कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ८ गते । विश्व भरी नै सुर्य उदाय पछि दिनको शुरुवात हुने गर्दछ र सुर्य अस्ताय पछि रातको शुरुवात हुन्छ । तर केही देश यस्ता पनि छन जहाँ चौबिसै घण्टा उज्योलो नै भै रहन्छ । कुनै कुनै देश त यस्ता पनि छन कि जहाँ बर्ष भरीमा ७६ दिन सम्म पनि घाम अस्ताउदैन ।

नर्बे : नर्बे यस्तै देश मध्ये एउटा देश हो जहाँ ७६ दिन सम्म पनि घाम अस्ताउदैन । बर्षको मे महिना देखी जुलाई सम्म यो देशमा घाम अस्ताउदैन । यो देशलाई ‘ल्याण्ड अफ दि मिड नाइट सन’ भनेर समेत चिन्निछ । यदी तपाइलाई लामो समय सम्म पनि घामको उज्यालोको आनन्द लिन मन भए यो देशको भ्रमणमा निस्कदा हुन्छ ।

स्विडेन : स्विडेन पनि यस्तै देश मध्येको एक देश हो । जहाँ तपाई आधारातमा पनि सुर्य अस्ताएको देख्न पाउनु हुन्न । यो देशमा मे को शुरुवाती दिन देखी अगष्टको अन्तिम दिन सम्म पनि आधारातमा सुर्य अस्ताउदैन ।

आईसल्याण्ड : युरोपकै सबै भन्दा ठुलो आईल्याण्डको रुपमा रहेको स्विडेनमा पनि घामको उज्यालो रातमा लिन सक्नु हुन्छ । यो देशमा १० मे देखी जुलाई अन्तिम सम्म राती सुर्य हेर्न सक्नु हुने छ । झरना, ज्वालामुखी तथा ग्लेसियर र प्राकृतिक सुन्दताको मज्जा लिन सकिन्छ ।

क्यानडा : यो विश्वकै दोस्रो ठुलो देश हो । लामो समय सम्म हिउँले ढाकी रहने यो देशको उत्तरी क्षेत्रमा ५० दिन सम्म पनि सुर्य आकाशमा नै देखीन्छ अर्थात अस्ताउदैन । गर्मी मौषममा ५०–५० दिन सम्म घाम नअस्ताउने भएका कारण घामको उज्यालोको मज्जा लिन सकिन्छ ।

फिनल्याण्ड : फिनल्याण्ड यस्तो एउटा देश हो जहाँ गर्मी मौषममा ७३–७४ दिन सम्म पनि घाम अस्ताउने गर्दैन । यो समयमा तपाई हिउँ खेल्न, साइकल कुदाउनका साथै क्लाईविङ्ग र हाइकिङ्ग गएर आनन्द लिन सक्नु हुने छ ।

अलास्का : उत्तरी अमेरीकी महाद्विपको उत्तर पश्चिममा रहेको यो अमेरीकको एक राज्य हो । यसको पुर्वमा क्यानडा पर्छ भने उत्तरमा अन्टारटिका महासागर र दक्षिण पश्चिम मा प्रसान्त महासागर र पश्चिममा रुस छ । यहाँ पनि यहाँ २४ घण्टाको दिन हुन्छ । अग्रेजी मे देखी जुलाई समम त यहाँ घाम अस्ताउने गर्दैन । अलास्का विश्वकै सुन्दर ग्लेसियर हेर्नका लागि उपयुक्त स्थान पनि हो ।




