤥ील%4eE088 %Ep%A襇त भनेको थिइनँ । स्वास्थ्यकर्मी सरले छुट्टै कोठ%B!A4ा 5C4!A4%0!05B0 %@45E05A55U0eA5%8?-E0%A ࠕ%0!%A%4 %G0$E0%”%E $A4%y2 %Űन्नुभयो । आफ्ना कुरा भनिदिए । मेरो कुरा सुनेर त किशोर अवस्थामा आउने परिवर्तन पो भनिदिनुभो । के गर्नुपर्छ के गर्नुहुन्न भनेर जानकारी दिनुभयो । बल्ल ढुक्क भए, खुलदुली मेटियो । यी कुरा त साथीहरुलाई भनुँ भनुँ लागिरहेको छ, सोधे भने भनिदिन्छु ।”

    यस जिल्लाका २४ स्वास्थ्य संस्थामध्ये भूकम्पले आंशिक क्षति पु¥याएको यस स्वास्थ्य संस्थाले किशोर तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा दिन जिल्लामा नै पहिलो पटक अलग परामर्श एवं उपचार कोठा छुट्याएको छ । जिल्लाकै अन्न भण्डार कहलिएको तीनपाटन फाँटमा बसोबास गर्ने किशोर–किशोरीले आफ्ना जिज्ञासा, कौतुहलता तथा समस्या यहीँ अलग कोठमा बसेर खुलेर अहिले स्वास्थ्यकर्मीलाई सुनाउँछन् । दैनिक आउनेमा यस्तो सेवा लिन आउनेमा किशोरभन्दा किशोरी बढी भएको स्वास्थ्य संस्थाले जनाएको छ ।

    उनीहरुका बृहत्तर यौनिकताका जिज्ञासा तथा समस्यालाई हँसिलो र रसिलो मुद्रामा स्वास्थ्यकर्मीले समाधान गरिदिन्छन् । “किशोर–किशोरी अवस्थामा हुने शारीरिक, मनोसामाजिक तथा यौनिक परिवर्तन, प्रजनन स्वास्थ, गर्भनिरोधक उपाय, परिवार नियोजन जस्ता विषयमा कुनै कुरा नलुकाई भनिदिन्छौँ । हामीले खुलेरभन्दा उनीहरुले पनि धक नमानी आफ्ना कुरा भन्दा रहेछन्, यसबाट यौन तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन एवं समस्याला्ई समाधान गर्न सजिलो भैराखेको छ,” सिनियर अहेव दाहालले भन्नुभयो ।

    पहिलो किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्र

    उसो त यस स्वास्थ्य केन्द्रलाई स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले नेपालको पहिलो किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा प्रमाणीकरण गरेको छ । “शुरु शुरुमा किशोर–किशोरी आफ्ना समस्या लिएर यहाँ (स्वास्थ्य सस्था)मा आउन नै लजाउँथे । आफ्ना कुरा खुलेर भन्न त परै जाओस् । यौन र प्रजननका शब्द सुन्न लजाउँथे । अलग कोठाको व्यवस्था गर्दासमेत आफ्ना कौतुहलता एवं जिज्ञासमा सुनाउँदैनथे, लजाउँथे , हिचकिचावट गर्थे । सुझाव बक्स राख्यौँ, लेख्न सक्नेले त्यहाँ लेखेर आफ्ना कुरा राख्थे । विस्तारै परिवर्तन आयो । अहिले त आफ्ना अभिभावकलाई समेत भन्न नसक्ने यौन तथा प्रजननका कुरा खुलेर सुनाउँछन्, हामी आफूले जानेका ज्ञान उनीहरुलाई भन्छौँ, खुशी भएर जान्छन्, स्थानीयवासीसमेत रहनुभएका चिकित्सक कैलाशकुमार बल बताउनुहुन्छ ।

    कोठामा बृहत्तर यौनिकता शिक्षासम्बन्धी विविध ब्रोसर एवं फ्लेप राखिएका छन् । सरल भाषामा चित्रसहित रहेका यस्ता जानकारीले उनीहरुका यौन तथा प्रजनन जिज्ञासा मेटाइरहेको देखिन्छ । कण्डम, गर्भ निरोधक खाने चक्की, डिपोप्रोभेरा, इम्प्लान्ट जस्ता आदि पुरुष तथा महिलाका परिवार नियोजनका सबै प्रकारका साधनसमेत राखिएका छन् । स्वास्थ्यकर्मीका परामर्शपछि उनीहरु आफ्नो इच्छा, रोजाइ अनुसारका सामग्रीसमेत पढ्छन् । यस प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं तीनपाटन गाउँपालिका–१ का अध्यक्ष गोविन्दबहादुर रावत “महिलाले कुर्कुच्चा देखाउन हुँदैनथ्यो, महिनावारी हुँदा छुट्टै गोठमा बस्नुपथ्र्यो जस्ता कुचलन थिए । अहिले परिवर्तन आएको छ । महिनावारी हुँदा प्याडका प्रयोग गर्न थालेका छन्, परिवार नियोजनको स्थायी एवं अस्थायी साधन प्रयोग गर्ने बानी बढ्दै गएको छ । कम उमेरमा विवाह गर्नु हुँदैन भन्ने सामाजिक चेतना बढेको छ । किशोर–किशोरीले यौन तथा प्रजननका आफ्ना समस्या लुकाउन छाड्दै गएका छन् । उनीहरुको स्वास्थ्य संस्थामा नै सेवा लिने क्रम बढ्दो छ ।”

    सबै स्वास्थ्य संस्था किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य मैत्री बन्दै

    परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष ९युएनएफपिए०को आर्थिक एवं प्राविधिक सहयोगमा यस जिल्लामा सन् २०१० देखि किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो । कार्यक्रमका जिल्ला कार्यक्रमविज्ञ सञ्जय शर्मा कार्यक्रमले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, व्यवस्थापन समितिका सदस्य, महिला स्वयंसेविका तथा अगुवा किशोर–किशोरीलाई तालीम, स्वास्थ्य संस्थालाई आवश्यक उपकरण प्रदान निरन्तर सञ्चालन गतिविधिले किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवामा धेरै परिवर्तन आएको बताउनुहुन्छ ।

    कार्यक्रमले यस जिल्लाका २४ वटै स्वास्थ्य संस्थालाई किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ । तीमध्ये शीतलपाटी स्वास्थ्य चौकी र वाशेश्वर स्वास्थ्य चौकीले किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा प्रमाणीकरणको प्रमाणपत्र पाइसकेका छन् ।

    शीतलपाटी स्वास्थ्य चौकीका प्रमुख अहेव निशा बराल दैनिक रुपमा पाँच ÷६ जना किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सेवा लिन आउने गरेका र उनीहरुलाई आफूहरुले छुट्टै सेवा प्रदान गर्ने गरेको बताउनुहुन्छ । उसो सो चौकीको सबै सेवा महिलाद्वारा नै दिइरहेका छन् ।

    महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डिल्लीरमण अधिकारीका अनुसार किशोर–किशोरीका आवश्यकता अनुसारका स्वास्थ्यका विशेष सेवा, सेवा उपयोग गर्न वातावरण, प्रभावकारी सेवा, सेवा प्रदान गर्न सक्ने स्वास्थ्यकर्मीका क्षमता, सीप, दिगोपन लगायतका नौवटा राष्ट्रिय मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थालाई मात्र किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रको प्रमाणीकरणको प्रमाणपत्र दिइने गरिन्छ ।

    युएनएफपिएका किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम अधिकृत मञ्जु कर्माचार्य किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार गर्न कार्यक्रमले कोशेढुुङ्गाको काम गरेको, कम उमेरमा बच्चा जन्माउनु हुँदैन भन्ने चेतना अभिवृद्धि गरेको तथा परिवार नियोजनका साधन उपयोगमा वृद्धि गर्न सहयोग गरेको बताउनुहुन्छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई किशोर–किशोरी भनिन्छ । पछिल्लो जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार १५ देखि १९ वर्षका २८ प्रतिशत किशोरीको विवाह सो उमेर समूहभित्र भइसक्छ । सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन् । अर्कोतर्फ १९ वर्ष मुनिका किशोरीको गर्भाधान गर्ने दर प्रतिएक हजारमा ८१ जना रहेका छन् । कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न किशोर–किशोरी यौन तथा प्रजनन सेवाको पहुँचलाई विस्तार गर्नुपर्ने खाँचो रहेको युवा स्वयंसेवक सुनिल कोइराला बताउनुहुन्छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.