×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अति धनाढ्यद्वारा करमुक्त क्षेत्रको प्रयोग

  •  
  • मङ्गलबार, कार्तिक २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    चुहाइएका दस्तावेजले महारानी एलिजावेथको १ करोड पाउण्ड निजी रकम अफसोर कम्पनीहरुमा लगानी गरिएको देखाएको छ।

    ठूलो संख्यामा चुहाइएका दस्तावेजहरुले ब्रिटेनकी महारानी एलिजावेथको निजी सम्पत्तिसहित कैयौँ अति धनाढ्य र शक्तिशालीहरुको ठूलो रकम करछलीका लागि ‘अफसोर’ कम्पनीहरुमा लगानी गरिएको खुलासा गरेको छ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वाणिज्यमन्त्रीको लगानी रहेको एउटा कम्पनीले अमेरिकी प्रतिबन्ध खेपिरहेको रुसको एउटा फर्मसँग कारोबार गरिरहेको पाइएको छ।

    प्याराडाइज पेपर्स नाम दिइएका ती दस्तावेजहरु करको दायित्वबाट जोगिन स्थापना गरिएको एउटा अग्रणी ‘अफसोर’ कम्पनीसँग सम्बन्धित छन् । आइतबारको खुलासा झण्डै एक सयवटा सञ्चार समूहहरुले गरिरहेको खोज पत्रकारिताको एउटा अंशमात्रै हो।

    बीबीसी, खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरन्याश्नल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म र जर्मन पत्रिका जुडोएच साइटुङले १ करोड ३० लाखभन्दा बढी दस्तावेजहरु प्राप्त गरेका थिए । ती दस्तावेजले अमेरिकी वाणिज्यमन्त्री विल्बर रसको क्रेम्लिनसँग निकट रहेको एउटा कम्पनीमा सेयर रहेको पाइएको छ।

    रस

    ती दस्तावेजका अनुसार वाणिज्यमन्त्री रसको ‘न्याभिगेटर होल्डिङ्स’ नामक कम्पनीमा लगानी रहेको छ । उक्त कम्पनीले रुसी फर्म सिबुरलाई तेल र ग्यास विक्री गरेर लाखौं डलर आम्दानी गर्ने गरेको छ ।

    सिबुरका दुईजना मालिकमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ र उनीहरुको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध रहेको छ । भेनेजुएलाको सरकारी तेल कम्पनी पिडिभिएसए पनि न्याभिगेटरका ग्राहकहरुमध्ये एक हो र उसमाथि पनि अमेरिकी प्रतिबन्ध छ।

    अमेरिकी वाणिज्य मन्त्रालयले रसले कुनै पनि गैरकानूनी काम नगरेको र अमेरिकी प्रतिबन्ध बेहोरिरहेका रुसीहरुसँग कहिल्यै भेटघाट नगरेको जनाएको छ । चुहाइएका दस्तावेजहरुले ब्रिटेनकी महारानी एलिजावेथको १ करोड पाउण्ड निजी रकम ‘ब्रिटिश ओभरसिज टेरिटोरिज’ भनिने ब्रिटेनबाहिरका भूभागमा रहेका ‘अफसोर’ कम्पनीहरुमा लगानी गरिएको देखाएको छ ।

    महारानी

    त्यसमध्ये कतिपय रकम एउटा विवादास्पद खुद्रा व्यवसायमा लगानी भएको देखिन्छ जसमाथि कम आय भएका उपभोक्तालाई शोषण गरेको आरोप लागेको छ।

    सो लगानी १० वर्षअघि गरिएको थियो र त्यसबेला त्यसको मूल्य ५ लाख डलरभन्दा केही बढी थियो । महारानी वा उनका सल्लाहकारहरुले गैरकानूनी रुपमा काम गरेको कुनै पनि संकेत फेला परेको छैन । तर शाही अधिकारीहरुले उक्त रकम लगानी गर्ने निर्णयमा महारानीको संलग्नता नरहेको बताएका छन्।

    अनुसन्धानकर्ताहरुका अनुसार आफूले तिर्नुपर्ने करलाई सकेसम्म कम तुल्याउनका लागि सक्रिय रुपमा क्रियाशील शक्तिशाली कम्पनी र अति धनाढ्य व्यक्तिहरुको एउटा विश्वव्यापी सञ्जाललाई चुहाइएका ती दस्तावेजहरुले खुलासा गर्दछ।

    चुहावट

    नाइकी, एपल, उबर र फेसबुक जस्ता कम्पनीहरुले ‘ट्याक्स हेभन’ भनिने करमुक्त क्षेत्रहरुको प्रयोग गरेर आफ्नो कर दायित्व सकेसम्म कम तुल्याउने गर्छन् । थुप्रै अरब र खरबपतिहरुले पनि त्यसै गर्छन्।

    ‘प्याराडाइज पेपर्स’ नाम दिइएका ती दस्तावेजहरुले ५० देशका १ सय २० भन्दा बढी राजनीतिज्ञ कुनै न कुनै रुपमा यस्ता गतिविधिमा संलग्न भएको देखाएको छ।

    अनुसन्धानकर्ताहरुले यस्तो गतिविधिले कैयौं देशको राष्ट्रिय अर्थतन्त्र अन्तर्गत जनतासमक्ष आधारभूत सेवा पुर्याउन महत्त्वपूर्ण रहने अर्बौ रकम कर नोक्सानी गराएको जनाएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.