×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आफैलाई मतदान गर्न नपाउने उम्मेदवार

  •  
  • आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, कात्तिक १९ गते ।  संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन ।  यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।
    कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ  ।  निर्वाचन क्षेत्रबाट बाहिर गएर स्पर्धा गर्ने उम्मेदवारले भने आफ्ना लागि आफ्नो मत प्रयोग गर्न पाउनुहुन्न ।
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गएको स्थानीय निर्वाचनअघि सधैँ झापामा मतदाता हुनुहुन्थ्यो ।  स्थानीय निर्वाचनअघि उहाँले मतदाता नामावली भक्तपुरमा सार्नुभएको हो ।  ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सार्नुभएको छ ।  तर, ओली झापा ५ बाट चुनावी मैदानमा हुनुहुन्छ ।  उहाँले यस पटक आफैले आफैलाई मत दिन पाउनुहुन्न ।
    एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता हुनुहुन्छ ।  तर, उहाँ पनि काठमाडौँ २ बाट उम्मेदवार हुनुहुन्छ ।  नेता नेपालले पनि प्रतिनिधिसभा निर्वाचनमा आफैँलाई मत दिन नपाउने नेतामा पर्नुहुन्छ ।
    काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ ।  तर, शर्मा काठमाडौँको चुनावी मैदानमा हुनुहुन्छ ।  शर्माले आफ्नो मतदाता नामावली गृह जिल्लामै कायम रहेको बताउनुभयो ।  उहाँले पनि आफूलाई मत दिन पाउनुहुन्न ।
    काठमाडौँ २ का मतदाता रहनुभएका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा हुनुहुन्छ ।  ढुङ्गानाले पनि आफैलाई मत दिन पाउनु हुन्न ।  ढुङ्गाना दुई दशकपछि चुनावी मैदानमा हुनुहुन्छ ।
    रोल्पा नगरपालिकामा मतदाता रहनुभएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै हुनुहुन्छ ।  महराले पनि आफैलाई मतदान गर्न पाउनुहुन्न ।  महरा दाङ २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।  काठमाडौँ ६ का मतदाता रहनुभएका माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा हुनुहुन्छ ।
    दोलखा बैत्यश्वर गाउँपालिकामा मतदाता रहनुभएका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईँ पनि यस पटक आफ्नो क्षेत्रमा उम्मेदवार हुनुहुन्न ।  चौलागाईँ यस पटक प्रदेशसभाको ‘ख’बाट चुनावी मैदानमा हुनुहुन्छ ।  उहाँ मतदाता रहेको बैत्यश्वर प्रदेशसभाको ‘क’मा पर्छ ।  उहाँले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न ।
    राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय चुनावमा मतदान गर्नुभएन ।  तर, उहाँको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ ।  ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहनुभएका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  महतो धनुषा २ मा काँग्रेसका विमलेन्द्र निधिसँग चुनावी मैदानमा हुनुहुन्छ ।  महतोले पनि आफैलाई मत दिन पाउनुहुन्न ।
    एमाले सविच समेत रहनुभएका योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बन्नुभएको छ ।  काठमाडौँ ६ का मतदाता रहनुभएका भट्टराईले स्थानीय निर्वाचनमा डिल्लीबजार कन्या क्याम्पसबाट मतदान गर्नुभएको थियो ।  अहिलेसम्म उहाँको नामावली काठमाडौँमै छ ।
    माओवादी केन्द्रका नेता देव गुरुङको मतदाता नामावली मनाङको नासोङ गाउँपालिकामा छ तर प्रतिनिधिसभामा गुरुङ लमजुङबाट काँग्रेसका दिलबहादुर घर्तीसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।  गुरुङले पनि आफूले आफैलाई मत दिन पाउनुहुन्न ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.