×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सूर्यको आराधना गरी आज छठ पर्व मनाइँदै

  •  
  • बिहिबार, कार्तिक ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, कात्तिक ९ गते ।  आराध्यदेव सूर्यको आराधना गरी महापर्व छठ बिहीबार धुमधामका साथ मनाइँदैछ ।  केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानीलगायत मुलुकको प्रमुख सहरमा पनि विस्तार भएको छ ।  अचेल यो पर्व पहाडी समुदायमा समेत त्यतिकै लोकप्रिय बन्दैछ ।

    विभिन्न कामले राजधानी र अन्य सहरमा बसोबास गर्दै आएका तराईबासीहरू छठ पर्व मनाउन प्राय : आ–आफ्नो गाउँ नै जान्थे तर यताका वर्षहरूमा भने आआफ्नै थातथलोमा पनि छठ जम्न थालेको छ ।  त्यस क्रममा राजधानीमै केही वर्षदेखि छठको रौनक देखिन थालेको छ ।
    वीरगन्ज घर भई अहिले राजधानीको कालिमाटीमा बस्दै आउनुभएका प्रवीणकुमार गिरी आफू बसेको र कार्यरत रहेको ठाउँमा नै चाडपर्व मनाउनुपर्ने बताउनुहुन्छ ।  चाडपर्व अरू ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदान समेत हुने उहाँको तर्क छ ।

    त्यस्तै, रौतहटको सुगा घर भई व्यापार व्यवसायको सिलसिलामा अहिले राजधानीको सीतापाइलामा बस्दै आउनुभएका प्रभुनारायण यादव चाडपर्व आस्था र विश्वासका साथ जहाँ मनाए पनि फरक नपर्ने र झन् आफ्नो संस्कृतिको प्रसार हुने बताउनुहुन्छ ।  यस पर्वलाई विशेष चित्तशुद्धि, हर्षोल्लास, परिवारिक मिलन, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरको रूपमा लिनुपर्ने जानकारको भनाइ छ ।  धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यस पर्वले मुलुकमा सामाजिक सामानता कायम गर्न मद्दत पु¥याएको यादवको धारणा छ ।

    पूर्वीय सभ्यतामाथि आक्रमण बढ्दै गएको अहिलेको अवस्थामा यस पर्वको व्रतालु र श्रद्धालु वृद्धि हुनुले यस पर्वको महत्व बढ्दै गएको तर्क गर्नुहुन्छ भारतको उत्तर प्रदेश घर भई अहिले असनमा व्यापार व्यवसाय गर्दै आउनुभएका सुदर्शनप्रसाद जैसवाल ।  कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको विषयमा

    विभिन्न कथा र किंवदन्ती पाइए पनि स्पष्ट तथ्यको अभाव देखिएको छ ।  संस्कृतिविद् डा. रामदयाल राकेश सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व गरेको बताउनुहुन्छ ।  महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुहुन्छ ।  त्यस बेलादेखि नै छठ पर्वको जनस्तरमा सुरुआत भएको धेरैको विश्वास छ ।  त्यसैगरी, सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गनी सति अनुसुयाले छठ पर्व गरेको उल्लेख पाइन्छ ।

    साम्ब पुराणका अनुसार पिता श्रीकृष्णको श्रापबाट कुष्टरोगले पीडित श्रीकृष्णपुत्र साम्ब सूर्यपूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ ।  त्यस बेलादेखि नै छठ पर्वको प्राररम्भ भएको कतिपयको विश्वास छ । त्यस्तै, कुष्टरोगबाट नै पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ ।  वैज्ञानिक दृष्टिकोणले पनि छठ पर्वको विशेष महत्व रहेको डा. मुरारिप्रसाद श्रीवास्तव बताउनुहुन्छ ।

    उहाँका अनुसार संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ ।  सूर्यको किरणमा पाइने भिटामिन डी लगायतका तत्वहरूले सम्पूर्ण प्राणी जगत्लाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा जीवन प्रदान गरिरहेको हुन्छ ।  त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको पाइन्छ ।

    छठ पर्वको विधिबारे जानकारी दिँदै नवलपरासीकी शोभा त्रिपाठी भन्नुहुन्छे, “छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ ।  यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्छ ।  यस पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ ।  यो दिन व्रतालुहरूले स्नान ध्यान गरी खास गरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्छन् । ”

    उहाँका अनुसार दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ ।  यो दिन व्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको सो खीरलाई व्रतालु र परिवारका अन्य सदस्यहरूले प्रसादका रूपमा ग्रहण गर्छन् ।  छठी पूजा नहुने टोल छिमेकको घरमा सो खीर प्रसादको रूपमा पठाइन्छ ।

    यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ ।  षष्ठी अर्थात् यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ ।  यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसारलगायत परिकारहरू तेलघ्यूमा पकाइन्छ ।  तयार पारिएका परिकार, पाँच थरीका मिठाइ, ऊखु, अदुवा, नरिबल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकुमेललगायत प्रसादहरू बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित व्रतालुहरू परिवारका सदस्यहरूसहित नजिकको जलाशयमा जान्छन् र व्रतालुहरू अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् ।  अध्र्य दिएपछि व्रतालुहरू घर फर्कन्छन् ।

    कतिपय व्रतालुहरू घर नफर्किएर पूजास्थलमै रातभरि जाग्राम बस्छन् ।  त्यहाँ कसैकसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोशिया’ भनिन्छ ।  भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई शुक्रबार बिहान अध्र्य दिएपछि यो महापर्व यही सम्पन्न भएको मानिन्छ ।  आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आमाबाबुलाई समेत महत्व दिन छोडिएको आजको समाजमा अस्ताउँदो सूर्यको पूजाले मानिसलाई नैतिक शिक्षा समेत दिने गरेको पण्डित करुणानन्द मिश्र बताउनुहुन्छ ।  जातीय, क्षेत्रीय र वर्गीय मुद्दामा विभाजित हुन लागेको अहिलेको हाम्रो समाजमा धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यस पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई समेत मद्दत पुगेको उहाँको धारणा छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.