×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

खुकुरी हानेर भान्जीको विभत्स हत्या

  •  
  • बिहिबार, कार्तिक ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    किशोर बुढाथोकी

    विराटनगर :  मोरङको केरावारी गाउँपालिका ६ मा आफ्नै मामाले खुकुरी प्रहार गरेर बालिका भान्जीको विभत्स हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए। पाँचथरको लिम्बा ७ घर भएका भक्तशेर तिहारमा केरावारी ६ स्थित दिदीको घरमा पाहुना आएका थिए। आफ्नै दिदीको घर भित्र भान्जीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

    मंगलबार रातिदेखिनै घर भित्रै भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले बुधबार दिउँसो तीन बजे टाउकोमा खुकुरी हानेको प्रनि कटुवालले बताए। अघिल्लो रातिदेखि नै घर भित्र बन्धक बनाएर राखेको रहेछ,’ उनले भने, ‘स्थानीय बासिन्दा र प्रहरी भेला भएर बन्धक बनाइएकी बालिकाको उद्धार गर्न खोज्दै गर्दा लिम्बूले एक्कासी खुकुरी प्रहार गरेको देखिन्छ।’ भान्जीलाई नियन्त्रणमा लिएर घरभित्र बन्धक बनाएर राखेको थाहा पाएपनि भक्तशेरका दिदी भिनाजुले भने उनलाई भूत लागेको र भूतले छाडेपछि भान्जीलाई छाडिदिन्छ भनेर बुधबार बिहानसम्म पर्खिएको प्रहरीले जनाएको छ। तर बिहान सम्म पनि नछाडेपछि दिदी भिनाजुले स्थानीय बासिन्दा र प्रहरीलाई खवर गरेका थिए।

    घर फुटाएर स्थानीय र प्रहरीले बालिकाको सकुशल उद्धार गर्न खोजे पनि सम्भव नभएको प्रनि कटुवालले बताए। उनका अनुसार घर वरपर होहल्ला सुनेपछि खुकुरी प्रहार गरेर भान्जीलाई घाइते बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले छुटाउनका लागि कोही आएमा छुटाउन खोज्नेलाई मारिदिने धम्कीसम्म दिएका थिए।

    हत्यामा संलग्नलाई प्रहरीले बुधबार राति नै नियन्त्रणमा लिएको छ। भक्तशेरले भान्जीलाई बन्धक बनाएर हत्या गर्नुको कारण थाहा नभएको प्रहरीले जनाएको छ। बालिकाका बुवा आमाले यस अघि पनि पाहुना आउँदा भक्तशेरले यस्तै खाले अनौठो व्यवहार देखाउने गरेको जानकारी प्रहरीलाई दिएका छन्। परिवारका सदस्यले भूत लागेको भनेर उनको व्यवहार प्रति चासो नदिँदा भक्तशेरले ज्याननै जाने घटना घटाएको कटुवालको भनाइ छ।

    ‘भान्जीलाई अघिल्लो दिनदेखि बन्धक बनाएर राखेको कुरा उसले स्वीकार गरेको छ,’ कटुवालले भने, ‘बन्धक बनाएर राखेको भन्दै गाउँले भेला भएको थाहा पाएपछि खुकुरी नै हानेको बयान प्रहरीलाई दिएको छ।’ उनका अनुसार भक्तशेरको मानसिक सन्तुलन ठिक नभएको हुन सक्छ। गाउँलेले आफूलाई मार्न खोजेका कारण भान्जीलाई खुकुरी हानेको भक्तशेरले प्रहरीलाई बताएका छन्।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.