×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

को हुन् किम जङ-अनकी श्रीमती ?

  •  
  • आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ।

    किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन । सन् २०१२ को गर्मीयामदेखि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्।

    त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले रि सोल-जु किम जङ-अनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेली जस्तै छ।

    केही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन् । तर केही सञ्चारमाध्यमहरु रि सोल-जु राष्ट्रिय खेलकुद टोलीकी ‘चीयरलीडर’ भएको बताउँछन्।

    उत्तर कोरिया लिडरशीप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनले बीबीसीसँग कुरा गर्दै भनिन्, “रि सोल-जुको बिहे सन् २००९-१० मा भएको थियो। त्यसअघि उनी एक गायिका र चीयरलीडर थिइन्, उनले जापान र दक्षिण कोरियाको यात्रा पनि गरेकी थिइन्।”

    उत्तर

    रि सोल-जुको जीवनबारे यो भन्दा बढी जानकारी उपलब्ध छैन । उनको उमेरबारे उत्तर कोरियाली शासकको तर्फबाट कुनै जानकारी उपलब्ध गराइएको छैन । तर रि सोल-जुको उमेर ३० वर्षभन्दा बढी नभएको ठानिन्छ।

    विशेषज्ञहरुका अनुसार किम जङ-अन सन् १९८३ वा १९८४ को ज्यानुअरी ८ मा जन्मिएका हुन् । सधैँ मुस्कुराइरहने र सार्वजनिक कार्यक्रममा किम जङ-अनसँगै देखिने रि सोल-जुको तुलना पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग गरिन्छ।

    म्याडनका अनुसार उत्तर कोरियामा रि सोल-जुको भूमिका मिशेल ओबामाभन्दा कम हुन सक्दैन । पछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सौन्दर्य उत्पादक कम्पनीको उद्घाटन लगायतका कार्यक्रममा रि सोल-जु किम जङ-अनसँगै देखिएकी थिइन्।

    हालसालै कैयौँ मुलुकले उत्तर कोरियालाई विलाशी सामानहरु निर्यात गर्न बन्द गरेका छन् । त्यसलाई मध्यनजर गर्दै सौन्दर्य सामाग्रीको अभाव नहोस् भनेर उत्तर कोरियाले त्यसको उत्पादन थालेको बताइन्छ।

    किम जङ-अनले श्रीमती रि सोल-जुलाई आफूसँगै सार्वजनिक कार्यक्रममा उपस्थित गराएर एउटा परम्परा पनि तोडेका छन् । उनका बुवाले आफ्नी श्रीमतीहरुलाई सार्वजनिक कार्यक्रममा उपस्थित गराउने गरेका थिएनन् । म्याडन भन्छिन्, “यो नयाँ कुरा नै हो किनकि रि सोल-जुलाई उत्तर कोरियामा आमाको स्थान दिन थालिएको छ।”

    किम

    उत्तर कोरियाको सत्तारुढ परिवारबारे अवलम्बन गरिने गोपनीयताका कारण किम जङ-अनका सन्तानको संख्याबारे पनि वास्तविक जानकारी छैन।

    दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार रि सोल-जुले गत फेब्रुअरीमा तेस्रो बच्चा पाएकी थिइन् तर बच्चाको लिङ्ग र नामबारे केही थाहा हुन सकेको छैन।

    पछिल्लो वर्षको सात महिनाजति रि सोल-जु सार्वजनिक रुपमा नदेखिएपछि त्यतिबेला उनी गर्भवती भएको अनुमान गरिएको थियो।

    रि सोल-जुले पहिलो बच्चा सन् २०१० मा र दोस्रो बच्चा सन् २०१३ मा पाएको बताइन्छ तर बाह्य संसारलाई बच्चाहरुको लिङ्गबारे थाहा हुन नसकेकोले किम जङ-अनको उत्तराधिकारीबारे केही अनुमान गर्ने अवस्था छैन।

    अनजानमा बास्केटबल खेलाडी डेनिस रोडम्यानले किम जङ-अनका दोस्रो सन्तान छोरी भएको सार्वजनिक गरेका थिए । गार्डियन पत्रिकालाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले किम जङ-अन एक असल व्यक्ति भएको र उनकी एक छोरी पनि रहेको बताएका थिए।

    किम

    बिदा मनाउने क्रममा किम जङ-अनकी छोरीलाई हातमा लिएर आफूले खेलाएको रोडम्यानले बताएका थिए । हालै किम जङ-अनले आफ्नी बहिनी किम यो-जङलाई नीति निर्माणको तहमा पुर्‍याउँदै थप अधिकार प्रदान गरेका थिए।

    सार्वजनिक कार्यक्रममा प्रायः किम जङ-अनसँगै देखिने ३० वर्षीया किम यो-जङले दाइको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह गरेको ठानिन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.