धादिङ : राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा १७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
धादिङ प्रहरी प्रमुख ध्रुवकुमार रावतका अनुसार घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै बसभित्र धेरै हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
पृथ्वीराजमार्ग अन्र्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा खसेको बस क्रेनबाट निकाल्न लागिएको प्रहरी प्रमुख रावतले जानकारी दिए ।
सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।


annapurnapost




















