प्रजिअ श्यामप्रसाद भण्डारीका अनुसार मृत्यु हुनेमा अधिकांश पुरुष र केही महिला र बालबालिका छन्।
उद्धार तथा खोजी कार्य जारी रहेकोले सही तथ्याङ्क अझै प्रष्ट नभइसकेको उनको भनाइ छ।
उनका अनुसार “अझै केही यात्रु हराइरहेको” भन्दै आफन्तहरुले सोधखोज गरेका छन्।

गम्भीर घाइते भएका दुई यात्रुलाई राजधानी काठमाण्डू लगिएको र सामान्य घाइतेहरुको गजुरीमा उपचार भइरहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस विहान सवेरै धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोड भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको थियो।
बस तीव्र गतिमा आएको घाइतेहरुले बताएका छन्। सडक किनारको ढुंगाको पर्खाल नाघेर बस नदीमा खसेको पाइएको प्रजिअ भण्डारीले बताए।
बसमा कति यात्रु थिए त्यो अझै प्रष्ट हुन सकेको छैन।
BBC




















