×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कान्ति बाल अस्पतालमा नर्सको अभाव

  •  
  • शनिबार, कार्तिक ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सरोज ढुङ्गेल

    काठमाडौँ, कात्तिक ११ गते । बालबालिकाहरूको केन्द्रीय अस्पताल ‘कान्तिबाल अस्पताल’मा नर्स अभावका कारण आईसीयू सञ्चालन हुनबाट रोकिएको छ । देशभरबाट रिफरल सेन्टरको रूपमा स्थापित कान्तिबाल अस्पतालमा हाल ५२ वटा आईसीयू (सघन कक्ष) बेड रहे पनि नर्स अभावमा ३६ वटा मात्र सञ्चालनमा ल्याइएको छ ।
    बाउन्न बेड आईसीयू सञ्चालन गर्नका लागि अझै कम्तीमा पनि २२ जना नर्सको आवस्यकता रहेको भन्दै अस्पतालका निर्देशक डा. गणेशकुमार राईले भइरहेको दरबन्दी पनि खाली रहेकोले आईसीयु सञ्चालन गर्न बाधा भइरहेको बताउनुभयो ।
    अस्पतालका निर्देशक डा. राईले कान्तिबाल अस्पतालमा आईसीयू मिलाउनका लागि नेतादेखि उच्च ओहोदाका व्यक्तिको समेत फोन आउने गरेको गुनासो गर्दै कान्तिमा जहिले पनि आईसीयू खाली नहुने बताउनुभयो । बालबालिकाको केन्द्रीय अस्पताल भएकाले देशभरबाट यही रिफर गरिन्छ निर्देशक डा. राईले थप्नुभयो, “यहाँ आईसीयूको प्रशस्त बेड नहँुदा सर्वसाधरणले निजीमा गएर आईसीयूमा महँगो शुल्क तिरिरहनुपरेको छ । ”
    नेपाल सरकारतर्फ ८४ जना दरबन्दी रहे पनि हाल सातजना नर्सको दरबन्दी खाली रहेको उल्लेख गर्दै निर्देशक डा. राईले स्वास्थ्य मन्त्रालयले सातजना नर्सिङ स्टाफ पठाएमा सञ्चालन भइरहेको  ३६ वटा आईसीयूलाई बढाएर  ४० वटा आईसीयू बेड  सञ्चालन गर्न सकिने बताउनुभयो ।
    अस्पताल विकास समितिको तर्फबाट नर्स राख्दा तलबभत्ता दिनसक्ने स्थिति नरहेको भन्दै निर्देशक राईले थप्नुभयो, “हामीले १२ वर्षअघिको दरबन्दी अनुसार काम गरिरहनुपरेको छ । ” १२ वर्षअघि दैनिक आउने बिरामीको सङ्ख्या र अहिलेको सङ्ख्या तुलना गर्ने हो भने सयौँ गुणाले बढिसकेको छ, निर्देशक राइले भन्नुभयो, “१२ वर्षअघिको दरबन्दीले अब अस्पताल धान्न सक्ने अवस्था छैन । ”
    कान्ति बाल अस्पतालकी नर्सिङ प्रशासक निवारण जोशीले आईसीयूमा एक बिरामी बराबर एकजना नर्स आवश्यकता हनुपर्नेमा हाल एकजना नर्सले आठजना बिरामीलाई हेरिरहनुपरेको जानकारी दिनुभयो । एकजना नर्सले धेरै जना बिरामी हेर्न नभ्याउने भन्दै उहाँले कान्ति अस्पतालमा नर्सलाई बिरामीको आफन्तले कुटपिटसमेत गरेको घटना सुनाउनुभयो ।
    ‘बहिरङ्ग सेवामा त  नर्सको हालत झन् खराब छ’, निर्देशक जोशीले भन्नुभयो, “एकजना नर्सले २६ बेड हेर्नुपरेको  छ । ” यस्तो अवस्थामा बिरामीको हेरचाह गर्न सम्भव नहुने भन्दै नर्सिङ निर्देशक जोशीले एउटै नर्सले २५ बेडका बिरामी हेर्न सम्भव नहुने बताउनुभयो ।
    तत्काल ५० जना नर्सको पूर्ति हुन सके अस्पताललाई सहज ढङ्गबाट सञ्चालन गर्न सकिने नर्सिङ प्रशासक निवारण जोशीको भनाइ रहेको छ ।  अस्पतालका निर्देशक डा. गणेशकुमार राईले १२ वर्षअघि १५० बेड सञ्चालनमा आएको बालअस्पतालको दरबन्दी अहिले पनि नबढ्नाले समस्या निम्त्याएको गुनासो पोख्नुभयो ।
    एक सय ५० बेडबाट अहिले तीन सय ५१ बेड सञ्चालन भइरहेको छ, राईले भन्नुभयो, “१२ वर्षअघिको दरबन्दी त्यो पनि १५० बेड सञ्चालन गर्नको लागि तयार गरिएको दरबन्दी १२ वर्षपछि अस्पताल १५१ बेडमा सञ्चालन हुँदा पनि त्यही दरबन्दी र नर्सहरू रहेका छन् ।
    यता स्वास्थ्य मन्त्रालय नर्सिङ अधिकृत कविता अर्यालले नर्सिङ स्वास्थ्य मन्त्रालय अन्तर्गत सात हजार नर्स रहेको जानकारी दिँदै उक्त दरबन्दी वर्षौं पुरानो भएको बताउनुभयो । बीस वर्षअघिको दरबन्दी अनुसार नर्सहरू रहेका छन् अर्यालले भन्नुभयो, “अहिले आवश्यकता अनुसार दरबन्दी कायम हुन सकेको छैन । ”
    आवश्यकता अनुसार मन्त्रालयले अधिकृतस्तरको दरबन्दी कति चाहिने हो त्यसको अध्ययन भइरहेको जानकारी दिँदै अधिकृतस्तरको सङ्ख्या सकेपछि स्टाफ नर्सको दरबन्दी अध्ययन गरिने बताउनुभयो । दरबन्दीअनुसार सरकारी अस्पतालहरूमा नर्स अपुग रहेको स्वीकार्दै उहाँले कति सङ्ख्यामा आवश्यकता हो, अध्ययनपछि पदपूर्ति हँुदै जाने छ भन्नुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.