×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रोकिएको गोरखा दरबार पुनर्निर्माणको काम सुरु हुँदै

  •  
  • सोमबार, चैत १९, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    चैत्र १९ गते । दरबार भत्काउने क्रममा जग मुनी प्वाल भेटिएपछि रोकिएको गोरखा दरबार पुर्ननिर्माणको काम अब सुरु हुने भएको छ । पुरात्व विभागको टोलीले प्रतिवेदन बुझाएसँगै केही दिन भित्रबाट काम सुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख एवं पुरात्व अधिकृत मञ्जु सिंह भण्डारीले बताईन् । ‘सबै रिर्पोट आइसकेको छ अब काम कन्टिन्यू हुन्छ’ उनले भनिन् ‘कामदारहरुमा चैते दैश मान्न घर गएका छन्, उनीहरु फर्कने बित्तिकै नियमित रुपमा काम अगाडी बढ्छ ।’ शाह वंशिय इतिहासको सबै भन्दा पुरानो उक्त दरबार भत्काउने क्रममा जग मुनि प्वाल भेटिएको थियो ।

    पहरा माथि रहेको उक्त दरबारको जग मुनि ओडार जस्तो भाग देखिए पछि पुरात्वको एक विशेषज्ञ टोली अध्ययन गरेको थियो ।‘अहिले जुन कुरा हल्लाको रुपमा फैलिएको छ, त्यसमा सत्यता छैन्, दरबारको जगमा भेटिएको प्वाल गोरखनाथ गुफाकै भाग हो ।’ दुई ठुला चट्टानको बिचमा गोरखानाथ गुफा रहेकाले चट्टानको चेप भएको खाली भाग नै प्वाल जस्तो देखिएको पुरात्वको ठहर छ ।

    रोकिएको काम आईतबारबाट सुरु हुने जानकारी पाएका भन्दै उनले अब नियमित रुपमा पुर्ननिर्माणको काम सुचारु हुने बताइन् । ‘२० गते अघि नै कामदारहरु सबै काममा फर्कनु हुन्छ भन्ने मलाई जानकारी छ, अब नियमित रुपमा काम हुन्छ ।’ दरबार पुर्ननिर्माणमा वर्षाले अबरोध नपु¥याओस्, भएर जस्ताको छाएर खट समेत निर्माण गरिएको छ ।

    दक्षिण पश्चिम भागमा चट्टान कमजोर देखिएको र भुकम्प असर बढिको रहेका सतहमा कमजोर चट्टान फुटाएर बिशेष प्रकारको प्रविधि मार्फत ढुङ्गा छाप्ने काम भइरहेको उनले बताईन् । उक्त कार्य पछि मात्र जग हाल्ने पुरात्वको तयारी छ । ‘यो दरबार धार्मिक तथा ऐतिहासिक हिसाबले महत्वपुर्ण छ, त्यसको सबै गम्भिरता बुझेर हामीले काम अगाडी बढाउँछौ, यसमा शंका मान्ने ठाउँ नै छैन्’ भण्डारीले भनिन् ।

    जग मुनिको भाग मजबुद बनाएर पनि मात्र जग राखिने भन्दै उनले हल्लाको पछाडी नलाग्न सबैलाई आग्रह गरेकी छिन् । ‘हामीले जग पुजा नगरी काम गरेका छौ भन्ने भ्रममा नपर्नुहोला, अहिले त जग भन्दा मुनिका भागमा काम भइरहेको छ, उक्त कार्य सम्पन्न भएपछि बिधि पुर्वक जग राखेर पुर्ननिर्माणको काम अगाडी बढ्छ ।’

    जग मुनि नरम चट्टान भेटिएको र त्यसमा १९९० र २०७२ सालमा गएका ठुला भुकम्पले समेत उक्त जमिनमा असर गरेको तथ्य भेटिएपछि जग मुनिको भागलाई मजबुद बनाउने कामलाई पहिलो प्राथमिकतमा राखिएको पुरात्व श्रोतले बताएको छ । जसले गर्दा आगमी दिनमा आउने भुकम्पले दरबारलाई ठुला असर नपु¥याउने विश्वास लिइएका छ ।

    त्यसैले उक्त स्थानमा ढुङ्गा र सिलिकन सहितको विशेष खालको केमिकल मिसाएर सोलिङ गर्ने भण्डारीको भनाई छ । ‘सयौं वर्ष पहिले बनेको बनेको दरबार अहिले सम्म यस्तो छ भने अहिले बनेको दरबारलाई यो भन्दा सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने हाम्रो चिन्ता हो ’ उनले भनिन् । केही दिन रोकिएको काम अब धमाधम हुने र तोकिएकै समयमा दरबार पुननिर्माण सक्ने पुरात्वको लक्ष्य छ ।

    शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् ।

    नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि भत्काएर जगैबाट पुनर्निमाण गरिएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.